Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्‍नीको हत्या गरी पति फरार

Published on 3:07:00 PM //


चाँदनी हमाल, चितवन,फागुन २० - माडीका प्रेम चेपाङले दिदीकी घर गएकी श्रीमतीलाई त्यही गएर कुटपिट गरेर हत्या गरको घटना सेलाउन नपाउदै भरतपुरमा एक श्रीमानले आफ्नी पत्‍नीको हत्या गरेका छन्। भरतपुर १३ आनन्दचोकमा डेरा गरि बस्दै आएका मोहनसिंह बिकले २७ बर्षीया श्रीमती फुलमायाको हत्या गरेका आरोप लागेको छ।
नवलपरासी कोटथर गाविस ४ घर भएका मोहन आनन्दचोककै एक दाना कम्पनीमा काम गर्थे। श्रीमती र दुईछोरी एकछोरा सहित कोठामा बसेकी श्रीमतीको आइतबार बिहान हत्या गरेका हुन्। घरायसी झगडाकै कारण दुईदम्पती छुट्टै बस्थे । चिर्पटले टाउकामा लागेकाले घटनास्थलमै फुलमायाको मृत्यु भएको स्थानीयले बताए। बिहे गरेको करिब दश वर्ष पुगेपनि उनीबीचको सम्बन्ध राम्रो हुन सकेको थिएन्।
श्रीमतीको हत्या पनि मोहन भने फरार भएका छन्। उनी भागेर घर नवलपरासीतर्फ गएको देख्नेहरुले बताएका छन्। बाबुले आमाको हत्या गरेपछि नौ वर्ष,६ वर्ष र ४ वर्षका दुईछोरी र एक छोराको बिचल्ली भएको छ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग