Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो रह्यो चन्द्रकोट क्याम्पसको वार्षिकोत्सब (फोटो फिचर)

Published on 10:29:00 AM //


तेजेन्द्र थापा
श्री चन्द्रकोट क्याम्पस शान्तिपुर गुल्मीको चौथो साधारण सभा तथा बार्षिक उत्सव सम्पन्न भएको छ । क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष झपटमान श्रेष्ठको अध्यक्ष्यतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि विघटित संबिधान सभाका सभाषद तथा माओवादी नेता शुदर्शन बलाल रहनुभएको थियो । रुद्रावती क्याम्पस वामीका क्याम्पस प्रमुख हिरामणि अर्यालको बिशेष अतिथ्यता रहेको कार्यक्रम सुदर्शन बलालले उदघाटन गर्नुभएको थियो । कार्यक्रममा जेहेन्दार विद्यार्थीलाई छात्रवृति वितरण, विद्यार्थीहरुबाट बक्तृत्वकला प्रतियोगिता, नाचगान प्रस्त्तुत गरिनुका साथै आफ्नो बिषयमा सतप्रतिशत बिद्यार्थी उत्तीर्ण गराउने उप-प्राध्यापक लाई सम्मान पनि गरिएको थियो । त्यसैगरी बन्द सत्रबाट आगामी ४ बर्षको लागि क्याम्पस ब्यबस्थापन समितिमा केशव न्यौपानेको अध्यक्षयतामा १० सदस्य नयाँ कार्य समिति समेत चयन गरिएको छ । हेरौ उक्त कार्यक्रमका केही झलकहरु:






Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग