Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीबाट यसवर्ष ६ हजार ८ सय ८५ जनाले एस.एल.सी दिँदै, तैयारी पुरा

Published on 10:47:00 PM //

अनिल खत्री
गुल्मी, फाल्गुन ३० । बिहीवार देखि सुरुहुने एसएलसी अर्थात प्रबेशिका परीक्षामा गुल्मीबाट यसवर्ष ६ हजार ८ सय ८५ जनाले परिक्षा दिँदै छन ।
गुल्मी जिल्लामा बिभिन्न स्थानमा ३० बटा परिक्षा केन्द्रबाट ति परिक्षर्थिहरुले परिक्षा दिन लागेका हुन । यस बर्षको एसएलसि परिक्षामा गुल्मी जिल्लाबाट ७ हजार १ सय ५ बिद्यार्थी मध्ये ६ हजार ८ सय ८५ जना बिधार्थिहरु परिक्षामा सहभागि हुने जिल्ला शिक्षा कार्यलय गुल्मीका उपसचिव भोज बहादुर केसीले जानकारी दिनुभएको छ । जसमध्ये नियमित तर्फ ४ हजार ९ सय ७७ जना र एकजामटेड तर्फ २ हजार १ सय २८ बिद्यार्थी रहेको जिल्ला शिक्षा कार्यलय गुल्मीले जनाएको छ । त्यसैगरी ति बिद्यार्थी संख्या मध्ये २ सय २० परिक्षर्थीले परिक्षा दिन नपाउने भएका छन । सबै केन्द्रमा प्रश्न पत्र उत्तर पुस्तीका पुगि सकेको र परिक्षालाई सभ्य रुपमा सम्पन्न गर्न सहयोगको लागी गुल्मीका सम्पुर्ण सरोकारवाला निकायलाई जिल्ला शिक्षा कार्यलय गुल्मीका प्रमुख गोबिन्द प्रसाद अर्यालले अनुरोध समेत गर्नुभएको छ

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग