Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोटरसाइकल दुर्घटनामा एक युवतीको मृत्यु

Published on 3:06:00 PM //


सन्तोष सिंह, सर्लाही, फागुन २० - सर्लाहीको बाँकेमा मोटर साइकल दुर्घटनामा एक युवतीको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गअर्न्तगत बाँकेमा गति अनियन्त्रित भई दुर्घटना हुँदा युवतीको मृत्यु भएको प्रहरी नायव निरीक्षक सन्तोष पण्डितले बताए।

 
पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ज ४ प ९९९२ नम्बरको मोटरसाइकल आइतबार बिहान दुर्घटना हुँदा मोटर साइकलमा सवार धनुषा औरही-५ की १८ बर्षीया रिना कुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते यादवलाई उपचारका लागि लालबन्दी ल्याउँदै गर्दा मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षिय धनुष औरही-४ का दिपेश्वर महतो घाइते भएका छन्। महतोको लालबन्दी मोडल अस्पतालमा उपचार भइरहेको जिल्ला प्हरी कार्यालय सर्लाहीले जनाएको छ। काठमाडौं, फागुन २० (नागरिक) - कमिसन वृद्धिको माग राख्दै आएको नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले मुलुकभरका पम्पबाट कारोबार बन्द गर्ने निर्णय गरेको छ। सरकारसँग गरेका सम्झौताहरु लागू नभएको भन्दै एसोसिएसनले यस्तो निर्णय गरेको हो।


महासचिव विश्वप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिअनुसार आजै पेट्रोलियम पदार्थ वितरण रोक्ने निर्णय भएको हो। आयात कम भएर तेल वितरण प्रभावित भएको भएपनि भारतले पुन तेल आपूर्ति गराउन थालेलगत्तै एसोसिएसनको यस्तो धारणा आएको हो।


'नेपाल सरकार तथा नेपाल आयल निगम समक्ष एसोसिएसनले सहज आपूर्ति, बढ्दो असुरक्षा एवं चन्दा आतंकका कारण सुरक्षा व्यवस्था चुस्त गर्न, मजदुरहरुको तलव सुविधा वृद्धि, संचालनमा बढेको खर्च, बढ्दो बैंक व्याज, महँगीका कारण बढेको लागत खर्च, लोडसेडिङका कारण बढेको खर्च आदिका कारण,' उल्लेख गर्दै एसोसिएसनले बिक्री बन्दको निर्णय गरेको हो।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग