Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ढाड कन्याउँदा भेटियो ३ बर्ष अघी गाडीएको चक्कु

Published on 8:31:00 AM //


क्यानडा, चैत्र ९ - क्यानडाका ३२ बर्षीय एक प्रौढको ढाडबाट चिकित्सहरुले चक्कु निकालेका छन् । तीन बर्षअघिको हतियासर सहितको फाइट खेल्दा शरीरभित्र छिरेको चक्कु भर्खरै निकालिएको क्यानेडेली सञ्चार माध्यमहरुले जनाएका छन् ।

फाइट खेल्दा उनलाई ५ पटक चक्कु प्रहार गरिएको थियो तर चिकित्सहरुले तत्कालै उनको घाउमा टाँका मात्रै लगाइदिएका थिए । हालैमा दिनमा आफ्नो ढाड कन्याउने क्रममा केही वस्तु रहेको जस्तो लागेर एक्स रे गर्दा चक्कु देखिएको उनले बताएका छन् ।

बिल्ली म्याक निल्ली नाम गरेका ती व्यक्ति केही समय जेलमा समेत बसेका थिए । 'जेलका गार्डले मेटल डिटेक्टरले जााच गर्दा सधैं मेरो शरीरमा फलाम रहेको संकेत गर्थ्यो', उनले भनेका छन् ।

सन् २०१० को अप्रिलमा भएको उक्त फाइटमा उनीमाथि चक्कु प्रहार गरिएको थियो । तत्काल उनलाई एक्स रे नगरी स्वास्थ्यकर्मीहरुले टाका लगाइदिएको भन्दै उनले उजूरी हाल्ने तयारी गरेका छन् ।

तीन बर्षसम्म ढाडमा चक्कु रहादा आफूमा नसा सम्बन्धी समस्या देखिएको उनले क्यानडाका सञ्चारमाध्यमसाग बताएका छन् । -एजेन्सिको सहयोगमा कान्तिपुरबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग