Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

३२ वर्षपछि बल्ल निमावि

Published on 6:20:00 PM //


प्रेम सुनार
गुल्मी, फाल्गुन १६ । राजनैकि दलका नेता वा गाविस कार्यालय छेउछाउका टाठाबाठाहरुले विद्यालय स्थापनाकालको एक दशक नपुग्दै प्रावि निमावि हुँदै उच्च मावि बनाए तर कुमाल समुदायका छोरा छोरीले पढ्ने ईस्मा रजस्थलको एक विद्यालय भने ३२ वर्षपछि बल्ल निमाविको स्वीकृति पाएको छ । ईस्मा रजस्थल गाविस वडा नम्वर १ रातामाटामा रहेको कुमारी प्राथामिक विद्यालय निम्न माध्यामिक विद्यालय बनेको हो । चालु शैक्षिक सत्रदेखि कुमारी निमावि सञ्चालन भएपछि ईस्मा सहित वस्तु, हस्तीचौर, दर्लामचौर गाविसका जनताहरु निकै हर्षित भएका छन् ।
उनिहरुले त्यो हर्ष खुशी विद्यालयको ३३ औं वार्षिक उत्सव बेग्लै तामझामका साथ मनाएर ब्यक्त गरेका हुन् । तिन दशक अघि सेउलाले छाएर आफैले स्थापना गरेको विद्यालय निमावि हुँदा संस्थापक मध्येका एक मात्र जिवित ८५ वर्षिय बृद्ध हिराबहादुर कुमालले खुशीका आँशु खसाउँदै भने ’के गर्नु पछि अरुबाट पहल पुगेन र माथी बढाउन सकिएन् बल्ल अहिले ७ कक्षासम्म पढ्ने बनाईएको छ ।’
३३ औं वार्षिक उत्सवको अवसरमा सो विद्यालय निमावि भएछि संस्थापक हिरा बहादुरलाई विद्यालयले दोसाल्ला ओढाएर सम्मान गर्यो । उनि सहित बस्तुका स्वर्गिय ताराप्रशाद भण्डारीले सो विद्यालय स्थापना गरेका थिए । त्यस अवसरमा विद्यालयले स्वर्गिय ताराप्रसाद भण्डारीको योगदानलाई पनि स्मरण गर्यो ।
२०३६ सालमा स्थापना भएको कुमारी प्राथामिक विद्यालय चार वटा गाविसको पायक पर्ने स्थानमा हुँदा हुँदै पनि गरिव कुमाल समुदाय भएकोले आर्थिक श्रोत जुटाउन नसकेर पछाडी पर्दै आएको थियो । झण्डै ८० प्रतिशत कुमाल समुदाय रहेको सो स्थानमा कक्षा पाँच भन्दा माथी पढ्नका लागि त्यहाँका वालबालिकाहरु २ घण्टाको उकालोमा पर्ने हिमालय उच्च मावि वस्तुमा जानु पर्दथ्यो ।
यता ईस्मा रजस्थल दर्लामचौर र हस्तीचौरको विद्यालयमा जाँदा झन चार घण्टा लाग्ने भएकोले त्यस भेगका गरिव कुमाल समुदायका बालबालिकाहरु कक्षा ५ को पढाईलाई एसएलसी पास ठान्दै पढाई छाडेर बस्ने गरेको पुर्व सांसद रुद्रमणी शर्मा भण्डारीले बताए ।’ मलाई पनि थाहा थिएन’ कार्यक्रमका प्रमुख अतिथी पुर्व सांसद शर्माले भने ’संञ्चार माध्यमले आँखा खोली दियो जहाँका वालबालिका २ घण्टाको उकालो ओरालो गर्दै कक्षा छ पढ्न वस्तु जान्छन् भन्ने समचार सुने, पढेपछि निमाविको पहलका लागि म आफै पनि जुटेको हुँ ।’ ’चार वटा गाविसको पायक पर्ने कुमारी प्रावि जमानामै मावि भई सक्नु पर्ने थियो तर गरिव कुमाल समुदाय बस्ने र राजनैतिक पहल नपुगेका कारण पछाडी परेको उनको भनाई थियो ।
उनले अब पनि जिल्ला शिक्षा कार्यालयको ध्यान पुगेन भने यहाँका गरिव कुमालका छोराछोरी माध्यमिक तहसम्मको शिक्षाबाट बञ्चीत हुने छन भन्दै आबस्यक भवनका लागि सो कार्यालयको ध्यानकृष्ट गराए ।
’कुमाल समुदायका ८-९ वर्षका बालबालिका छल्दी खोला तरेर माथी बस्तु जाँदा, आउँदा चार घण्टा लाग्दछ’ विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ढुण्डीराज भण्डारीले भने ‘यहाँ बेलैमा जिल्ला शिक्षा कार्यलयको नजर गएको भए अहिले सम्म उच्च मावि भईसक्थ्यो ।’ उच्च माविका लागि आबस्यक विद्यार्थी यि चार गाविसको तल्लो भेगमा छन् ’ उनले थपे ‘डाँडा भेगमा टाँठा बाठा बस्ने भएकोले डाँडैका विद्यालयको स्तर उन्नती भयो यो विद्यालय ओझेलमा प¥यो । ’
’निमावि त स्वीकृती भयो तर भत्की नै लागेको २०३७ सालमा निर्मीत कच्ची भवनमा पढाउन डर लागेर खुल्ला चौरमा पढाउँदै आएको प्रधानध्यापक निलकण्ठ भण्डारीले बताए । ’भवन ढलेर बाल बलिका मर्ने हुन कि भन्ने डरले बाहिर चौरमा पढाउँ छौ प्रधानाध्यपक भण्डारीले भने चालु आर्थिक वर्षमा भवन निर्माण सहित निमावि संचालनका लागि बजेट २९ लाख बजेट चाहिने अनुमान गरेका छौ तर विद्यालयमा जम्मा एक लाख छ बाँकी २८ लाख कहाँबाट जुटाउने हो भन्ने चिन्तामा छौं ।’
’यस वर्ष कक्षा ७ सम्म पढाउँदै छौ उनको आग्राह थियो यस विद्यालयको अवस्था बुझ्न जिल्ला शिक्षा कार्यलय र राजनैतिक दल आई दिए हुन्थ्यो ।’
’अव कुमारी प्राविमा निमावि संचालन भएपछि हिमालय उच्च मावि बस्तुमा विद्यार्थीको मुहानै सुक्यो त्यस विद्यालयका प्राचार्य मदन कुमार सिंहले भने बढो आनाकानी गदै निमाविका लागि सिफारिस दिएका हौं । ’ कक्षा ६ को सिफारिस माग्न जाँदा मुहान सुक्ने डरले आनाकानी गरियो तर तलका विद्यार्थीहरु २ घण्टाको उकालो र २ घण्टाको ओरालो हिँडेर पढ्नु पर्ने समस्यालाई बुझेर कक्षा ७ को पनि स्वीकृत दियौ उनले भने यहाँ त मावि उच्च मावि नै चल्न सक्ने बिध्यार्थी रहेछन् ।’
घनाघोर जंगलको विचमा रहेको त्यस विद्यालयमा शौचालय छैन् । बाल बालिकादेखि शिक्षक, शिक्षिका जंगलमा शौचालय जान्छन् । जिल्ला शिक्षा कार्यालयबाट स्थापनाको ३० वर्षपछि बल्ल एयटा २ खोठे भवन परेको रहेछ त्यस भवनको एउटा कोठामा कार्यालय अर्को कोठामा कक्षा एकदेखि ७ सम्मका बिद्यार्थी कोचाकोच गरेर पढ्दछन् ।
राजनैतिक पहुँच हुने जिल्लाका अन्य विद्यालय स्थापनाको एक दशक नपुग्दै निमावि मावि बनेका छन् तर कुमारी प्रावि तिन दशकपछि निमावि हुँदा पनि धन्य हो भन्नु पर्ने नेपाली कांग्रेसका जिल्ला सचिव छन्दबहादुर पहराईले बताए । ’यहाँका गरिव कुमाल समुदायलाई खेतबारी जोत्न लगाउने बाहुन क्षेत्रीका छोरा छोरीले पायक पर्ने स्कुलमा पढेर माथी पुग्ने परम्पराको अन्त्य हुनु पर्छ ’उनले भने । ’अव यहाँका अन्य जातीहरुले आर्फै जोत्नु होस नत्र जग्गा छोड्नु होस कुमाल समुदायलाई हली गोठालो बनाउन छाड्नु होस् ’उनको सुझव थियो ‘कुमाल समुदायले पनि दासत्व त्यागेर छोरा छोरी हुर्केयो कि शहरका होटल र घरमा भाँडा माझन पढाउनु होस् ।’
’त्यति बेला ईस्मामा रिजालहरु एकलौटी साशन थियो नेकपा एमालका जिल्ला सदस्य कलानिधी भण्डारीले त्यस विद्यालयका संस्थापक स्वर्गिय ताराप्रसाद भण्डारीको स्मरण गरे । उनले भने ’त्यति बेला ईस्मामा रिजालहरुको एकलौटी साशन थियो त्यस्तो अवस्थामा पनि तालुकदार रिजालहरुबाट त्यस विद्यालय स्थापनाका लागि स्वर्गिय ताराप्रसादले १ सय ३८ रोपनी जग्गा विद्यालयका नाममा दर्ता गराउनु चानचुने कुरा थिएन ।’ उनको सुझाव थियो, ’अहिले त यस विद्यालयमा झण्डै २ सय रोपनी क्षेत्रफल बन छ यो श्रोतको सहि सदुपयोग गर्न सके भविश्यमा यसै श्रोतले उच्च मावि चलाउन सकिन्छ । ’ त्यस्तै कार्यक्रमका बिशेष अतिथी जिल्ला शिक्षा कार्यालयका रामबहादुर थापाले कुमारी निमाविका लागि आवस्यक भौतिक पुर्वधारका लागि आफुले ध्यान आकृष्ट गराउने बताएका थिए ।
कार्यक्रममा एकिकृत नेकपा माओबादी इ्रस्मा रजस्थलका अध्यक्ष ज्ञानबहादुर बिष्ट, नेपाली कांग्रेस वस्तुका अध्यक्ष लालमणी भण्डारी, नेकमा एमाले ईस्मा रजस्थलका अध्यक्ष नारायण पैयानी, ईस्मा रजस्थल गाविस सचिव ुराबहादुर नेपाली , नेपाली कांग्रेस बस्तुका सचिव केशव भण्डारी, राष्ट्रिय जनमोर्चाका जिल्ला प्रतिनिधी खिमानन्द भण्डारी, बुल्म प्रावि अमरपुरकी निमित्त प्रधानध्यापक राधिका भण्डारी लागयतले मन्तब्व राखेका थिए । कार्यक्रममा नेकपा माओबादी मगराँत राज्य समिति सदस्य राजु बिश्वकर्मा, नेपाल रेडक्रश सोसाईटी बस्तुका उप सभापति चन्द्रमणी पाण्डे, स्वास्थ्यकमी युनियनका जिल्ला सदस्य जग्गुलाल भण्डारी सहित ईस्मा रजस्थल, बस्तु, हस्तीचौर दर्लामचौर गाविसका राजनैतिक दल, विद्यालय र विभिन्न संघ संस्थाको प्रतिनिधित्व थियो । बार्षिक उत्सव कार्यक्रममा कालिका सांष्कृति संघ बस्तुका संयोजक बालकृष्ण भण्डारीको नेतृत्वमा विविध सांस्कृति कार्यक्रम र विध्याथीहरुबाट अतिरिक्त कृयाकलाव प्रस्तुत गरिएको थियो ।
वार्षिक उत्सव समारोहमा प्रधानध्यापक निलकण्ठ भण्डारीले गत आर्थिक वर्षको करिव १८ लाख बराबरको आय व्याय र चालु आर्थिक वर्षका लागि २९ वरावरको अनुमानित आय व्यायपेश गरेका थिए । विद्यालय ब्यबस्थपन समिति अध्यक्ष ढुण्डीराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षिका ललिता भण्डारीको स्वागत मन्तब्य र शिक्षक चुरामणी भण्डारीको सञ्चालन रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग