Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागीका कारण ३ घाईते, २१ लाख भन्दा बढी क्षति

Published on 9:02:00 AM //


गुल्मी, २९ फागुन
जिल्लाको जोहाङ गाविसमा आगलागी हुँदा करिव २१ लााख बराबरको क्षती भएको छ भने तीन जना घाइते भएका छन् । जोहाङ गाविस वडा नं १ चोरकाटेका तीन घरमा भएको आगलागीमा उक्त क्षती भएको हो भने तीनजना घाइते भएका हुन् । गत सोमबार राती करिब १२ बजे सबै सुतेको अवस्थामा लागेको आगोमा परी ५५ वर्षीय टेकबहादुर सुवेदी, सोही घरमा भाडामा बस्ने अनिल मियाँ र छिमेकी भानुभक्त भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते तीनै जनाको अहिले युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ । टेकबहादुर सुवेदीको घरबाट सल्केको आगो छिमेकी चन्द्र भण्डारी, राजकुमार भुसाल र खेमबहादुर भण्डारीको घर तथा गोठमा पनि सल्किँदा २१ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको हो । चुलोमा बालेको आगो निभाउन बिर्सदा आगलागी भएको प्रहरीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग