Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुत्केरी बेथाले छटपटिदै परिक्षा दिईन बसन्तले (अडियो कुराकानी सहित)

Published on 9:26:00 AM //


प्रेम सुनार
चैत्र ६, गुल्मी । मध्ये रातदेखि नै गुल्मी अमरपुरकी वसन्त चुँदाली अर्याललाई सुत्केरी बेथाले च्याँपेको थियो तर पाँचौ दिनको सामाजिक
बिषय परिक्षा दिन त्यो बेथा दवाएरै परिक्षा केन्द्र अर्जै उच्च माध्यामिक बिध्यालयमा पुगिन र परिक्षा दिन थालिन ।
झण्डै दुई घण्टा परिक्षा दिईरहेको बेला उनलाई थप च्याँपेपछि मेडिकल तर्फ लगियो । ओमप्रकास गौतम उच्च माध्यमिक विध्यालय अमरमुरबाट त्यस केन्द्रमा परिक्षा दिन आएकी अमरपुर ३ निवासी १७ वर्षिया बसन्त चुँदाली अर्यालको २ वर्षअघि १५ वर्षको उमेरमा कृष्णप्रसाद अर्यालसंग विवहा भएको थियो । ‘आजको सामाजिक विषय परिक्षा पुरा दिन सकिनन् जम्मा दुई घण्टा मात्रै दिईन र बेथाले च्याँपेपछि उनलाई लिएर माशिककोको जिम्मा लगाएको अबस्था छ ’ओमप्रकास माध्यामिक बिध्यालयका प्राचर्य बालकृष्ण गौतमले
भने ।
प्रसवा पिडाले छटपटिएकी बसन्त बच्चा पाए पनि भोली परिक्षा दिने बताउछिन् । आज साँझसम्म उनले बच्चा जन्माउन सकेकी छैनन् । उनकी जेठानी दिदी शारदा भटराई अर्यालले भनिन ‘अहिले बेथाले अलि चाँपेको छ।’
अर्घखाँचीको धनचौर ३ , पाकु माईती भएकी बसन्तका श्रीमान यतिबेला बैदेशिक रोजगारका लागि कतारमा छन् । ‘८÷९ महिना अघि मात्र घर आएर जानु भएको हो ’बसन्तले भनिन् । ’उनले दुई घण्टा लेखेको सामजिक विषय परिक्षामा पास भए भईन नत्र उनलाई थप समय दिने प्रवधान छैन ’जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले भने ‘उनले लेख्न सके भोलीदेखि अन्य विषय दिने कुरा भयो तर सामाजिक विषय अव अर्को वर्ष मात्रै । ’
अझै पनि ग्रामिण भेगमा बाल बिबाह गरिने र किशोरी स्वयम पनि मायाँ प्रेमको चक्करमा लागेर ८÷९ कक्षा पढ््दा पढ्दै आफै बिबहा गरेर जाने भएका कारण एसएलसी परिक्षा दिनेबेला यस्तै यस्तै अफ्ठ्यारोमा पर्ने गरेका छन् । यसर्थ एस.एल.सी. पास नगरे सम्म बिबहा नगर्ने , नगराउने कुरामा सबैले अठोट लिए कसो होला ?

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग