चुनावका लागि एमाले र कांग्रेस गाउँगाउँमा
Published on
9:15:00 AM //
भरत पाण्डेय
गुल्मी, अन्तरिम चुनावी सरकार गठनसँगै देश चुनावी माहोलमा प्रवेश गरेको भन्दै गुल्मीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता भेटघाटमा गाउँ छिरेका छन्।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgjO0FyI4Wk0JXpulURnpw1wG6CCR09hyIJxftxb6dcLb__AF4KxFKJULNV69BqkMrahqgwYNlw3u0LWkswYINXGU651k1L18wv5ilf63Kn_XIu70VyXtmn9563ScFBCKRCk5rz5TIfrxY/s1600/130320053220722.jpg)
चुनावका लागि गाउँ छिरेका कांग्रेस नेतासँग कार्यकर्ताहरूले नेताहरू गाउँमा कम मात्रै आउने भएकाले संगठन बिग्रिएको भन्दै गुनासो पोखे। त्यसै गरी अब तीव्र रूपमा संगठन निर्माण अभियानमा लाग्न नेताहरूलाई सुझाव समेत दिएको कांगे्रस धुर्कोट रजस्थलका गाउँ कार्य समितिका सभापति मुक्तबहादुर कार्कीले बताए।
यस्तै एमाले गुल्मीले जिल्लाको मुसिकोट गाउँबाट कार्यकर्ता भेटघाट शुरू गरेको छ। भेलामा चुनावका तयारीका लागि गाउँ कमिटीलाई थप क्रियाशील बनाउने र युवा संघ नेपालका वडा कमिटीहरू गठन गर्ने निर्णय गरेको मुसिकोट गाउँ कमिटी अध्यक्ष हरिबहादुर कुँवरले बताए।