Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जीप दुर्घटनामा दुईको मृत्यु,दश घाईते

Published on 9:57:00 PM //

जनार्दन घिमिरे
गुल्मी ३० फागुन । गुल्मीको सदरमुकाम तम्घासवाट नेटादर्लिगतर्फ जाँदै गरेको लु १ ज ३०३४ नम्वरको जीप आज राती सोही गाविस ५ स्थित म्यालचौरमा दूर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ भने अन्य दश जना घाईते भएका छन् । मृत्यु हुनेमा नेटा गाविस ५ स्थित ८२ वर्षीय डिलमती श्रीस र सोही गाविस ९ स्थित ५५ वर्षीय नरबहादुर भण्डारीरहेको प्रहरीले जनाएको छ । उनीहरुको घटना स्थलमै ज्यान थियो ।

राती ८ वजेको समयमा उक्त दूर्घटना भएको थियो । भोलीदेखि संचालन हुन लागेको एसएलसी परिक्षामा संचालानार्थ जाँदै गरेका सुरक्षाकर्मिहरुले दुर्घटना भएको जानकारी पाएपछि घटना स्थल नजिकै जाँदै गरेको अवस्थामा तत्कालै घाईतेहरुको उद्दार गरेको प्रहरीले जनाएको छ । घटनामापरि घाईतेभएकाहरुलाई अहिले उपचारार्थ जिल्ला अस्पताल तम्घासमा ल्याईदै गरिएको छ । घाईते मध्य दुई जनाको अवस्था गंभिर रहेको वताईएको छ । र्दुघटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । जीप सडकवाट एकसय मिटर भन्दा तल खसेको वताईएको छ । घटना स्थल सदरमुकाम तम्घासवट नौं कोष टाढा उत्तरमा पर्दछ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग