Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मृतक र घाईतेहरुको गहना र पैसा चोरियो

Published on 12:17:00 PM //


देब पचभैया, पाल्पा
२० फागुनमा पाल्पाको चिदिपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका र घाईते भएकाहरुको गरगहना र पैसा चोरी भएको आफन्तहरुले गुनासो गरेका छन् ।
दुर्घटनामा घाइते भएकी महिला अस्पतालमा ।
बिहेमा झकिझकाउ गहना लगाएर गएका महिलाका गहनाहरु र पुरुसहरुसँग रहेको पैसा र औंठी चोरी भएको हो । चाँदीका औठीहरु पाएपनि अधिकांश महिलाहरुले लगाएको १० तोला बढी सुन र युवाहरुले लगाएको औठीहरु प्राप्त नभएको स्थानीय बलबहादुर गाहाले बताए ।
उनका अनुसार दुर्घटनामा उद्धार गर्न जानेहरुले नै गहना र पैसा चोरेको आफन्तले शंका गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सूर्य चन्दले भने दुर्घटनामा भेटिएका सबै गरगहना र पैसा लगायतका सामानहरु परिवारलाई बुझाएको जानकारी दिए ।
२० फागुनमा जन्ती लिएर हिंडेको बस दुर्घटनामा परी चालक सहित चिदिपानी ७ बुढिकोटका १५ जनाको मृत्यु भएको थियो । एकै गाउका १५ जनाको मृत्यु भएपछि बुढीकोट शोकमा डुबेको छ ।
घरमा काजकिरिया गर्ने पुरुष समेत नभएपछि सबै जसो परिवारका महिलाहरु किरिया बसेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग