Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नि:शुल्क सोलार पाउँदा दलितहरु वाजा वजाएर नाचगान गरे

Published on 6:44:00 PM //


प्रेम सुनार
गुल्मी, फागुन २६ । छापहिले गाउँ अन्य समुदायको वर्षौअखिदेखि झिलीमिली गाउँ हो तर त्यहाँका दलित विपन्नहरु अँध्यारोमै वस्न वाध्य थिए । त्यही कुरालाई मध्यनजर गरी यहाँको एक सरकारी कार्यालयले उनीहरुलाई शनिवार नि:शुल्क सोलार वितरण गरेको छ । छापहिले गाविस वडा नं. ८ का १३ विपन्न दलित समुदायका मानिसहरु सोलार पाउँदा वाजा वजाएर नाचगान गरी खुसीयाली मनाएका छन् । मदाने संरक्षित वन कार्यक्रमले संरक्षित वन अन्तर्गत पर्ने छापहिले गाविस वडा नं. ८ का विपन्न घरपरिवारलाई सोलार दिएपछि उनीहरु खुसी भएका हुन् ।
मदाने संरक्षित वन कार्यक्रम अन्तर्गतको जलजले ठाडीचौर सामुदायिक वन छापहिलेका उपभोक्ता मध्ये त्यस वडाका अति विपन्न १३ घरधुरी दलित समुदाय छनौट गरी सोलार वितरण गरिएको मदाने संरक्षित वन कार्यक्रमका प्रवन्धक परशुराम पौडेलले वताए । ‘मदाने संरक्षित वन कार्यक्रमले स्थानीयवासिको आम्दानीको स्रोतवाट उनीहरुले नै फाईदा लिउन् भन्ने कार्यक्रमको उद्देश्य हो, उनले भने, गत वर्ष पनि मरभुङ्ग गाविसका विपन्न दलितहरुलाई सोलार वितरण गरिएको थियो । सामुदायिक वन अन्तर्गतका अतिविपन्न ग र घ वर्गका परिवारलाई २० वाट क्षमताको सोलार वितरण गरिएको हो । गत वर्ष पनि आर्थिक अवस्था दयनीय भएका सोही स्थानका १५ परिवारलाई प्रतिपरिवार १५ किलोको दरले अदुवाको विउ वितरण गरिएको थियो । जसवाट प्रतिघरल ९३ किलो भन्दा वढि उत्पादन गरेर आम्दानी लिएको स्थानीय अर्जुन विकले वताए ।
सोलार वितरण कार्यक्रममा वोल्दै जिल्ला वन अधिकृत शिलानाथ झाले विपन्न समुदायको जिवनस्तर उकास्न मदाने संरक्षित वनले महत्वपुर्ण योगदान पु¥याएको वताए ।
सोलार वितरण गर्दै मदाने संरक्षित वन कार्यक्रमका प्रंवन्धक परशुराम पौडेलले सामुदायिक वनलाई प्रत्येकले आफ्नो सम्पत्ति सम्झेर संरक्षण गर्नुपर्ने वताए । कार्यक्रममा सहायक वन अधिकृत कर्णवहादुर पाण्डेय, अनेरास्वीयु गुल्मीका अध्यक्ष ओम कार्की, छापाहिले मावि प्रअ श्यामलाल गिरी लगायतले मन्तव्य व्यक्त गर्दै मदाने संरक्षित वन कार्यक्रम प्रति आभार प्रकट गरेका थिए । उक्त सामुदायिक वनका कोषाध्यक्ष द्रौपदा महतराको स्वागत मन्तव्य रहेको कार्यक्रम अध्यक्ष दुर्गावहादुर कार्कीको अध्यक्षता र सविच देववहादुर महतराको सञ्चालन रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग