Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बालबोधको वार्षिकोत्सब सम्पन्न

Published on 9:00:00 AM //


तेजेन्द्र थापा
श्री बालबोध निम्न माध्यमिक बिद्यालय हर्राचौर ४ झारखर्कको ५४ औँ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भानुभक्त सुबेदीको अध्यक्षता तथा बिजुला थापा स्मृति पुरस्कारका सँस्थापक तेजेन्द्र थापाको प्रमुख आतिथ्यता र गौरी बलाल स्मृति पुरस्कारका सँस्थापक भानुभक्त बलालको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रममा बिद्यालयका अन्तर्सदनात्मक प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, अभिभावक खेल र स्मृति पुरस्कार वितरण गरिएको थियो । २०६८ सालको बार्षिक परिक्षामा सबै भन्दा बढी अंक ल्याई बिद्यालय प्रथम हुने कृष्ण खत्री, दोश्रो हुने संगीता कुँवर र तेश्रो हुने सपना रेश्मीले २०६८ सालको बिजुला थापा स्मृति पुरस्कार प्राप्त गर्न सफल भएका छन् सो पुरस्कार र प्रमाण- पत्र  बिजुला थापा स्मृति पुरस्कारका सँस्थापक तेजेन्द्र थापा र बिर बहादुर थापाले संयुक्त रुपमा प्रदान गर्नु भएको थियो । उनिहरुलाई जनही रु. १५००/- रु. १०००/- र रु. ५००/- नगद पुरस्कारका साथै प्रमाण पत्र प्रदान गरियो । साथै गौरी बलाल स्मृति पुरस्कार बिद्यालयमा अध्ययनरत जनजातिबाट सबै भन्दा बढी अंक ल्याउने सपना रेशमी, दलितबाट सबै भन्दा बढी अंक ल्याउने मन बहादुर बिक र अनुशासनमा पहिला हुने रचना सुबेदीले प्राप्त गर्न सफल भएका छन् । सो पुरस्कार पुरस्कारका सँस्थापक भानुभक्त बलालले प्रदान गर्नु भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग