Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमालेका केन्द्रिय नेताहरु तम्घासमा

Published on 12:12:00 PM //


अनिल खत्री
गुल्मी, १९ फागुन– आजदेखि तम्घासमा सुरु हुने नेकपा एमालेको दशौं जिल्ला अधिवेशनको अन्तिम तयारी पुरा भएको छ । अधिवेशन उद्घाटनका लागि एक दर्जन भन्दा बढी एमालेका केन्द्रिय नेताहरु तम्घासमा आईपुगेका छन् ।
नेकपा एमालेका केन्द्रिय सचिव विष्णु पौडेलले अहिले मध्यन्न १२ बजे उद्घाटन गर्ने प्रचारप्रसार उपसमितिका संयोजक शेषकान्त गौतमले जानकारी दिनुभएको छ । अधिवेशनमा केन्द्रिय सचिव विष्णु पौडेलसंगै एमाले पोलिटब्यूरो सदस्य प्रदिप ज्ञवाली, छविलाल विश्वकर्मा, केन्द्रिय सदस्य गोकर्णं विष्ट, नेत्र पन्थी, राज्य व्यवस्था समितिका पूर्व सभापति रामनाथ ढकाल, बैकल्पिक केन्द्रिय सदस्य ठाकुर गैरे, केन्द्रिय लेखा आयोग सदस्य धनेन्द्रराज घिमिरे, विष्णु पन्थी, केन्द्रिय निर्वाचन आयोग सदस्य कमलराज श्रेष्ठ, लुम्बिनी अञ्चल सचिव खिमलाल भट्टराई लगायतका केन्द्रिय नेताहरुको उपस्थिती हुने एमाले अध्यक्ष बोमबहादुर खड्काले जानकारी दिनुभयो ।
तिनदिनसम्म चलेर फागुन २१ गते समापन हुने दशौं जिल्ला अधिवेशनले आगामी तिन वर्षका लागि ५५ सदस्यीय नयाँ नेतृत्व समेत चयन गर्ने एमालेले जनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग