Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

के भन्छन किरिया बसेरै एस.एल.सी दिएका भण्डारीले ? (अडियो रिपोर्ट)

Published on 12:18:00 PM //

जसले पिताको काजकिरियासंगै एस.एल.सी दिएर सके 
प्रेम सुनार
चैत्र ९, गुल्मी । पिताको मृत्यु भएको चार दिन भएको थियो, उनि कुनामा थिए । उता प्रबेशिका परिक्षाको तयारीमा रहेका उनि परिक्षा छुटाउन सकेनन् र आए घरदेखि एक घण्टाको दुरीमा पर्ने परिक्षा केन्द्र मजुवामा त्यही सेतो काजकिरियाको पहिरनमा । ज्ञानोदय उच्च माध्यामिक विद्यालय तुराङ, मजुवा परिक्षा केन्द्रका नियमित छात्र उनी अर्थात रुपाकोट ३ निवासी १६ वर्षिय खिमानन्द भण्डारीले त्यसरी पिताको काजकिरिया गदागर्दै परिक्षा दिएका हुन् । उनका पिता डिलाराम भण्डारीको फाल्गुण २८ गते मृत्यु भएको थियो । ‘परिक्षाको आज अन्तिम दिन १२ औं दिन भएको छ बुवा बितेको’, खिमानन्दले भने भोली उहाँको १३ दिनको पुण्य तिथी गर्न आज परिक्षा सकेर घर फर्किँदै छु ।’
केन्द्राध्यक्ष छविलाल भण्डारी त्यस्तो पितृ शोकमा पनि खिमानन्दले पिडालाई काबुमा राखेर मेहनतले परिक्षा दिएको बताए । ‘हामी उनलाई बेग्लै सुरक्षित बातबरणमा परिक्षा दिने ब्यबस्था मिलाएका थियौ’ उनले भने ‘परिक्षामा उनको सहभागिताले प्रेरणादायी सन्देश दिएको छ । ’ ‘३ सय ३८ जना मध्ये बरु कुर्न समस्या नपरेका नियमित तर्फका एक जना र एक्जामटेड तर्फका ६ जना अनुउपस्थित रहे तर उनि पिताको काजकिरियामा रहँदा पनि परिक्षामा सहभागि भए’ केन्द्राध्यक्ष भण्डारीले भने ।
‘मेरो दाजु कृष्णप्रसाद भण्डारीको सहयोगबाट एसएलसीको परिक्षा दिन सकें’ खिमानन्दले भने ‘मलाई जस्तो कसैलाई नपरोस् तर जस्तो परे पनि हरेस नखाई विद्या आर्जन गर्न म अरु साथीहरुलाई आग्रह गर्दछु ।’
परिक्षा सकेर फर्किने क्रममा गुल्मीन्युज डट कमसँग कुरा गर्दा गर्दै गहभरि आँसु पारेका खिमानन्दलाई कठै भन्दै हेर्नेहरुको ताँती थियो । ‘यस्तो दुखको घडीमा पनि परिक्षा दिन सकें यस्तै शाहस अरु साथीहरुले पनि देखाउन सकुँन,उनले गला अबरुद्ध पार्दै भने ‘मान्छेलाई जस्तो पनि पर्छ, धैर्य गर्न सक्नु पर्दछ ।’ उनि एक दिदी तिन दाजुहरु मध्ये कान्छा हुन् दाजुहरु सवैले एसएलसी पास गरिसकेको उनले बताए ।

ज्ञानोदय उच्च मा.वि. मजुवा तुराङ्गमा अन्तिम दिनको परिक्षा दिँदै खिमानन्द भण्डारी । तस्बिर: श्याम बस्नेत

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग