Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रङ्गहरुको पर्व होली, गुल्मीमा हर्षोल्लासका साथ मनाईयो, तराईमा भने भोली

Published on 9:53:00 PM //


पि.एम.मगर
गुल्मी, चैत्र १३ – रंगहरुको पर्बको रुपमा लिईने फागु अर्थात होली पर्व पहाडी भेग तथा काठमाण्डौ उपत्यकामा आज विभिन्न कार्यक्रमका साथ मनाईएको छ भने तराईका जिल्लाहरुमा भोली मनाईदैछ ।
आपसी मित्रता र सदभाबका रुपमा लिईने होली पर्बलाई मैत्री पर्बका रुपमा लिईने गरिन्छ । आपसी भाईचारा बढाउने पर्बका रुपमा यो रहेको छ । एक आसपमा बिभिन्न रंगि बिरंगी रंग लगाएर शुभकामना आदान प्रदान गर्ने गरिन्छ होलीका दिन् । तर होलीका नाममा बिकृतीहरु पनि देखिने गरेका छन् । विगतका वर्षहरुमा जबरजस्ती रंग लगाउने, लोला हान्ने, मोबिल तथा अन्य रंगहरुले हान्ने जस्ता परम्परा बढी रहे पनि यस वर्ष भने यसमा केही कमी आएको थियो । सभ्य र मर्यादित तवरले होली मनाउन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय गुल्मीले कसैको इच्छा बिपरित जवरजस्ती रङ्ग दल्ने र लोला हान्ने कार्य नगर्न सर्वसाधरणलाई अनुरोध गरेको थियो ।
होली पर्व भनेको भाईचारा मित्रताको नाताले मितव्ययी तरिकाले मनाउने पर्व भएकाले यसलाई सोही तरिकाले लिन तथा हर्ष र उल्लासका साथ पर्वलाई मर्यादित र सौहार्दपुर्ण रुपमा मनाउन प्रहरीले आग्रह गरेको थियो । होली पर्वका क्रममा कसैको इच्छा बिपरित रङ्ग दल्ने वा लोला हान्ने जो कसैलाई कानुन बमोजिम कार्वाही गर्ने बताए पनि यस वर्षको होलीमा भने कही कतै ठुलो खालको अप्रिय घटना नघटेको प्रहरीले बताएको छ । गुल्मीको सदरमुकाम तमघास लगायत जिल्लाका ग्रामिण वजार क्षेत्र तथा गाउँ गाउँमा आज विहानैदेखि केटाकेटी, युवा युवति तथा स्थानीय वौद्धिक व्याक्तिहरु समेत एक आपसमा रङ्ग लगाई सद्भावका साथ होली पर्व मनाएका छन् । होली पर्वको उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक विदा दिँदै आएको छ । तराईमा होली पर्व भोली विशेष धुमधामका साथ मनाईदै छ ।
दैत्यराज हिरण्य कश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्धेष्यले व्रम्हावाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी वहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भष्म भएकी तर भक्त प्रल्हादलाई आगोले छुन नसकेको हिन्दु धर्मशास्त्रहरुमा उल्लेख छ । त्यसै वेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृतिकी प्रतीक वनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ । यसैगरी द्धापर युगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्धारा पठाईएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा सफल नभई प्राण त्याग्न पुगेकी र उनलाई व्रजवासीहरुले जलाई फागु महोत्सव मनाउने प्रथा चलेको जनश्रुति पनि छ । यस दिन विशेष गरी भाङ्ग मिसाईएका खानेकुरा खाई विविध रङ्गवाट रङ्गिएर वाजागाजाका साथ नाँचगान गर्दै महिला र पुरुषको समुह आफ्नो क्षेत्रमा विहानदेखि साँझसम्म घुम्दै रमाईलो गर्दछन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग