Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा निर्वाचनको माहोल बन्दै

Published on 9:02:00 AM //


गुल्मी चैत्र ३ गते । संविधान सभाको दोस्रो निर्वाचनको लागी सरकार गठन भएसँगै देशैभर चुनावी महोल सुरु भएको छ । दलहरु चुनावको प्रचारप्रचारमा लाग्न थालेका छन् भने निर्वाचन गराउने निकाय निर्वाचन आयोग पनि निर्वाचनको तयारीमा लागेको छ । गतवर्षदेखि शुरु भएको फोटो सहितको मतदाता नामावली संकलन गरेको कार्यालयले अहिले फेरी देशैभर मतदाता नामावली अद्यावधिक शुरु गर्दै छ ।
यसैविच गुल्मीमा मतदाता नामावली अध्यावधिक चैत ७ गतेदेखि शुरु हुने भएको छ । चरणवद्ध रुपमा सञ्चालन हुने मतदाता नामावली अध्यावधिकमा नामावली संकलन, भुलसुधार, दोहोरो दर्ता खारेजी लगायतका कार्य गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसका लागी गाविस सविच र १४ जना नाम दर्ताको लागी अन्य कर्मचारी खटाईने जिल्ला निर्वाचन अधिकारी डिल्लीराज वेल्वासेले जानकारी दिनुभयो ।
वैशाखको पहिलो सातासम्म सञ्चालन हुने अद्यावधिकको क्रममा मतदाता नामावलीमा आफ्नो नाम ठिकसँग दर्ता भए÷नभएको जानकारी लिन उहाँले सवैलाई आग्रह गर्नुभएको छ । २ लाख ८० हजार १६६ जनसंख्या रहेको गुल्मीमा अहिलेसम्म १ लाख ३१ हजार ८०५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
यसैविच जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यमा सहयोग गर्न सवैलाई आग्रह गरेको छ । कार्यलयको एक्लो प्रयासले मात्रै मतदाता नामावली संकलन सम्भव नभएको भन्दै कार्यालयले सहयोग गर्न सवैलाई आग्रह गरेको हो ।
-गोरखापत्र अन्लाईनबाट

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग