Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ब्लड क्यान्सर पिडित नितेशलाई सहयोग

Published on 4:39:00 PM //

प्रेम सुनार
चैत्र २, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासका महिलाहरुले ब्लड क्यान्सर रोगले जिवन मरणको दोसाँधमा रहेका गुल्मी अर्लाङ्गकोटका बालक नितेश खराललाई आर्थिक सहयोग प्रदान गरेका छन् । आदर्श महिला समुह तम्घास १ साहुटोल, मिलनचोकका महिलाहरुले ५ हजार एक सय रुपैयाँ सहयोग गरेका हुन् ।
त्यस समुहमा आवद्ध ७१ जना महिलाहरुबाट एक दिनको खाजमा खर्च हुने रकम बराबर संकलन गरी उक्त रकम ओझेलका खवर संञ्चालक प्रेम सुनारलाई एक समारोहका विच समुहकी अध्यक्ष कृष्णमाया पाण्डे लगाएतका पदाधिकारीहरुले सहयोग हस्तान्तरण गरेका थिए ।

ओझेलका खवरमा ति बालक र उनका बाबुको बाच्न बचाउने चाहनाको अभिब्यक्ति सुनेपछि सहयोग संकलन गर्ने मनस्थितीमा पुगेको अध्यक्ष कृष्णमाय पाण्डेले बताउनु भयो । प्रत्येकले एक छाक नखाएर उनि बालकलकलाई सहयोग गर्न सके उनको जिवन बाँच्ने भएकोले सबैलाई सहयोगमा जुट्न समुहकी उपाध्यक्ष गोपी पन्थीले आग्राह गर्नु भयो । सहयोग संकलनलाई जारी नै राखेको सचिव शारदा पन्थीले बताउनु भयो ।
समुहकी सह सचिव भावना भण्डारी, कोषाध्यक्ष लिला गिरी लगाएतले सहयोग गर्न चाहने तम्घासबासीले आफहरुसंग सम्पर्क राख्न आग्राह गरेका छन् ।
उता गुल्मीको मरभुङ्ग, घमिर, छापाहिले, अर्जै , अमरपुर, दोहली , दर्लामचौर लगाएतका गाविसबासी र विद्यालयहरुले पनि नितेशको बचाउ अभियानमा जुटेको बताइएको छ । त्यस्तै पृथ्वी उच्च माध्यमिक विद्यालय बडागाउँ मैदानमा पनि अर्का ब्लड क्यान्सर पिडित बिध्यार्थी रमेश घिमिरेलाई सहयोग संकलन भई सकेको र अर्लाङ्गकोटका नितेशलाई पनि गरिने त्यस विद्यालयका प्रधानध्यापक दुर्गाबहादुर सुर्यवंशीले जानकारी दिनु भयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग