Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वाग्लामा आगलागी ६ लाख बराबरको क्षती

Published on 1:53:00 PM //


कृष्ण बिश्वकर्मा
फागुन २४ । गुल्मीको वाग्लामा ३ घर र एक गोठ जलेर नष्ट हुदा करिव ६ लाख बराबरको क्षती भएको छ । वाग्ला गाविस वार्ड नं. ३ आस्रा निवासी विष्णुवहादुर विक, कृष्णवहादुर विक र खड्कवहादुर विश्वकर्माको घर तथा एउटा गोठ जलेर पुर्णरुपमा नष्ट हुदा उक्त रकम बराबरको क्षती भएका हो । आज विहान ११ वजेतिर विष्णुवहादुर विश्वकर्माको घरवाट शुरु भएको आगोले थप दुई वटा घर र एउटा गोठलाई समेत पुर्ण रुपमा जलाएको थियो ।
आगलागीबाट विष्णुवहादुर विकको १ लाख ७८ हजार, कृष्णवहादुर विकको २ लाख १९ हजार, खड्कवहादुर विश्वकमाको २ लाख ८८ हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको छ। घरमा कोही पनि नभएको अवस्थामा आगोलागी भएको र त्यहाँका स्थानीयवासी, वाग्ला उच्च माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थी एवं भोलीको अन्तराष्ट्रिय नारी दिवस मनाउन तैयारीका लागि भेला भएका महिलाहरुको विशेष सक्रियतामा आगो नियन्त्रणमा लिईएको वाग्लावाट सहयोगी हिमप्रसाद पन्थीले जानकारी दिनुभयो । घरमा खाना वसाली आगो ननिभाई छाडेर हिडेको वेला विष्णुवहादुर विश्वकर्माको चिमवाट आगो सल्किएको थियो । आगलागीवाट घर भित्र रहेका सम्पुर्ण सामाग्रीहरु पुर्णरुपमा जलेर नष्ट भएको छ । गाई वस्तुलाई भने सुरक्षित स्थानमा सारिएको छ । यस्तै गुल्मीकै गौडाकोट गाविस वार्ड नं. ६ थाङ्गरुख भन्ने स्थानमा रहेको सार्वजनीक जङ्गलमा अहिले भिषण आगलागी भएको छ ।
आज दिउसो १ बजेबाट सुरु भएको आगो झण्डै २ घण्टापछी पुर्णरुपमा नियन्त्रणमा आएको सहकर्मी न्युटन बरालीले जानकारी दिनुभएको छ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग