Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

िक्षाको गेटमा संकास्पद बस्तु, बुटवलबाट बम डिस्पोजल टोली आउँदै

Published on 4:15:00 PM //

पि.एम.मगर
गुल्मी, चैत्र ७ – जिल्ला शिक्षा कार्यलय गुल्मीको गेटमा बुधबार बिहानै एक संकास्पद बस्तु फेला परेको छ । एउटा कार्टुनमा प्याक गरेर वाहिर खतरा लेखी झुण्डाइएको अवस्थामा बम जस्तो संकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । संकास्पद बस्तुलाई अहिले प्रहरी र नेपाली सेनाको टोलीले घेरावन्दी गरि सुरक्षा दिएको छ । बम हुन सक्ने आशंकामा उक्त वस्तुलाई डिस्पोजको लागि बुटवल स्थित नेपाली सेनाको बाहिनीवाट डिस्पोजल टोली तम्घास आउँदै गरेको गुरु गोरख गुल्म गुल्मीका प्रमुख दिलसुब्वा लिम्वुले जानकारी दिनुभएको छ । एसएलसी परिक्षा संचालन भईरहेको अवस्थामा परिक्षालाई प्रभावित पार्नका लागि उक्त वस्तु राखेको हुनसक्ने आशंका गरिएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग