Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा २ सय २० जना छात्र–छात्राहरु परीक्षा दिनवाट बञ्चित

Published on 10:01:00 PM //

पि.एम.मगर
गुल्मी ३० फागुन । भोली विहिवारदेखि संचालन हुन गईरहेको प्रवेशीका परीक्षामा यस पटक गुल्मी जिल्लामा २ सय २० जना छात्र छात्राहरु परीक्षा दिनवाट बञ्चित हुने भएका छन् ।
शिक्षा नियमावली अनुसार परीक्षामा सहभागी हुनका लागि विद्यालयमा ७५ प्रतिशत हाजिरी पुगेको हुनुपर्ने व्यवस्था रहेकोमा उक्त विद्यार्थीहरुको हाजिरी नपुगेका कारण यस पटकको एसएलसी परीक्षामा उनीहरु सहभागी हुन नपाउने जिल्ला शिक्षा कार्यालय गुल्मीका उपसचिव भोज बहादुर केसीले जानकारी दिनु भएको छ । कुल ७ हजार १ सय पाँच जना विद्यार्थी मध्ये २ सय २० जनाले परीक्षा दिन नपाउने भएपछि यस पटक जिल्लाका विभिन्न विद्यालयहरुवाट कुल ६ हजार ८ सय ८५ जना परीक्षार्थीहरु परिक्षामा सहभागी हुने भएका छन् ।
परीक्षालाई व्यवस्थित एवं मर्यादित रुपमा संचालन गर्नका लागि सहयोग पु¥याउन जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले सबैलाई आग्रह गर्नुभएको छ । तोकिएका परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, तथा निरीक्षकहरुले परीक्षाको मर्यादा विपरित कार्य गरेको खण्डमा तत्काल कारवाही गरी वैकल्पिक व्यवस्था मिलाइने समेत जिल्ला शिक्षा अधिकारी अर्यालले जानकारी दिनुभएको छ । वुधवारसम्ममा सवै परीक्षा केन्द्रहरुमा प्रश्न पत्र र उत्तरपुस्तिकाहरु पुगिसकेको जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ । परिक्षा व्यवस्थित रुपमा संचालन भए नभएको अनुगमनका लागि जिल्ला शिक्षा कार्यालयले पेशागत संघ संगठन, कार्यालयका कर्मचारी र शिक्षकहरु गरि दैनिक रुपमा प्रत्येक केन्द्रमा दुई दुई जनाका दरले ६० जना व्यक्तिलाई परिचालन गरिएकोे जिल्ला शिक्षा कार्यालयका उपसचिव के.सी.ले जानकारी दिनुभएको छ । यस वर्षको एसएलसी परीक्षामा गुल्मी जिल्लामा सवै भन्दा वढी उदय उच्च माध्यमिक विद्यालय, शान्तिपुर केन्द्रवाट ३ सय ४६ जना छात्र–छात्राहरुले परीक्षा दिँदैछन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग