Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घरको तहालोमा आईपुगेपछी ज्यान गयो

Published on 8:58:00 AM //

प्रेम सुनार
गुल्मी, १ चैत्र । हिजोराती गुल्मीको नेटा गाविसमा जिप दुर्घटना हुँद २ जनाको ज्यान गएको छ ।
सदरमुकाम तम्घासबाट नेटा दर्लिङ्ग जाँदै गरेको लु. १ ज २०२४ नम्वरको जिप नेटा ५ को म्यालचौरमा दुर्घटना हुँदा जिप घर नजिकै आईपुगेकोले नेटा ५ की ७० वर्षिय बृद्धा दिलमायाँ पुनले अव त आईयो गाँठे भन्दै झोला झिम्टी तयार पारेर ओर्लिने तर्खर गर्दै थिईन । तर भुइँमा खुट्टा राख्न नपाउँदै एक्कासी जिप खसेर ज्यान गयो । त्यसो त सबै यात्रुको गन्तब्य आई सकेको थियो । दिलमायाँको मृत्यु पश्चात उनका अपाङ्ग छोराको विचल्ली भएको छ । दिलमायाका श्रीमान हुनुहुन्न स्थानियबासी जितहादुर सुनारले भने अरु भन्दा पनि घरमा अपाङ्ग छोराको बिचल्ली हुने भयो ।
उता दर्लिङ्ग ९ लिलिङ्ग गाउँमा एउटै नाम थर भएको ३ जना ब्यक्ति त्यस गाउँमा भएकोले कुन चाँहीको मृत्यु भयो भन्दै उनिहरुका आफन्तजन अन्यौल र चिन्ताले रातभर जागराम बसे । गए राती फोनले पनि त्यति काम गरेन विरामीलाई उपचार गर्न तम्घास लिएर आएपछि लिलिङ्ग गाउँका नरबहादुर भण्डारी मगरको मृत्युले त्यहाँका अन्य ३ जना नरबहादुर भण्डारी मगरका आफन्त जनलाई चिन्तीत तुल्याएको हो । धेरैले शिक्षक नरबहादुर हुन की भनेर आंसका गर्दै रातभर फोन गरे जितबहादुरले प्रस्ट पार्दै भने शिक्षक होईन अर्का नरबहादुरको मृत्यु भएको हो । जिप खस्न नपाउँदै चालक अर्जुन थापा फरार भएपछि जिपको नम्वर भनिदिने मान्छे समेत थिएन । करिव ८ वजे साँझ भिरमा अँध्यारो भएकोले तत्काल उद्धार पाउँन सकेको भए कतै ति दुबै जना बाँच्थेकी भन्छन् स्थानियबासी ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग