Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माओवादीले राज्य सत्ताको चरम दुरुपयोग गर्यो ः नेता पौडेल

Published on 7:43:00 PM //


जनार्दन घिमिरे
गुल्मी, १९ फागुन । पुर्व मन्त्री एवं नेकपा एमालेका केन्द्रिय सचिव विष्णु पौडेलले वर्तमान वावुराम सरकारको वर्हिगमन, सहमतिय सरकारको गठन र मुलुकलाई संविधान सभाको निर्वाचनमा लैजानकालागि नेकपा एमाले प्रधान न्यायाधिसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको वताए । माओवादीहरु राज्य सत्ताको चरम दुरुपयोग गरेर सत्ता कव्जा गर्नेतर्फ उद्दत रहेको आरोप लगाउँदै नेता पौडेलले त्यसलाई रोक्नका लागि पनि प्रधान न्यायधिसको नेतृत्वमा सरकार गठन गरेर मुलुकलाई ताजा निर्वाचनमा लैजानु आवश्यक रहेको  धारणा व्यक्त गरेका छन् ।

नेकपा एमाले गुल्मीको शनिवार सदरमुकाम तम्घासमा दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता पौडेलले उक्त कुरा वताएका थिए । नेकपा एमाले वावुराम सरकारको वर्हिगमनको अभियानको अभियान्ता र संविधान सभाको ताजा निर्वाचनको प्रवक्ताको रुपमा उभिएको समेत नेता पौडेलले दावी गरे । ०६२÷०६३ को आन्दोलनलाई संस्थागत गर्न र मुलुकलाई समाजिक तथा आर्थिक रुपान्तरणमा अघि वढाउनका लागि आगामि मंसिरको पहिलो सातासम्म मुलुकलाई ताजा निर्वाचनमा लैजानु  पर्नेमा उनले जोड दिए ।
“माओवादीले संविधान सभाको निर्वाचनमा आफुसँग रहेको हतियारलाई दुरुपयोग गरेर ठूलो पार्टि हुने धृष्टटा गरेको हो, र उ ठूलो पार्टि भएकै कारण संविधान वन्न नसकेको हो,”नेता पौडेलले भने । पानीको फोकामा धेरै पानी हुन्छ कि, पानीको थोपामा ? भनि प्रश्न गर्दै नेता पौडेलले माओवादीलाई पानीको फोकाको संघा समेत दिएका थिए । कार्यक्रममा पुर्व मन्त्री एवं नेकपा एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली, पुर्व मन्त्री तथा पोलिट व्यूरो सदश्य छविलाल विश्वकर्मा, गोकर्ण विष्ट लगायतका नेताहरुले माओवादीको सत्ता मोहका कारण मुलुकले निकास पाउन नसकेको आरोप लगाएका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग