Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिलाहरुले मात्र सन्चालन गरे एस.एल.सी परिक्षा केन्द्र

Published on 12:53:00 PM //


प्रेम सुनार
चैत्र ९, गुल्मी । शुक्रबार सम्पन्न एसएलसी परिक्षा केन्द्रहरु मध्ये महिलाहरुले मात्र सञ्चालन गरेको महेन्द्र उच्च माध्यमिक बिद्यालय तम्घास ख केन्द्र अन्तर्गत शिद्धबाबा उच्च माध्यमिक बिद्यालय खानीगाउँ तम्घास परिक्षा केन्द्रले बेग्लै पहिचान बनाएको छ ।
गेटमा उभिएका सुरुक्षाकर्मीदेखि केन्द्र अध्यक्ष र परिचरसम्म पुरै महिला रहेको परिक्षा केन्द्र बनाईएपछि यस्तो छुट्टै पहिचान बन्न पुगेको हो । गत वर्ष महेन्द्र उच्च माध्यमिक विद्यालय तम्घासमा थियो भने अहिले सो विद्यालय ख केन्द्रबाट शिद्धबाबा उच्च माध्यामिक विद्यालय खानीगाउँ तम्घासमा सञ्चालन गरिएको थियो ।
महिलाहरुले पनि पुरुषले सरह जिम्मेवारी निभाउन सक्छन् भन्ने उदाहरण दिन गत वर्षदेखि कम्मर कस्दै आएकी जन जागृति उच्च मावि हुँगा १ ठुलापोखराकी शिक्षिका कमला भण्डारी नै यसपाली पनि उनि त्यहाँको केन्द्र अध्यक्ष बनेकी थिईन ।
महिला नै महिलाले परिक्षा केन्द्र सञ्चालन गर्न पाउँदा कस्तो लागेको छ त ? भन्ने गुल्मीन्युज डट कमको प्रश्नमा उनै केन्द्राध्यक्ष कमला भण्डारीले भनिन् ‘गर्व लागेको छ र जिम्मेवारी दिए महिलाले त्यो जिम्मेवेरी निभाउन सक्दो रैछन् भन्ने उदाहरण पेश गर्न सकिएको छ । ’ गत वर्ष पनि उनै केन्द्र अध्यक्ष रहेर महिला नै महिलाको परिक्षा केन्द्र भनेर निकै चर्चा पाएको थियो । गत वर्ष निकै राम्रो केन्द्रका रुपमा मुल्याङ्कनमा परेपछि यसपाली पनि उसै टिमलाई जिल्ला शिक्षा कार्यालयले तोकेको बताईएको छ ।
 शिद्धबाबा उच्च माध्यामिक बिद्यालयको परिक्षा केन्द्रमा परिक्षा निरिक्षण गर्दै केन्द्राध्यक्ष कमला भण्डारी । तस्बिर: प्रेम सुनार

गत वर्ष पनि त्यस केन्द्रकी सुरुक्षा प्रुमुख प्रहरी सहायक निरिक्षक विष्णु गुरुङ थिईन अहिले पनि उनैको कमाण्डमा ५ जना महिला प्रहरी खटाईएको रहेछ । पुरै महिला नै महिला भएर काम गर्न पाउँने अवसर प्रहरी अधिकृतहरुले दिएकोमा उनले हौसला बढेको बताईन । ‘गत वर्ष राजकुमार बैदवार डिएसपी सावले जिम्मेवारी दिनु भयो यसपालीका डिएसपी र ईन्सपेक्टर सापहरुले पनि अवसर दिनु भयो ’उनले भनिन् ‘हौसला बढेको छ र महिलाले पनि केहि गरेर देखाउन सक्छन् भन्ने लागेको छ । ’उनि थप्छीन ‘महिला नै महिला भएको केन्द्रमा अनुशासन राम्रो छ र मर्यादित केन्द्र बनेको छ ।’
केन्द्राध्यक्ष, निरक्षक, सुरक्षाकर्मी र परिचर सहित कुल २० जना महिलाहरु त्यस केन्द्रमा रहेको अध्यक्ष भण्डारीले जानकारी दिईन् । महेन्द्र उच्च मावि तम्घास, बुद्ध मा.वि अर्खले, उपल्लो तम्घास, जन सहयोग मावि भुवनपानी अर्खले सहित ४ वटा विद्यालयका कुल २ सय ३७ जना विद्यर्थी रहेकोमा ७ जना अनउपस्थित रहेको केन्द्राध्यक्ष भण्डारीले बताईन् । त्यस परिक्षा केन्द्र मर्यादित रुपमा सञ्चालन भएको जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले बताए । केन्द्राध्यक्ष भण्डारी आफ्नो विद्यालयमा पनि एउटी दक्ष र मेहनती शिक्षिकाका रुपपा चिनिन्छीन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग