Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चिट चोर्ने प्रशिक्षार्थी र मौका दिने निरक्षक दुबै निस्काशित

Published on 7:02:00 PM //


प्रेम सुनार
गुल्मी, चैत्र ४ । एसएलसी परिक्षाको आज तेश्रो दिन गुल्मीको पुर्कोट दह परिक्षा केन्द्रमा चिट चोर्ने एक जना प्रशिक्षार्थी र चोर्न मौका दिने निरक्षक निस्काशित भएका छन् ।
सो केन्द्रमा एक्जाम्टेड तर्फ गणीत विषयको परिक्षा दिई रहेकी प्रशिक्षार्थी रेखा पन्थी र निरक्षक रमेशचन्द्र कुँवरलाई निस्काशन गरिएको पुर्कोट दह परिक्षा केन्द्रका केन्द्र अध्यक्ष कृष्ण मरासिनीले बताए । ‘अनुगमन टोलीले दुबैलाई निस्काशन गरेको हो’ उनले भने ‘टोली आएको बेला प्रशिक्षार्थी रेखा पन्थीले चिट चोरेको र निरक्षक बाहिर डुलेर चिट चोर्न मौका दिएको भन्दै दुबैलाई निस्कशन गरियो ।’
स्थानियबासी समेत रहेका निरिक्षक रमेशचन्द्र कुँवर जनक निमावि पुर्कोट दहका शिक्षक रहेको उनले बतए । यता जिल्ला शिक्षा कार्यालयका उपसचिव भोजबहादुर कुँवरले निस्काशनको जानकारी केन्द्र अध्यक्षबाट आएको बताए । नेपाल शिक्षक संघका अध्यक्ष प्रेम भण्डारी, दिवाकर ज्ञवाली, नारायण पाण्डे, ऋषिराम पाण्डे लगायतको अनुगमन टोलीले उनिहरुलाई पक्राउ गरी निश्काशन गरेको थियो । जिल्लाबाट यसपालीको परिक्षामा यसरी निश्काशन भएको यो पहिलो हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग