Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भवन अभावले पढाई प्रभावित

Published on 11:13:00 PM //

पि.एम. मगर
गुल्मी, चैत ८ । गुल्मीको नेटा गाविस वडा नं. ३ स्थित सरस्वती माध्यमिक विद्यालयमा भवनको अभाव हुँदा विद्यार्थीलाई पठन पाठनमा समस्या भएको छ । २०६७ सालदेखि निर्माण कार्य सुरु गरिएको २० कोठे उक्त भवन निर्माणमा ढिलाई भएपछि यस्तो समस्या उत्पन्न भएको हो । पुरानो भवन जिर्ण बनेकोले विद्यार्थीहरु खुल्ला चौरमा वसेर अध्ययन गर्न वाध्य भएका छन् । कक्षा १ देखि ९ सम्मका विद्यार्थी खुल्लाचौरमा वसेर अध्ययन गर्ने क्रममा आकाशबाट पानी प¥यो या घाम चर्कियो भने घर जानुपर्ने वाध्यता रहेको विद्यार्थीहरुको भनाई छ । विभिन्न सरोकारवाला ब्यक्तिहरुको वेवास्ताका कारण सहज वातबरणमा अध्ययन गर्न नपाउदा आफ्नो पढाई प्रभावित वनेको उनीहरुको गुनासो छ । यो समस्या विद्यार्थीको मात्र नभई सवैको भएको वताउँदै अव आउँदो शौक्षिक शत्रदेखि भवन सञ्चालन गर्ने र भदौ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी योजना अघि वढाउन लागेको विद्यालयका प्रधानाध्यापक खिमलाल गिरीले जानकारी दिनुभयो । अहिले उक्त भवन निर्माण कार्यको ८० प्रतिशत काम सम्पन्न भएको उहाँले बताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग