Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सरुवा भएर जाने गाविस सचिवलाई ससम्मान विदाई

Published on 9:51:00 PM //


पि.एम.मगर
गुल्मी, चैत्र १३ – गुल्मीको दर्लामचौर गाविसवाट सरुवा भएर जान लाग्नुभएका गाविस सचिव नरवहादुर अर्याललाई आज एक कार्यक्रमका विच ससम्मान विदाई गरिएको छ ।
वर्तमान गाविस सचिव शोभाखर पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका विदाई भएर जाने गाविस सचिव अर्यालले आफु विदाई भएर गएपनि दर्लामचौर गाविसका जनता, स्थानीय राजनीतिक दल, समाजसेवी तथा वुद्धिजीविहरुको सहयोगलाई कहिल्यै पनि भुल्न नसक्ने वताउनुभयो । उहाँले आवश्यक परेको खण्डमा आफु दर्लामचौरवासीको सहयोगको लागि तैयार रहने वताउनुभयो । सोही अवसरमा गाविस सचिव अर्यालले वार्ड नं.१ का एक जना अग्नीपीडितलाई एक हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको थियो । विदाई कार्यक्रममा विशेष अतिथि पुर्व गाविस सचिव तोयनाथ सापकोटा, स्वास्थ्यकर्मी युनियन गुल्मीका अध्यक्ष देवेन्द्र रिजाल, एकीकृत माओवादी नरेन्द्र कुवँर, नेपाली काँग्रेसका नारायण प्रसाद भुसाल, एमालेका शिर वहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका रामेश्वर खत्री, भुपु गाविस अध्यक्ष रामेश्वर शर्मा, उपाध्यक्ष महेन्द्र अधिकारी  लगायतले मन्तव्य व्यक्त गर्दै अर्यालका सफल कार्यकालको शुभकामना दिनुभएको थियो । गाविस सहायक सचिव गोमा घिमिरेको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन दर्लामचौर उपस्वास्थ्यचौकीकी अनमी गंगा शर्माले गर्नुभएको थियो । गाविस सचिव अर्याल दर्लामचौरवाट हस्तिचौर गाविसमा सरुवा हुनुभएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग