Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भत्ताका लागि काज, मान्छे तम्घास

भरत पाण्डेय
गुल्मी, १७ माघ । गत माघ १ गते जिल्ला स्वास्थ्य कार्यालयका १० जना कर्मचारी ७ दिने ‘काज’ लिएर रीडिमा भएको स्वास्थ शिबिरमा हिँडे । शिवीरमा जानेहरु स्वास्थ्यकर्मी मात्रै देखि स्वाथ्य थाहा नभएका सम्म थिए ।   शिविर १ र २ गते मात्रै थियो तर कर्मचारीको काज चाहीँ ७ दिन छ । स्वास्थ्यको नियमानुसार हरेक काजको लागि एक दिन आते र एक दिन जाते गरी थप काज पाईन्छ तर २ दिनको शिविरमा जानेहरुले ७ दिनको काज पड्काए ।
आवस्यक नै नपर्ने काजको नाममा मस्ती गर्ने उनीहरु जानैपर्ने काजमा भने जाँदैनन् । ११ र १२ गते सञ्चालित राष्ट्रिय पोलियो अभियानका लागि ४ दिनको काजमा भनेर तुराङ गाविसको स्वास्थ्य चौकीमा खटेका  जिल्ला स्वास्थ्य कार्यालयका सिनीयर अहेव प्रेमलाल भट्टराई पनि खोपको सुपरीबेक्षणको मिति समेत सकिने दिन मंगलबार साँझसम्म तुराङ्ग पुगेका छैनन । उनले फोनबाटै आफ्नो बिशेष काम परेर गाउँ आउन नसकेको जानकारी गराएका थिए । ‘सरले मेरो अर्जेन्ट काम प¥यो भनेर फोन गर्नुभएको थियो, अनुगमनका लागि आउनुभएन’ – स्वास्थ्य चौकी ईन्चार्ज चक्रबहादुर बस्नेतले भने ।

जिल्ला स्वास्थ्य कार्यालयमा यसरी काजका नाममा कर्मचारीहरुले ब्रम्हलुट गर्ने गरेका छन् । अनिवार्य गाउँमा पुगेर गर्नुपर्ने काम नगर्ने र अनावस्यक काजमा बसेर आफ्नो व्यक्तिगत काम गर्ने गरेको तथ्य छताछुल्ल भएको छ ।   सरकारले ठूलो महत्वका साथ सञ्चालन गरेको खोप अभियानहरुमा समेत नगएर लापर्वाही गर्ने गरेको भेटिएको छ ।
दर्लिङ उपस्वास्थ्य चौकीका प्रमुख ओमबहादुर भण्डारीले माघ महिनामा कार्यालयबाट अनुगमनका लागि कर्मचारी आएको भएपनि पुसमा कोही पनि गाउँ नआएको बताए । आँपचौरको काजमा खटिएका हरी प्रसाद पन्थी अहिले काठमाडौंमा छन् । उनलाई स्वास्थ्य कार्यालयलेनै काजमा तलिमका लागि काठमाडौं पठाएको छ । तर उनको सुपरिबेक्षण गर्ने गरि ४ दिनको काज स्विकृत छ ।
राष्ट्रिय पोलियो खोप अभियानका लागि ४ दिनको काजमा भनेर बम्घा गाविसमा खटेका स्वास्थ्यशिक्षा टेक्निसियन गोपाल खनाल खोप कार्यक्रमको सुपरीबेक्षणको मिति समेत सकिने दिन मंगलबार साँझसम्म बम्घा गएका छैनन । उनी १३ गते साँझ सम्म पनि गाउँमा नआएको बम्घा स्वास्थ्यचौकीकी इन्चार्ज दिपा भलामी मगरले जानकारी दिईन् । गाउँका स्वास्थ्यकर्मीहरुले सुपरीवेक्षणका लागि कर्मचारी गाउँ नै नजाने बताएका छन् । स्वास्थ्य कार्यालयमा सुपेरिबेक्षणका लागि आउने रकम आफूहरुले खासै नपाउने गरेको पनि भलामीले बताईन बताईन् । ‘बजेट हुँदा पाईन्छ क्यारे’ – उनले भनिन – ‘प्राय सरहरुले बजेट छैन भन्नुहुन्छ ।’ तर जिल्लाभरमा सुपेरिबेक्षणका लागि विगतको ३ बर्षमा २ करोड भन्दा बढी रकम खर्च भएको छ ।
यसरी काजको शिलशिलामा गाउँ खटिएका कर्मचारी मध्ये धेरैजसो सदरमुकाममै भेटिने गरेका छन् । कर्मचारीहरु तम्घासमै भेटिएसँगै स्वास्थ्यमा आवश्यक्ता भन्दा बढी काजमा बसेर बाँडिचुँडी रकम खाने गरेको समेत फेला परेको छ । पुस ११ देखि १३ गते सम्म सञ्चालित खोप अभियानका लागि अर्खले गाविसमा खटिएका जनसंख्या तथा परिवार नियोज सुपेरिबेक्ष नबराज कंडेलले पुस १२ देखि १३ गते सम्म कार्यालयमै भेटिए । कार्यालयमा स्थापना गर्नुपर्ने जनसंख्या सूचना केन्द्रको बजेटको अनियमिततामा मुछिएका उनले यो बिषय पत्रकारहरुको चासोको बिषय नभएको बताउँछन् । ‘म काज मा जाउँकी कार्यालयमै बसुँ तपाईहरुको चासोको बिषय हैन । मैले कार्यालय प्रमुखलाई रिपोर्ट बुझाउने हो’ उनले भने ‘लोकसेबा पास गरेर सरकारी जागिरमा आएर आफै काम गर्नुहोस, हाम्रो आलोचना नगर्नुस ।’ उनी सदरमुकाम तम्घाससँगै जोडिएको अर्खले गाविसमा १÷२ घण्टा बिताएर कार्यालयमै फर्किएका थिए । यसरी कार्यालयमा हरेक बर्ष विभिन्न शिर्षकमा आउने सुपरिबेक्षणको रकम झ्वाम पारीने खुलेको छ ।
भर्खरै सम्पन्न भएको दोस्रो चरणको पोलियो खोप कार्यक्रम सुपरीबेक्षण गर्नका लागि जिल्लाबाट झण्डै १ दर्जन कर्मचारीहरु विभिन्न गाविसमा खटाईएको थियो । तर कर्मचारीहरुले गाउँ नगएको र गएका कर्मचारीहरु पनि १ दिन भन्दा बढी गाउँमा नबसेको भेटिएको छ । यसरी अनावस्यक काजको नाममा रकम दुरुपयोग गरेकोमा कार्यालयका कर्मीचारी समेत असन्तुष्ट छन् । किनकी ठूला र पहुँचहुनेहरु मात्रै काजको नाममा मस्ती गर्छन् । काजमा गाउँ जाने कर्मचारीहरुले  तम्घासमै बसेर ठग्ने गरेको मात्र हैन तल्लो तहका कर्मचारीहरुलाई काजमा नपठाई ठूलो पदका कर्मचारीहरुले मात्रै सुपरीबेक्षणको भत्ता खाने गरेका छन् । गाउँका स्वास्थ्यचौकीमा पनि सुपरीबेक्षणका लागि सन्तुलित मात्रामा बजेट जानुपर्ने भएपनि त्यो गएको छ ।  ‘जान त पनि रिडी गएको हुँ तर एक हप्ताको काज आवश्यक थिएन’ एक जना कर्मचारीले भने ‘यहाँ ठूलाहरुले सँधै यस्तो गर्छन, सानालाई पत्तै हुन्न, तर कसैको चासो छैन् ।’ प्राप्त जानकारी अनुसार उक्त शिविरका लागि स्वास्थ्य कार्यालयका कर्मचारीहरुका लागि भत्ता मात्रै ५६ हजार खर्च भएको छ । कार्यालयमा सुपरीबेक्षणका लागि आउने रकम सक्नकै लागि यसरी आबश्यक्ता भन्दा बढी काज स्विकृत हुने गरेको छ ।
तर जिल्ला स्वास्थ्य कार्यालयका खोप प्रमुख श्याम पोख्रेलले गाउँ गएका कर्मचारीहरुले नठग्ने बताउँछन् । ‘माथीबाटै यति पैसा दिनु भनेर आउँछ, हामीले त्यहि अनुसार पैसा पनि दिन्छौ’ उनले भने ‘खोप कार्यक्रमका लागि आएको सुपरिबेक्षणमा कुनैपनि तलमाथी हुँदैन् ।’ पोखरेल आफै पनि यसरी नक्कली काजमा माहिर छन् । ‘गएको असोजमा खुट्टो फ्याक्चर भएर आराम गरी बसेका उनको यो अवधिमा नै धेरै दुर्गम गाउँमा काज छ ’, एक कर्मचारी भन्छन् – खुट्टो भाचिँएको मान्छे त्यसमा पनि स्वास्थ्यकर्मी गाउँ गाउँ डुलेहाला ? आफै विचार गर्नुस ।’
जिल्लामै पद नभएका कर्मचारीहरुलाई अधिकतम काजमा पठाईएपछि त्यहाँका कर्मचारीहरुले बिरोध गरेका छन् ।  जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृतहरु दिपक खनाल र कृष्ण पन्थीको जिल्लामै पद छैन् । तर उनीहरु महिनौँ देखि स्वास्थ्य कार्यालयमै काम गरिरहेका छन् । कार्यालयका सूचना अधिकारी समेत रहेका पन्थी गत बैशाख देखि माघ सम्म ३० दिन मात्रै कार्यालयमा हाजिर भएका छन अरु समय उनी काजमै गाउँ जान्छन् । ‘उहाँहरुको पद नै यहाँ छैन् । विभाग वा मन्त्रालयमा तानिनुपर्ने हो तर यहीँ काम गर्नुभएको छ’ कार्यालयका एक कर्मचारी भन्छन् ‘काजमा गएको भएपनि प्राय तम्घासमै देखिनुहुन्छ । हामीले बोल्ने कुरा भएन ।’ 

सशस्त्रलाई गुल्मीमा छैन ठाउँ

भरत पाण्डेय
गुल्मी । साँघुरो पालभित्र निथ्रुक्कै भिजेको सिरकबाट एउटा तालिमे सिपाही झैं निस्कन्छन् राजपत्रांकित अधिकृत, सशस्त्र प्रहरी निरीक्षक । उठ्नेवित्तिकै शौचालय छैन, एउटा अस्थाई शौचालयमा ८० जनाको लाइन् । पानीसमेत नभएपछि केही पर पँधेरोमा कुद्ने हो । सशस्त्र प्रहरी निरीक्षक वासुदेव भण्डारीले भोगेको यो नियति अढाइ महिना भइसक्यो तर अवस्था सुध्रने छाँट छैन । उनी कुनै भ्रमण वा तालिमका क्रममा जंगलको बाहिरी अभ्यासको शिलशिलामा यो भोग्दै छैनन् । गुल्मी जिल्ला सदरमुकाममा सशस्त्र प्रहरी बलले क्याम्प राख्ने ठाउँ नभएपछि यो अवस्था आएको हो ।

गत कात्तिक २५ गतेदेखि गुल्मी आएको सशस्त्र प्रहरी बलको टोली नेपाल टेलिकमको निर्माणाधिन भवनको खाली चउरमा कठोर यातानाको जस्तै बसाइ बस्न बाध्य भएको छ । गत असार २७ गते गृह मन्त्रालयले गुल्मी जिल्लामा सशस्त्र प्रहरी बलको गुल्म राख्ने भनेर निर्णय गरेको थियो । यहाँका राजनीनिक दल र प्रमुख जिल्ला अधिकारीले गुल्मका लागि अहिलेसम्म बस्ने ठाउँको टुँगो लगाउन सकेका छैनन् ।

कात्तिक २५ गते चुनावका लागि र पछि मंसिर ५ गते डीएसपीसहित आएको सशस्त्र प्रहरी बल उति बेलादेखि तम्घासको जिल्ला प्रहरी कार्यालय नजिकै टेलिकमको निर्माणाधिन भवनमा पाल टाँगेर बसेको छ । ‘इन्स्पेक्टरसाप र लेखापालसाप पालमुनि बस्ने हो, शीत र पानीले बेहाल छ,’ सशस्त्रका एक प्रहरी भन्छन्– ‘खाद्य गोदामको हलमा हामी सुत्छौं, त्यसैको सानो गह्नाउने कोठामा डीएसपी साप । झ्याल खोल्यो भने जनपथको शौचालयको गन्ध यतै ओइरिन्छ ।’

सशस्त्रका डीएसपीको बसाइ नेपाल टेलिकमले खाद्य संस्थानसँग खरिद गरेको पुरानो भवनको गार्ड रूममा छ । नजिकै जनपथ प्रहरीको शौचालय छ । झ्यालबाट त्यसको गन्ध कोठामै आइपुग्छ । बाहिर २ वटा साना पाल छन् । निमित्त गुल्मपति त्यहीं बस्छन् । पानी परेको बेला बाहिर–भित्र गर्न सक्ने अवस्था हुँदैन । पानीले सबै भिज्छ । ‘रातभरी चिसोमा सुत्ने हो, बिहान शीतले भिजेर कपडा निथ्रुक्कै हुन्छन्’, निमित्त गुल्मपति सशस्त्र प्रहरी निरीक्षक भण्डारीले भने– ‘अस्ति पानी परेको बेला त पालबाट बाहिर निस्कनै सकिएन, यहींभित्र खाना मगाएर खाएँ ।’

नजिकैको अर्कोे पालमा गुल्मको लेखा शाखा छ । कम्युटर, प्रिन्टरलगायतका सामान सबै त्यहीं राखिएको छ । घामपानी जस्तो अवस्थामा पनि निहुरिएरभित्र छिर्ने र पलेटी कँसेर काम गर्ने गरेको लेखापाल सशस्त्र प्रहरी सहायक निरीक्षक कृष्ण पौडेलको भनाइ छ । ‘रातभरी शीतले भिज्छ, दिनभरी घामले तात्छ, अस्ति भर्खर ल्याएको प्रिन्टर बिग्रीसक्यो,’ उनले भने– ‘रातभरीको चिसो, दिनभरी पालमा पलेटी कँसेर काम गर्दा ढाड र खुट्टा दुखेर हैरान भइसक्यो, के गर्ने काम चलाउनैपर्यो ।’

टेलिकमको भवन बनाउनका लागि दैनिक रूपमा आउने कामदारहरू र निर्माणाधिन भवनमा हुने कामले गर्दा पनि उनीहरूलाई हैरानी छ । ‘सुरक्षाको संवेदनशील ठाउँ हो तर टेलिकमको भवनका कामदार आवतजावत गरिरहन्छन्’, एक प्रहरी अधिकारी भन्छन्– ‘उनीहरूलाई रोक्ने कुरा पनि भएन, के सुरक्षा? बस्ने र हतियार राख्ने ठाउँ त यस्तो छ, के संवेदनशिलता?’
टेलिकमले आफ्नो नयाँ भवनको काममा समस्या भएको भन्दै उपकरण राख्नका लागि ठाउँ खाली गर्न पनि ताकेता गरिरहेको छ । तर यसका लागि प्रवन्ध गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी र राजनीतिक दलहरूले टसमस गरेका छैनन् । ‘उहाँहरूलाई पनि समस्या छ, हामीलाई पनि उस्तै छ’, नेपाल टेलिकम गुल्मी शाखा प्रमुख उमानाथ पोखरेल भन्छन्– ‘छिट्टै व्यवस्था गरे हुन्थ्यो भनेर हामीले अनुरोध गरीसकेका छौं ।’ तत्काल टेलिकमको जग्गा छाड्नुपर्ने भएपछि अस्थाइ रूपमा बस्नका लागि पनि कुनै पहल नहुँदा सशस्त्र प्रहरी कहाँ जाने भन्ने अन्योलमा पुगेको छ । स्थायी क्याम्पका लागि जग्गा उपलब्ध नहुँदा १ सय ६० जनाको गुल्म बस्न निकै असहज भएको गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक टोपबहादुर खनालले बताए । ‘टेलिकम आफैं पनि अहिलेसम्म अर्काको घरमा भाडामा बसेको रहेछ, हामी हट्दिए सजिलो हुन्थ्यो भन्ने आशयले हामीलाई भनिरहेको छ’, खनाल भन्छन्– ‘स्थाइरूपमा बस्नेगरी सार्वजनिक जग्गा अहिलेसम्म नभेटिंदा गाह्रो त हुने भइहाल्यो नि।’

उनले स्थाइ क्याम्प नहुँदा माथिबाट आउने रकमसमेत आउन नसकेको र संरचनाहरू निर्माण गर्नुपर्ने समय त्यतिकै बितेको बताए । ‘जिल्लाको सुरक्षाका लागि आउने कुरालाई स्थानीय राजनीतिक दल, जनता र अरुसबैको चासो अलि कमै भएको देखियो,’ उनले भने– ‘त्यसले गर्दा संरचनाहरू निर्माण गर्न माथिबाट आउने रकम पनि आउन सकेको छैन, अरु काम पनि हुन सकेको छैन ।’ सदरमुकाममा राख्नका लागि भनेर आएको सशस्त्रको क्याम्पका लागि आधाकारिक निकायको चासो नपुगको सरोकारवालाको आरोप छ । क्याम्पका लागि स्थानीय राजनीतिक दलका प्रतिनिधिले ३ वटा ठाउँ प्रस्ताव गरेका छन् । रेसुँगा जाने बाटोमा रहेको गर्जुरा, नेपाली सेनाको तालिमस्थल ठूलोथुम्का, देउराली र अर्घाखाँचीको सीमानामा रहेको उनायचौर र दुविचौरको वनभोजस्थलमध्ये कुनै एक टाउँमा सशस्त्र प्रहरी राख्ने प्रस्ताव भएको हो । सेनाको तालिम स्थलमा पठाउनुभनेको सेनाकै तालिमलाई असर गर्ने गरी जोरिखोज्न पठाउनुजस्तै भएको सशस्त्रको बुझाइ छ । गर्जुरामा अलि टाढा र भौतिक सुविधा नभएकोले समस्या हुने तथा दुविचौर र उनायचौर पनि भौगोलिक रूपमा टाढा भयो भन्ने सशस्त्रको बुझाइ छ । तर सबै किसिमले उपयुक्त र नजिकै रहेको देउरालीमा गुल्म राख्नका लागि पहल पुगेको छैन । ‘गस्ती तथा सुरक्षा र बसोबासका लागि पनि उपयुक्त त देउराली हो तर त्यहाँका लागि पहल पुगेन,’ सशस्त्र प्रहरी श्रोत भन्छ– ‘त्यहाँ व्यवस्था नहुन्जेलका लागि भवन र सुविधा भएकाले अस्थाइ रूपमा दुविचौरको वनभोजस्थलमा बस्न सकिन्छ ।’

दुविचौरका स्थानीयले उक्त ठाउँमा रानीपोखरी निमावि रहेकोले त्यहाँ सशस्त्र प्रहरी राख्न मानेका छैनन् । ‘यहाँ सशस्त्र बस्ने भनिएको ठाउँमा निम्न माध्यमिक विद्यालय छ,’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष गिरी सिं महाकिमले भने– ‘विद्यालय शान्ति क्षेत्र भनेर पनि वकालत गर्ने, अनि विद्यालय हाताभित्र सशस्त्र गतिविधि सञ्चालन गर्छौं भन्ने यो कसरी हुन्छ?’ त्यो ठाउँमा दुविचौर–६ र ७ वडाको खानेपानी संकलन केन्द्र, मन्दिर क्षेत्र र रानीपोखरी पिकनिक स्पोर्ट सञ्चालन गरेकोले त्यस्तो ठाउँमा सशस्त्र प्रहरी बस्न असजिलो हुने वडा नं–६ का वडा नागरीक मञ्च संयोजक लालबहादुर थापाले बताए ।

सशस्त्र प्रहरी भने आफू जनताको छिमेकीको हैसियतमा बस्न र सहयोग आदानप्रदान गर्न चाहेकोले दबाबमूलक तरिकाले जानु जायज नहुने बताउँछ । जनताका लागि काम गर्न जाने भएकोले सकेसम्म समझदारीका लागि पहल गर्नुपर्ने सशस्त्र प्रहरीको तर्क छ । तम्घासको देउरालीमा उपयुक्त हुने स्थाइ क्याम्पका लागि व्यक्तिको निजी जग्गा किन्नुपर्ने तर जग्गा किन्नका लागि सरकारबाट रकम नआउने भएकोले पनि समस्या भएको सशस्त्र प्रहरी श्रोत बताउँछ । राजनीतिक दल र प्रशासनको पहल भएमा सरकारको माथिल्लो निकायमा जग्गा किन्नका लागि रकम माग गर्न सकिने भए पनि कसैले पनि त्यसतर्फ चासो नराखेको सशस्त्र श्रोतले बतायो । गुल्मीसँगै स्वीकृत भएका गोरखा, पाल्पा र दार्चुलाका गुल्मका लागि स्थानीय तहमा जग्गाको प्रवन्ध मिलाएर भवनका लागि ठेक्का प्रकृया शुरु भइसकेको छ । गुल्मीमा भने केही राजनीतिक दलका नेताले सकेसम्म आफ्नो स्वास्र्थपूर्ति हुने गरी आफूले भनेको ठाउँमा लैजाने, नभए सदरमुकामभित्र राख्न नदिएर उछिट्याउने नियतका कारण शान्ति सुरक्षाका लागि आएको सशस्त्रको पालमुनि बास हुन पुगेको हो ।

प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल भने जग्गा खोज्ने प्रकृया चलिरहेको बताउनुहुन्छ । सशस्त्र आएको धेरै समय नभएकोले आएदेखि पहल गरिरहेको र अब छिट्टै समस्या समाधान हुने ढकालको विश्वास छ । ‘ढिला भएकै छैन, कात्तिक २५ गते मात्रै हो सशस्त्र आएको,’ उनले भने– ‘उर्लेनीमा उपयुक्त ठाउँ भेटिएको छ, सरकारी घर पनि हो, त्यहाँ राख्न उपयुक्त हुन्छ भनेर पहल शुरु गरिएको छ ।’ उनले त्यहाँ विद्यालय, खानेपानी र मन्दिरहरूलाई असर नपर्ने गरी काम गरिने बताए ।

जिल्ला जनसंख्या सूचना केन्द्रमा अनियमितता

Published on: //
भरत पाण्डेय
गुल्मी । आर्थिक वर्ष २०६८⁄०६९ सालमा सूचना केन्द्रका लागि भनेर जिल्ला स्वास्थ्य कार्यालयमा आएको १ लाख ५०हजार बजेटबाट शतप्रतिशत प्रगति भएको विवरण जिल्ला स्वास्थ्य प्रोफाइलमा छ। तर सूचना केन्द्र भने गएको पुस २३ गते स्थानीय विकास अधिकारी हरि ज्ञवालीले उद्घाटन गरे। तीन वर्षअघि पठाएको बजेटबाट नियमित रूपमा सूचना केन्द्र स्थापना गरेको भनेर प्रतिवेदन बनाएको भए पनि केन्द्र भने हालैमात्र उद्घाटन गरिएपछि कागजी प्रतिवेदन बनाएर सूचना केन्द्रको रकम दुरुपयोग गरेको खुलासा भएको छ।
स्वास्थ्यको आफ्नै प्रतिवेदनअनुसार आर्थिक वर्ष २०६९⁄०७० मा पनि १ लाख ५० हजार नै आएको र त्यसको पनि शतप्रतिशत प्रगति भएको उल्लेख छ। सूचना केन्द्र स्थापना गर्ने जिम्मेवारी जिल्ला स्वास्थ्य कार्यालयको परिवार नियोजना सुपरीवेक्षण शाखाको हो। पहिला स्वास्थ्यको आफ्नै कार्यालय नभएकाले भर्खरै मात्र व्यवस्थित गर्न लागिएको सो शाखाका सुपरीवेक्षक नवराज कँडेल बताउँछन्। ‘पहिला हाम्रो भवन बन्दै थियो, आफ्नै कार्यालय थिएन त्यसैले सामानहरू किनेर राख्यौं’, उनले भने– ‘अहिले बल्ल नयाँ भवन बनेपछि व्यवस्थित गर्दै छौं।’
तीन वर्षअघिको बजेटबाट हालै मात्र स्थापना गरिएको सूचना केन्द्रमा स्वास्थ्यसम्बन्धी जानकारीका लागि आवश्यक पर्ने धेरै सन्दर्भ सामग्री र सूचनामूलक सामग्री हुनुपर्ने भए पनि त्यो भेटिँदैन। कँडेलका अनुसार जनसंख्याको बारेमा जानकारी दिन टिभी, ल्यापटप, डिजिटल क्यामेरासहित पत्रपत्रिका र इमेल इन्टरनेटको व्यवस्था छ भनिए पनि त्यो व्यवस्था सूचना केन्द्रमा छैन। केबुल नजोडिएको टिभी र एउटा कम्प्युटर मात्रै रहेको केन्द्रमा इमेल इन्टरनेटको व्यवस्था त छैन नै केन्द्रमा बस्ने कर्मचारीसमेत छैनन्।
सूचना केन्द्रका लागि पहिलो र दोस्रो वर्ष डेढ डेढ लाख र चालू आवमा ६० हजार गरी ३ लाख ६० हजार रुपियाँ बजेट छुट्टिएको छ। तर त्यो सबै रकमको फाँटबारी भने केन्द्र प्रमुख कँडेलले नै दिन सक्दैनन्। ‘सूचना केन्द्र व्यवस्थित गर्नुपर्ने तथ्यांक सहायकले हो, त्यसैले केके समान खरिद भए मलाई सबै जानकारी छ्रैन’, उनी भन्छन्– ‘सामान खरिद गर्ने सरहरू सरुवा हुनुभयो, त्यसैले मलाई सबै जानकारी छैन।’ स्वास्थ्य कार्यालयको स्टोर फाँटमा रहेको जानकारी अनुसार टिभी, डीभीडी, ल्यापटप, कम्प्युटर, प्रिन्टर, स्क्यानर, डिजिटल क्यामेरा, टिभी ट्रलीलगायतका सामान १⁄१ थान, स्टिल दराज २ थान, स्टिल र्याक २ थान र कुर्सी, टेबुलहरू, बेन्चहरू खरिद गरिएको विवरण छ। आव ०६८⁄०६९ मा १ लाख ६६ हजार र ०६९⁄०७० मा ३७ हजार गरी २ लाख ३ हजारका सामान खरिद गरिएको विवरण उल्लेख भए पनि उल्लेखित सबै सामान सूचना केन्द्रमा छैनन्। त्यसमध्ये अघिल्लो २ वर्षमा मात्रै १ लाख ५० हजारका दरले ३ लाख रकम आएको छ। त्यसमध्ये स्टोरमा २ लाखको मात्र सामानको दाखिला रिपोर्ट छ। तर सूचना केन्द्रमा भने करिब १ लाखको मात्रै सामान छ। एउटा कम्प्युटर, एउटा टिभी, साधारण टेबुल २ वटा, ९ वटा कुर्सी, २ बेन्च, २ वटा स्टिल र्याक र १ स्टिल दराज मात्रै केन्द्रमा रहेका छन्। बाँकी सामानमध्ये ल्यापटप र क्यामेरा आफूसँगै रहेको कँडेलले बताए।
केन्द्रको उद्घाटन गर्ने जिल्ला जनसंख्या समन्वय समितिका अध्यक्षसमेत रहेका स्थानीय विकास अधिकारी हरि ज्ञवालीले आफूलाई पुरानो बजेटको कार्यक्रम भएको भन्ने कुरा आफूलाई थाहा नभएको बताए। ‘मलाई त चालू वर्षको कार्यक्रम भनेर बोलाइयो र उद्घाटन गरें’, ज्ञवालीले हाँस्दै भने– ‘तीन वर्ष पहिलादेखि पैसा आएको भन्ने त मलाई के थाहा भयो र?’

एलएलसीमा शत प्रतिशत ल्याउन विद्यार्थीको भविष्यमाथी खेलबाड

महेन्द्र उमाविका १२ विद्यार्थी विनाकारण  निश्कासित

भरत पाण्डेय
धुर्कोट् (गुल्मी) २६ पुस / रासस । १० वर्षसम्म अध्ययन गरेर आफ्नो क्षमता कति छ जाँच्ने परीक्षामा बस्न नपाउँदाको पिडा तपाईँलाई कस्तो हुन्छ ? पक्कै पनि सहन नसक्ने पिडाले सबैलाई सताउँछ । गुल्मीको सदरमुकाम तम्घास स्थित एक विद्यालयका १२ जना विद्यार्थी पढ्दापढ्दै विना कारण विद्यालयमा जान प्रतिबन्ध लगाएपछि रुँदै हिँडेका छन् ।
महेन्द्र उच्च माध्यममिक विद्यालय तम्घासमा एसएलसीको तैयारी गरीरहेका १२ जना विद्यार्थीलाई विद्यालयले ‘तिमीहरु भोलीदेखि विद्यालय नआउ’ भनेपछि उनीहरु न्यायका लागि शिक्षा कार्यालय गुल्मीमा समेत गुहार माग्न पुगेका छन् ।
१० वर्षसम्म पढेर परीक्षा दिन नपाएको पिडा त छँदै छ विद्यालयले आफूहरुलाई के कारणले गर्दा रोक लगायो भन्ने सम्म पनि बुझ्न नपाएपछि उनीहरु जिल्ला शिक्षा कार्यलयमा पुगेका हुन । ‘हामीलाई स्कूलबाट तिमीहरुले एक्जाम दिन पाउन्नौ भनेर निकालिदिनुभयो – तम्घासका अनुस्का पाण्डेले भन्नुभयो – एसएल सी दिन तिन महिना छ, हामीले एस एल सी पास गर्छौँ भन्दा भन्दै पनि खुरुक्क भनेको मान अव बैशाख ३ गतेदेखि नयाँ १० कक्षा पढ्न आउन भन्नुभएको छ । ’
विद्यालयले ३ जना सोही विद्यालयबाटै कक्षा ९ उर्तिण गरेका र बाँकी ९ जना अरु विद्यालयमा कक्षा ९ फेल भएर महेन्द्र माविमा कक्षा १० मा भर्ना गरेकाहरुलाई विद्यालय आउन रोक लागाएको हो । बाहिर विद्यालयबाट कक्षा ९ फेल भएर कक्षा १० मा भर्ना हुन आउनेहरुलाई पहिला नै जुनुकै बेला पनि विद्यालयले रोक्न सक्ने कागज गरीएको छ । ‘हामी ३ जना ९ कक्षामा सबै विषय पास गरेर आएकालाई सर टाईम दिनुस हामीले पास गर्छौँ भन्दा पनि नआओ भनेर रोके – अर्कि छात्रा सदिक्षा जिसीले भन्नुभयो  – अरु ९ जनालाई १० कक्षामा भर्ना गर्दा नै अर्धबार्षिकमा पास भएनौँ भने रोकिने छु भनेर कागज गराएर टाईमपासका लागि मात्रै बोलाएका थे ।’
ति विद्यार्थीहरुले आफूले पढेर पास गर्ने बेलामा सघाउनुपर्ने विद्यालय र शिक्षकहरुले अनावस्यक तनाव दिएर हैरान पारेको भन्दै दुःख समेत व्यक्त गरेका छन् । ‘पास गर्छौैँ भन्दा भन्दै पनि परीक्षा नै दिन नपाएर बस्दा एकदम दुःख ला’छ, अव के गर्ने रोएर बसेका छौँ ।’ – एक छात्राले आफूले डर लागेकोले नाम नबताउने शर्तमा भन्नुभयो । ति विद्यार्थीहरुले विद्यालयमा जानु भन्दा होम ट्यूसन पढ्ने भन्दै विद्यालयमा अनिवार्य ट्यूसनमा उपस्थित नभएपछि त्यही रीसले विद्यालयले आफूहरुलाई नआउने भनेको विद्यार्थीहरुको आरोप छ ।
१० वर्षसम्म मेहनेत गरेर पढाएका छोराछोरीलाई विनाकारण विद्यालयले बञ्चित गरेपछि अविभावकहरु पनि चिन्तित बनेका छन् । आफ्ना छोराछोरी असफल होउन भनेर कसैले पनि नचाहेने भएकोले आफूहरुले उनीहरुलाई सक्षम बनाउन ठूलो मेहनेत गर्दा गर्दै पनि परीक्षा दिनबाटै बञ्चित गराउनु दुःखको कुरा भएको तम्घासका राम प्रसाद पाण्डेले बताउनुभयो  । ‘३÷४ पटक बोलाएर गएँ , तपाईँका विद्यार्थी धेरै कमजोर छन् सक्दैनन् भने अनि मैले होम ट्यूसन राख्छु सर नरोक्नुस भनेर भने – उहाँले भन्नुभयो – तर हामीले कसरी हुन्छ भनेर मेहनेत गर्दा गर्दै छोरीलाई नआईजा पो भनेछन् ।’
एक श्रोतका अनुसार ति विद्यार्थीहरु पढाईमा केही कमजोर रहेकोले विद्यालयले एसएलसीमा शत प्रतिशत ल्याउनको लागि उनीहरुलाई विचैमा परीक्षा दिनबाट बञ्चित गराउन लागेको हो । महेन्द्र उच्च माविले सरकारी सामुदायीक विद्यालय भित्रै निजी बोर्डिङ्ग समेत अबैध रुपमा सञ्चालन गरेको छ । ‘विद्यालयको ईज्जतका लागि सदरमुकामका अरु विद्यालय भन्दा राम्रो प्रतिशत त ल्याउन प¥यो नि हैन र –  विद्यालय व्याबस्थापन समितिकै एकजनाले भन्नुभयो – ‘यसलाई अन्यथा लिन भएन ।’
उनीहरु अलि कमजोर भएपनि पछिल्लो पटक धेरै मेहनेत गरेकोले सिधै असफल हुन्छन् भनेर ठोकुवा गर्न नहुने सोही विद्यालयका एक शिक्षकले बताउनुभयो । ‘विद्यालयले शत प्रतिशत ल्याउनुपर्छ भन्ने त सबैको चाहना हो तर मेहनेत गरीरहेले उनीहरु फेल भईहाल्छन् भन्न सकिँदैन – महेन्द्र उच्च माविकै एक शिक्षक भन्नुहुन्छ – के गर्नु हामीले भनेको केही चल्दैन ।’
विद्यालयका प्राचार्य केशर बहादुर थापाले भने उनीहरुका अविभावक बोलाएर काउन्सिलिङ्ग गरेर धेरै कमजोर विद्यार्थीलाई रोक्न सहमत गराईएको बताउनुभयो । ‘हामीले पटक पटक आन्तरीक परीक्षा लिँदा कतिपय सातवटै विषयमा फेल भएका छन् – उहाँले भन्ुनभयो – त्यसैले अविभावको सहमतिमा सबै काम भएको छ ।’ उहाँले विद्यार्थीको विषयमा गुनासो गर्न कोही नआएकोले असहमति भए आएर छलफल गर्न सकिने बताउनुभयो ।  बाहिर विद्यालयबाट फेल भएर आएका विद्यार्थीलाई पैसाको लागि भर्ना लिने तर सबै शुल्क लिएपछि परीक्षामा सहभागी नगराउने गरेको पाईएको छ । विद्यालयका प्राचार्य थापाले अविभावकसंग आवस्यक परे फेल बनाउने लिखित प्रतिवद्धताका आधारमा अन्य विद्यालयमा फेल भएकाहरुलाई पनि भर्ना गरीएको स्विकार गर्नुभयो ।
ति मध्येका तीन जना विद्यार्थीले जिल्ला शिक्षा कार्यालयमा पेश गरेका छन् । उनीहरुले शिक्षा कार्यालयसंग आफूहरुले जसरी पनि परीक्षा दिन पाउँ भनेर गुहार गरेपछि विद्यार्थीहरुलाई विद्यालयमा हाजिर गराउन निर्देशन दिएको जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले बताउनुभयो । उहाँले शिक्षा नियमावलीमा नै १० कक्षामा ७५ प्रतिशत हाजिर भएकाहरुलाई परीक्षाबाट बञ्चित गरान नपाउने नियम भएकोले सरकारी नियम मिचेर विद्यालयको छुट्टै नियम नहुने बताउनुभयो । ‘शिक्षा नियमावलीमा ९ कक्षामा पास गरेर १० कक्षामा ७५ प्रतिशत हाजिर भएकाहरुलाई एसएलसीमा सहभागी गराउनुपर्ने सकारी नियम मिचेर सामुदायीक विद्यालयले छुट्टै नियम बनाउने छुट छैन – अर्यालले भन्नुभयो  – तीन जना विद्यार्थीले निवेदन दिएपछि मैले तुरुन्त हाजिर गराउनुस् यसभन्दा बढी प्रकृया चाल्न नपरोस भनेर निर्देशन दिएको छु ।’
यस विषयमा सोध्ने क्रममा सो विद्यालयका व्याबस्थापन समितिका अध्यक्ष भुवन श्रेष्ठले पत्रकारहरुलाई अपमानजनक गालीगलौज गर्नुभएको थियो । उनले ‘पत्रकारका गँडियाहरु तिमीहरुले सबै कुरा खोतल्न मिल्छ, विगतदेखि के गर्ने खोजेको होस, ख्याल गर ’ भनेर धम्क्याएका थिए । यस विषयमा नेपाल पत्रकार महासंघले खेद प्रकट गर्दै विज्ञप्ती समेत निकालेको थियो ।


ति विद्यार्थीहरुले शिक्षा कार्यालयमा निवेदन दिएपछि अविभावक जम्मा पारेर उनीहरुलाई बाहिर कुरा नलैजान धम्याएको श्रोतले बताएको छ । एकातिर अफ्ना छोराछोरी फेल गराउने र अर्कोतिर न्याय माग्न समेत नदिएपछि अविभावक ईन्तु न चिन्तु भएका छन् ।

किसानको घरमा पुग्दैनन् कृषि र पशु प्राविधीक, बारीमा प्राविधिक नगएपछि किसान समस्यामा

भरत पाण्डेय
गुल्मी । गतवर्षदेखि व्याबसायीक रुपमा टमाटर खेती गरेका सदरमुकाम तमघासको नेटा गाउँका किसान ज्ञानीश्वर पन्थी अहिले निकै निराश छन् । आफ्नै सिपले जानी नजानी टमाटर खेती गर्दा तत्कालका लागि उत्पादन राम्रै भएपनि यसलाई अझ राम्रो बनाउने, रोक किरा नियन्त्रण गर्ने, थप विस्तार गर्ने लगायतका विषयमा उनलाई कुनै ज्ञान छैन । पटक पटक गुहार गर्दा पनि  गर्दापनि उहाँको बारीसम्म कृषि प्राविधीक नपुगेपछि उनी अहिले आफ्नो व्याबसायकि खेतीलाई थप विस्तार गर्ने वा नगर्ने भन्ने विषयमा अलमल छन् । ‘हामीहरुले धेरैपटक भन्यौँ अहिलेसम्म तालिम पनि छैन, अहिले तरकारी गरेको भनेको नजानी नजानी आफ्नै अनुभवमा गरीयो’– उनले भने – ‘सिँचाई कसरी गर्ने, रोग किरा कसरी नियन्त्रण गर्ने केही जानकारी अहिलेसम्म पाएका छैनौँ ।’

उनी साधारण किसानजस्तै बाध्यताले कृषि पेशा शुरु गरेका हैनन् । नेपालमा गतवर्षदेखि शुरु भएको कृषि विकासका लागि अन्तराष्ट्रि«य कोष क्ष्ँब्म् को  किसानका लागि उन्नत विउविजन कार्यक्रम अन्तर्गत पहिलोपटक नमुना कार्यक्रमको शुरु भएको नेटा गाउँमा सरोकारवाला कार्यालयहरुले कुनै चाँसो नदेखाएपछि गाउँका सबै किसान अहिले निराश छन् । गतवर्षको फागनुदेखि ठूलो महत्वको योजना भन्दै नमुना कार्यक्रम गर्ने भनेर सबैले अह्राएपछि  त्यहाँका किसानले तरकारी तथा पशुपालन शुरु गरे । पहिलो पटक उत्पादन राम्रै पनि भयो । तर कार्यक्र शुरु गर्न गाउँ पुगेका जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु त्यसपछि अहिलेसम्म फर्केर नेटा गाउँ गएका छैनन् ।

‘सदरमुकामबाट जम्मा ६ किलोमिटर टाढा छ, तर अहिलेसम्म कोही फर्केर आएको छैन ’– गाउँका अर्का किसान तथा पूर्व शिक्षक ठाकुर पन्थी भन्छन् – ‘नमुना कार्यक्रम भनेपछि त नमुनाकै रुपमा लैजानको लागि नियमति रेखदेख, किसानलाई तालिम, प्रेरणा, उत्साह, रोगकिराको समाधान, भकारो सुधार जस्ता कार्यक्रम गर्नुपर्ने हो नि, खै केही छैन ।’

आउँदो १० बर्षमा गुल्मीलाई सम्मुन्नत जिल्ला बनाउने उद्धेश्यका साथ गुल्मीका राजनैतिक दलहरुले कृषि र पशुसेवा कर्यालय संगको समन्वयमा १० वर्षे कृषि रणनिती तयार पारी जिल्ला विकाश समिती संगको समन्वयमा गतवर्ष देखि शुरु गरेका थिए । सोही कार्यक्रमलाई सहयोग पुग्ने गरी कार्यक्रम आएको भन्दै सरोकारवालाले ठूलो तामझामका साथ गतवर्ष आईफ्याडको सो कार्यक्रम शुरु गरेका हुन् ।

गुल्मीमा १० वर्षे कृषि रणनिती अन्तर्गत ६८ करोड ६५ लाख ९२ हजार लाग्ने अनुमान गरीएको उक्त रणनिती अन्तर्गत अन्तर्गत कृषिका लागी  ४७ करोड ७७ लाख ४३ हजार  र पशुपालनका लागी २१ करोड ८८ लाख ४९ हजार रुपैयाँ खर्च गर्ने योजना रहेको कार्यक्रमका अगुवा भरत बहादुर चन्दले बताए ।

यो योजना अन्तर्गत १० वर्षमा जिल्लाका २४ हजार घरधुरीका डेढ लाख व्यक्तिलाई रोजगारी दिने र अन्तिम वर्ष अर्थात २०८९ सालमा हरेक घर परीवारको वार्षिक आम्दानी ३३ लाख ६१ हजार ५ सय ३४ रुपैयाँ हुने लक्ष्य लिईएको हो । यो वर्ष रणनिती कार्यान्वयनको पहिलो वर्ष हो ।

नेपालका हिमाली र पहाडी क्षेत्रमा रहेको उच्च गरीवि स्तर र उच्च जनघनत्व रहेको क्षेत्रमा कृषि विउ र पशुजन्य उत्पादनको लागि निजी क्षेत्रको साझेदारीमा ‘किसानका लागि उन्नत विउविजन कार्यक्रम’ शुरु गरीएको क्ष्ँब्म् ले जनाएको छ । सन २०१३ देखि २०१८ सम्म चल्ने कार्यक्रमले यस अवधिमा आर्थिक विकासमा टेवा पुर्याउने, लक्षित क्षेत्रमा प्रतिस्पर्धि, दिगो र समावेशी कृषि विकास प्रवद्र्धन गर्ने जनाईएको छ ।

१० वर्षे रणनीति शुरुवात गर्ने क्रममा आएका कृषि सम्बन्धी परीयोजनाहरुलाई प्रभावकारी ढंगले अगाडी बढाउने भन्दै सदरमुकाम गाविसकै वार्ड नं ९ नेटाका उक्त कार्यक्रम लागु गरीएको थियो भने त्यसलाई सफल पार्न जिल्ला विकास समतिले किसानलाई २० थान प्लाष्टिक टनेल उपलब्ध गराएको हो ।

तर दलहरुको यो महत्वकाँक्षी योजनाको शुरुमै सरोकारवाला कार्यालय कृषि विकास र पशुसेवा कार्यालयको बेवास्ताका कारण नमुना कार्यक्रम नै चौपट हुने अवस्थामा पुगेको छ । गाउँमा देशकै नमुना कार्यक्रम शुरु हुने भयो भनेपछि उत्साहका साथ ७० परीवार किसानले  गाईपालन र तरकारी खेती गर्ने योजना बनाए । तर योजना बनाउनको भोलिपल्टदेखि नै कृषि तथा पशुसेवा कार्यालयबाट कुनै सहयोग नभएपछि निराश बनेकाले उनीहरु मध्ये जम्मा १० जनाले गाईपालन र २६ जनाले टमाटर खेती गरेको गाउँका अगुवा तथा नमुना दुग्ध उत्पादन कृषक समूहका अध्यक्ष माधवराज पन्थीले बताए ।

किसानहरुले टमाटर खेती गर्नको लागि टनेल बनाउन १० खेखि १५ हजार सम्म र गाई पालनको लागि ६० देखि ८० हजारसम्म खर्च गरीसकेको उनले बताउनुभयो । ‘टमाटरका लागि प्लाष्टिक किन्न, टनेल बनाउन र औषधी, मल लगायतका काममा एक किसानको १० देखि १५ हजार सम्म र गाई किन्न, ढुवानी, भकारो सुधार गरेर गाईपाल्ने किसानले ६० देखि ८० हजारसम्म खर्च गरेका छौँ ।’– पन्थीले भने ।

सदरमुकाम तम्घास बजारबाट जम्मा ६ किलोमिटर टाढाको यस ठाउँमा अहिलेसम्म कृषि र पसुसेवा कार्यालयका प्राविधीकहरु पुग्न सकेका छैनन् । सरकारी निकायले नै चाँसो नदेखाएपछि उत्साहित भएर लागेका किसानहरु पनि निराश बन्न थालेका छन् । आफूले ३ वटा गाई र भैँसी आफ्नै घरेलु तरीकाले पालीरहँदा राम्रै आम्दानी भएको तर यसलाई आधुनिकीकरण गर्नको लागि कसैले सहयोग नगरेको बताउनुहुन्छ पशुपालक किसान राजेन्द्र पाण्डे । ‘तीनवटा गाई र २ भैँसी पालेर दैनिक ३० माना दुध बेच्दा मासिक ४० हजार कमाउँछु तर कसैले सहयोग गरेको छैन, खाली आफ्नै गाउँघरे पाराले ’– पाण्डे भन्छन् – ‘ ५०÷६० हजार हालेर गाई ल्याईएको छ, विरामी हुँदा, बाँझै रहँदा के गर्ने पत्तो छैन, त्यो डरले गर्दा अरु छिमेकीहरुले गाई पाल्न आँट्नै सकेका छैनन् ।’

कार्यक्रम शुरु हुने बेला सबै किसानलाई यो क्षेत्रमा जुनसुकै सहयोग पनि गरीन्छ भनेर उत्साह पनि दिईएको थियो । त्यसपछि किसानहरु आ आफ्नो ईच्छा अनुसार तरकारी खेती र पशुपालन शुरु गर्न थाले । गाई खरीद गर्न, भकारो सुधार गर्न, अरु सल्लाह सुझाव सबै उपलब्ध गराउँछौँ भनेका कृषि कार्यालय र पसुसेवा कार्यालयले अहिले पूरै वेवास्ता गरेको किसान बताउँछन् ।

‘कृषिबाट प्राविधकिहरु आएर विरुवा कतिबेला कसरी लगाउने, औषधी कतिबेला कसरी छर्ने, कस्तो रोग लागेका कस्तो औषधी छर्ने भन्ने प्राविधीक ज्ञान हामीलाई नहुँदा लगाएको बन्दा र फूलगोपी बारीमै हरायो ’– पन्थीले भने – ‘गाईबस्तु राम्ररी पाल्न भकारो सुधार गर्ने, घाँस लगाउने काम आफै पैसा खर्च गरेर गरेका छाँै, तर कसैले ज्ञान नदिएपछि कस्तो भयो कस्तो थाहा छैन ।’ भकारो सुधारका लागि कृषि कार्यालयबाट किसानलाई सहयोग गर्ने भनेर किसानहरुले ६ देखि १० हजार सम्म खर्च गरेको तर अहिलेसम्म कहिँ कतैबाट सोधखोज नभएकोले पनि आफूहरु निराश भएको उनले बताए ।

यसबारेमा सरोकारवाला निकायको भने फरक फरक प्रतिकृया छ । प्राविधीकहरुले आफूखुसी रकम असुल्न नपाएकोले नगएको किसानहरुको आरोप छ । आफू जनताको् घरसम्म पुग्दा मोटरसाईकलमा तेल पनि नहालीदिने भएकालेले समस्या भएको जिल्ला कृषि र पशुसेवा कार्यालयका प्राविधीकहरुले बताउँछन् । तर जिल्ला कृषि विकास कार्यालयका बरीष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारी भने एउटा प्राविधीकले धेरै गाविस हेर्नुपर्ने भएकोले त्यहाँका किसानलाई धेरै समय दिन नसकेको भन्दै उनीहरुको ढाकछोप गरे । उनले अव जनताको घर घरसम्म पुग्न नसक्नेलाई कार्वाही गर्ने बताए  ।

गुल्मीका विद्यार्थीले आफूले पढेकै विद्यालयबाट परीक्षा दिन नपाउने

Published on: // ,
भरत पाण्डे
गुल्मी । यस वर्षको एसएलसी परीक्षामा गुल्मीका विद्यार्थीले आफूले पढेकै विद्यालयबाट परीक्षा दिन नपाउने भएका छन् । चैत ६ गतेदेखि सञ्चालन हुने एसएलसी परीक्षामा गुल्मीमा पनि होम सेन्टर नराख्ने भएपछि विद्यार्थीले आफूले पढेको विद्यालयबाट परीक्षा दिन नपाउने भएका हुन् । सरकारले ६२ जिल्लामा अघिल्लो वर्ष नै होम सेन्टर हटाएको थियो ।
सोमबार बसेको यहाँको जिल्ला परीक्षा समन्वय समितिले यो वर्षदेखि गुल्मीमा पनि होम सेन्टर नरहने गरी परिक्षा केन्द्र कायम गर्ने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले बताउनुभयो । "सरकारले पहिलेदेखि नै यस्तो नीति लिएर आएको थियो तर हामीले यो वर्षदेखि लागू गर्ने निर्णय गरेका हौँ", अर्यालले भन्नुभयो, "अब तम्घासको महेन्द्र उच्च माविमा पढेका विद्यार्थीले महेन्द्र उच्च माविकै केन्द्रमा जाँच दिन पाउने छैनन् । अर्यालले होम सेन्टर नरहने गरी परीक्षा गर्ने भए पनि परीक्षा केन्द्रहरुमा कुनै पनि घटबढ नगरिएको जानकारी दिनुभयो ।"
अघिल्लो वर्ष जस्तै जिल्लामा यो वर्ष पनि ३० वटा नै परीक्षा केन्द्र रहने छन् । "विद्यार्थी कम हुने र पायक नपर्ने जिल्लाका दुई परीक्षा केन्द्रहरुलाई भने अरु गाविसमा सारेका छौँ" उहाँले भन्नुभयो । होम सेन्टर नरहने गरी परीक्षा केन्द्र निर्धारण गर्दा परीक्षा अत्यन्तै मर्यादित हुने शिक्षा कार्यालयको अपेक्षा रहेको छ ।

नारायणहिटीको राजा गएपनि गाउँका सामन्त राजा बाकीँ ः क्षेत्री

भरत पाण्डेय
गुल्मी, २१ कार्तिक । एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नं ३ का उम्मेदवार बामदेव क्षेत्रीले गाउँ गाउँमा साना राजाका प्रतिका रुपमा सामनतहरु बाँकी रहेकोले जनताले दुःख पाईरहेको बताउनुभएको छ । माओवादीको १० वर्षे जनयुद्द र १९ दिने जनआन्दोलनको बलमा नारायणहिटीको राजा हटेपनि गाउँमा राजाहरु बाँकी रहेकोले गरीवले दुःख पाईरहेको बताउनुभयो । गुल्मीको हाडहाडेमा भएको चुनावी सभामा बोल्दै उहाँले जनताको संविधान नबनेसम्म यी राजारजौटाहरुले दुःख दिन नछाड्नेभएकोले नयाँ संविधान बनाउने शक्ति चिनेर जीताउन अनुरोध गर्नुभएको छ । देशमा गणतन्त्र, संविधान, दलित जनजाती तथा गरीवका अधिकारका लागि आफूहरुले टाउकोको मोल तोकिँदा पनि लडेकोले नयाँ संविधान आफूले मात्रै बनाउने दावी गर्नुभयो । जनआन्दोलनको बेला आफ्नो टाउकोको मूल्य ३० लाख तोकीएको संझँदै उहाँले आफूले जसरी पनि जनतालाई गणतन्त्र र अधिकार सहितको नयाँ संविधान दिनका लागि युद्ध लडेको बताउनुभयो ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य दिनेश पन्थीले देशमा जनताको अधिकार सहितको स्थायी संविधान नभएकोले जनता लामोसमयदेखि अन्यौलमा रहेकोले आफूहरु त्यही संविधानका लागि चुनाव लडेको बताउनुभयो । एकीकृत नेकपा माओवादी मगरात राज्य समिति सदस्य निम बहादुर पाण्डेले संविधान बनेपछि जनताका अधिकार स्थापित हुने र विकास निर्माण, रोजगारी लागयतका जनताका समस्या समाधान हुने बताउनुभयो ।
एकीकृत नेकपा माओवादी तीन नम्बर क्षेत्रीय निर्वाचन परीचालन समितिका संयोजक बुद्धि जिसीले अहिले संविधान बनाउन नचाहनेले गाउँमा पुगेर जनतासंग झुटा आश्वासन बाँड्ने गरेकोले झुटा आस्वासन बाँड्नेले संविधान बनाउन नचाहेको बताउनुभयो । जिसीले माओवादी पार्टिले सरकार चलाउन थालेपछि मात्रै गरीव, दलित, महिला र उपेक्षित उत्पिडीत बर्गले राहतको महसुस गर्न पाएकोले अव उनीहरुको मुक्ति सहितको संधिवान बनाउन एकीकृत नेकपा माओवादीले २ तिहाई बहुमत आवस्ययक रहेको बताउनुभयो ।
कार्यक्रममा एकीकृत नेकपा माओवादी मगरात राज्य समिति सदस्य भुपाल पोखरेल, जिल्ला सदस्य टिकाराम पोखरेल, महेन्द्र विसी, गुल्मी काठमाण्डौ जन सम्पर्क मञ्चका ईन्चार्ज विमल खनाल, मञ्चका सचिव ज्ञानेन्द्र अधिकारी, वाईसिएल नेता अर्जुन रसाईलि, विद्यार्थी नेताहरु नरेश अर्याल, रामु भण्डारी, विपिन भण्डारी, लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा कलाकारहरु ज्ञानेन्द्र अधिकारी, तारा लामिछाने, माधव जोन खत्री, दिनेश विसी लगायतले गीत संगीतले मनोराञ्जना दिनुभएको थियो । कार्यक्रम पार्टि अध्यक्ष रोशन खवासको अध्यक्षता र गुल्मी काठमाण्डौ सम्पर्क मञ्च जिल्ला ईन्चार्ज गणेश कुँवरको सञ्चालनमा सम्पन्न भएको त्यहाँबाट पत्रकार गोपाल मरासिनीले जानकारी दिनुभएको छ ।

काँग्रेस एमालेले पुराना गणतन्त्र र संविधानसभाको विरोध गरेकोले संविधान बनाउन नसक्ने: क्षेत्री

Published on: // ,
भरत पाण्डेय
गुल्मी, १२ कार्तिक । चुनावी अभियानमा लागेको एकीकृत नेकपा माओवादी गुल्मी क्षेत्र नं ३ ले गाउँ गाउँमा चुनावी अभियनलाई तिब्रता दिएको छ । अभियनको क्रममा आज एमाओवादीले अमरपुर गाविसको बुल्म राङ्गदल चौरमा चुनावी सभा सम्पन्न गरेको हा
सभालाई सम्बोधन गर्दै एकीकृत नेकपा माओवादी केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नं ३ का उम्मेदवार बामदेव क्षेत्री आफूले सिमान्तीकृत जनतालाई अधिकार सम्पन्न गराउने गरी सम्पूर्ण नेपालीको समुन्नती गर्न सक्ने नयाँ संविधान बनाउने अभियानमा आफू लागेको बताउनुभयो । उहाँले काँग्रेस एमालेले पुराना गणतन्त्र र संविधानसभाको विरोध गरेकोले उनीहरुले संविधान बनाउन नसक्ने बताउनुभयो ।
कार्यक्रममा माओवादी गुल्मीका नेता बुद्धि जिसीले नेपालीको समुन्नतीको लागि एनेकपा माओवादी संग मात्रै नयाँ खाका रहेकोलेले आफ्नो पार्टिलाई जिताउन जनतासंग अनुरोध गर्नुभएको थियो । पूर्व सभाषद् उमा विक, राज्य समिति सदस्य देविराम अर्याल, वाईसिएल क्षेत्रीय संयोजक राजु विसी, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य लक्ष्मी खनाल, अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकाश अधिकारी, सहिद परीवारका अध्यक्ष घनश्याम पराजुली लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमा कलाकार तथा गुल्मी काठमाण्डौ जनगणतान्त्रिक मञ्चका उपाध्यक्ष ज्ञानेन्द्र अधिकारी, कलाकारहरु तारा लामिछाने र माधव जोन खत्रीले विभिन्न साँस्कृतिक  प्रस्तुति देखाउनुभएको थियो । कार्यक्रम जिल्ला सदस्य ठाकुर पन्थी राजिवको अध्यक्षतामा भएको कार्यक्रम एकीकृत नेकपा माओवादी मगरात राज्य समिति सदस्य सूर्य बहादुर बुढाले सञ्चालन गर्नुभएको थियो ।

अर्खाबाङ्गमा बैद्य समुहको नेकपा-माओवादी भंग भएको घोषणा

भरत पाण्डेय
गुल्मी १२, कार्तिक । बैद्य समुहको नेकपा–माओवादी अर्खाबाङ्ग गाउँ कमिटिले आफ्नो संगठन भंग भएको घोषणा गरेको छ । सो पार्टिले गाविसमा भएको एकीकृत नेकपा माओवादीको चुनावी जनसभामा बैद्य समूहको संगठन भंग भएको घोषणा गरेको हो ।
कार्यक्रममा बोल्दै पार्टिका गाउँ कमिटि सचिव छवि भट्टराईले बैद्य समूहले पार्टि फूटको औचित्य पुष्टि गर्न नसकेको र चुनावमा एमाले काँग्रेसलाई समर्थन गरेर संविधान नबनाउनेहरुलाई उक्साएकोले संगठन भंग गरीएको बताउनुभयो । उहाँले जनपक्षिय संविधानको लागि र जनताको मुक्तिका लागि हजारौँले बलिदान दिई गणतन्त्र स्थापना गरेकोले यसको विरुद्ध काम गर्नेलाई आफूहरुले समर्थन नगर्ने बताउनुभयो ।  

आफ्नै करबाट ‘ज्यानमारा’ विकास

Published on: // ,
भरत पाण्डेय
गुल्मी । साँघुरो सडकमा हुइँकिएको बस सडकबाट तल खसेपछि गत वर्षको भदौ २४ गते गुल्मीको हर्दिनेटामा १३ जनाको ज्यान गयो।

गुल्मी जिल्लालाई पाल्पा हुँदै बाहिरी जिल्लासँग जोड्ने एकमात्र पक्की सडक तानसेन तम्घास सडक खण्डमा यो डरलाग्दो दुर्घटनामा ७ जना अंगभंग भएका थिए।

त्यो मात्रै एउटा घटना होइन उक्त सडक खण्डको जोर्ते खण्डमा त्यसको १ महिनाअघि मात्रै २०६९ साल साउन १२ गते राति भएको अर्को दुर्घटनमा १४ जनाको मृत्यु भएको थियो। अत्यन्तै ओरालो बाटोमा रातिको समयमा भएको दुर्घटनामा मृत्यु हुने उनीहरू एकै परिवारका सदस्य थिए।

यो सडक त्यस्तो सडक हो जहाँ यी दुईसहितका ८ वटा दुर्घटनामा ३९ जनाको एक वर्षभित्र मृत्यु भइसकेको छ। विकासको नाममा खर्च भएको रकमबाट सानो र साँघुरो सडक बनेपछि यस्ता दुर्घटना हुने क्रम बढिरहेको छ।

तम्घास तानसेन सडक गुल्मी जिल्लालाई बाहिरी जिल्लासँग जोड्ने एकमात्र सडक हो। विश्व बैंकको १८ करोड ४८ लाख ६५ हजार ९ सय ३२ रुपियाँ ऋण लागतमा २०६१ सालमा ओटासिल प्रविधिबाट कालोपत्रे गरिएको यो सडक अत्यन्तै साँघुरो छ। सडक साँघुरो भएकै कारण अत्यधिक दुर्घटना भएको सरोकारवालाहरूको भनाइ छ।

जिल्लाको एकमात्रै पक्की सडकको यो अवस्था हुँदाहुँदै पनि गाउँमा बनेका नयाँ सडकहरूसमेत उस्तै बनेका छन्। गएको असार ३१ गते सदरमुकाम तम्घासबाट भुवनपानी जोड्ने सडकअन्तर्गत तम्घास ८ मा सडक खन्दा डोजरले बनाएको खाल्डोमा डुबेर गुल्मीको सदरमुकाम तम्घासमा १० वर्षीय बालक सन्देश परियारको मृत्यु भयो।

जिल्ला प्रहरी कार्यालय गुल्मीले दिएको जानकारीअनुसार गुल्मी जिल्लाभित्र मात्र गएको एक वर्षमा भएका १६ वटा दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५१ जना अंगभंग भएका छन्। सडक बन्न र सुधार गर्नका लागि जति धेरै रकम खर्च हुन्छ त्यति दुर्घटना बढेको प्रहरीको तथ्यांक छ। ती घटनामध्ये अधिकांश सडकको दुरावस्थाका कारण भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निसान्त श्रीवास्तवले बताउनुभयो।

जुन बाटोका लागि आफ्नो करबापतको रकम खर्च भएको छ, त्यही बाटो नै ज्यानमारा छ भन्छन् गाउँलेहरू। सदरमुकामलाई क्षेत्र नं. ३ का धेरै गाविसमा जोड्ने तम्घास–पूर्कोटदह सडक ठाउँठाउँमा भत्कँदा अहिले जिप मुस्किलले चल्छ। ‘बाटो सम्झिँदा त जिउ सिरिङ हुन्छ, बल्लबल्ल जोगिएर आइन्छ’, धुर्कोट रजस्थलका शिक्षक निमबहादुर पाण्डेले भन्नुभयो– ‘के गर्नु पैदल हिँड्दा लामो समय लाग्ने र पहिरोको डरसमेत भएकाले बाध्यताले जिपमा यात्रा गरिन्छ।’
तम्घासबाट पुर्कोट जाने सडकअन्तर्गत जैसीथोकको बर्बोटमा बर्सेनी भत्केको सडकले गाउँ नै जोखिममा परेको छ। ‘हरेक वर्ष खसेको पहिरो हटाएर यातायात सञ्चालन गर्दा गाउँ नै जोखिममा परेको छ तर पहिरो रोकथामको कुनै उपाय अपनाइँदैन।’ –स्थानीय रुद्र घिमिरेले गुनासो गर्नुभयो।

धुर्कोटको बाटो मात्रै हैन बुटवललाई गुल्मीको क्षेत्र नं १ र बाग्लुङको तीन नम्बर जोड्ने गुल्मी क्षेत्र नं १ को रीडीबामी सडकको अवस्था पनि उस्तै छ।

गुल्मी जिल्लामा गत वर्ष विकासका लागि मात्रै १ करोड ३९ लाख रुपियाँ रकम आएको थियो। त्यसमध्ये एक करोड २२ लाख ९४ हजार ६ सय ७३ भन्दा बढी रकम मोटरबाटोहरू निर्माण र मर्मतमा खर्च भएको जिल्ला विकास समितिका लेखा प्रमुख केदार घिमिरेले जानकारी दिनुभयो। उहाँले विकासमध्येकै १६ लाख ५ हजार ३ सय २७ रुपियाँ फ्रिज भएको बताउनुभयो।

अहिले उपभोक्ता समिति र ठेकेदारले काम गर्दा त्यति सन्तोषजनक नभएको राष्ट्रिय योजना आयोगका सदस्य सचिव युवराज भुसालले बताउनुभयो। उहाँले जिल्लामै सडक कार्यालय नभएको र स्थानीय निकाय नभएकोले रकम सदुपयोग हुन नसकेको दाबी गर्नुभयो।

‘स्थानीय निकाय नहुँदा सहमतिका आधारमा भन्दै उपभोक्ता समिति गठन गर्दा दलका नेताहरू मात्रै बस्ने भएपछि अलि अनियमितता भएको छ’, भुसालले भन्नुभयो– ‘गुल्मीलाई पाल्पा डिभिजन सडक कार्यालयले हेर्नुपर्ने भएकाले पनि समयमै अनुगमन र प्रभावकारी कार्यान्वयन भएको छैन।’

जीर्ण सडकमा चल्ने थोरै जिपहरूले छतभरि भरिभराउ मान्छे राखेर गाडी चलाउँदा झन् जोखिम बढेको छ। नियन्त्रण गर्ने निकाय ट्राफिक प्रहरी मनपरी गर्नेलाई कारबाहीको दायरा नबढाई एक डेढ सय रुपियाँमा जतिसुकै मनपरी गर्न पनि छुट दिएको छ।

प्रहरीले पटकपटक गल्ती दोहोर्याउनेलाई पनि एक डेढ सय जरिवाना लिएर जनताको ज्यान जोखिममा पार्न छुट दिएको अर्खलेका भुवन पन्थीले दाबी गर्नुभयो।

साँघुरो सडकका कारण गुल्मीमा हरेक वर्ष ठूलाठूला दुर्घटना हुने गरेको भए पनि यहाँका विकास प्रेमीहरू कमिसन र घुसका लागि कमसल निर्माणको काम गरेर जनताको ज्यान जोखिममा पारेका छन्।

३३ वर्षिय युवकको दुवै मृगौला फेल भएपछि परिवार विचल्लीमा

Published on: //
भरत पाण्डेय
गुल्मी ६ असोज । ३३ वर्षिय एक यूवाको दुवै मृगौला फेल भएपछि परीवार विचल्लीमा परेको छ । गुल्मीको धुर्केाट् रजस्थल २ रातामाटा स्थाई घर भई बुटवल भैरहवा क्षेत्रमा सडक क्षेत्रमा घडि विक्री गरेर जीवन निर्वाह गर्दे आउनुभएका ३३ वर्षिय रोमलाल भण्डारीको दुवै मृगौला फेल भएपछि विचल्ली भएको हो ।romlal ph
गत साउन २६ गते पिशावको समस्या देखिएपछि उपचारको क्रममा दुवै मृगौला फेल भएको थाहा पाएको उहाँले बताउनुभयो । बुटवल १३, मजुवामा बस्दै आउनुभएका उहाँले ८ वर्षकी छोरी र ४ वर्षको छोरा गरी २ सन्तानलाई पढाउने, बुबा आमा, श्रीमति र भाईहरु गरी १४ जनाको खर्च एक्लैले जुटाउँदै आउनुभएको थियो । ‘अहिले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा डाईलाईसिस गराईरहेको छु – उहाँले भन्नुभयो – म विरामी भएदेखि मेरो उपचारका लागि कुनै आर्थिक श्रोत त कहाँ हो, मेरो ब्यापारको भरमा जीवन निर्वाह गरेका सबै परीवारलाई विहान बेलुका छाक टार्न समेत समस्या भैरहेको छ । ’
भक्तपुर स्थित मानवअंग प्रत्यारोपण केन्द्रले दिएको जानकारी अनुसार अस्पत्तालको खर्च मात्रै हरेक महिना २० देखि ३० हजार सम्म लाग्छ । यदि आफ्नो घरपरीवारको मृगौला प्रत्यारोपण गर्न मिल्ने भएमा नेपालमा मृगौला प्रत्यारोपण हुन सक्ने र त्यसका लागि मात्रै ४ लाख भन्दा बढी लाग्ने अस्पत्तालले जनाएको छ । यदी नेपालमा संभव नहुने भएमा भारतमा प्रत्यारोपण गर्नुपरे करीव १५ लाख आवस्यक पर्ने र त्यसबाहेक प्रत्यारोपण पछि पनि मासिक १५ हजार रुपैयाँ बराबरको औषधि जीवनभरी खानुपर्ने अस्पत्तलाले जनाएको छ । अस्पत्तालको उक्त खर्च बाहेक उपचारका लागि जाने आउने र बस्ने खाने खर्च छुट्टै लाग्छ । अहिले काठमाण्डौमा ऋण खोजेर बसीरहेको उहाँले बताउनुभयो ।
तर अहिले आर्थिक श्रोत नभएपछि उहाँले सहयोगको लागि याचना गर्नुभएको छ । ‘ म बाँच्नु मेरो जागि मात्रै भएन मेरो आम्दानीमा आश्रित परीवारलाई बचाउनको लागि मृगौला प्रत्यारोपण गर्न सहयोग गरीदिनुहुन अनुरोध गर्दछु ।’ – उहाँले सहयोगको अपिल गर्दै भन्नुभयो ।
सहयोग गर्नेहरुका लागि उहाँले सिद्धार्थ डेभलपमेण्ड बैंक, बुटवल शाखाको मेरो खाता नम्बर ००७०००००१७१ (डि) मा रकम उपलब्ध गराईदिनुहुन वा ९८४७१२४०३४ मा सम्पर्क गर्नुहुन उहाँले अनुरोध गनुभयो ।

१८ को ठाउँ मा ९३ जनाको नाम सिफारिस (गुल्मीमा उम्मेदवारी सिफारिस)

Published on: // ,
भरत पाण्डेय,गुल्मी
राजनीति गरेपछि नेता मन्त्री बन्ने रहर सबैको हुन्छ। हो यही रहरले गुल्मीमा अहिले लहर चलेको छ संविधानसभा उम्मेदवारका लागि। जिल्लाका तीन निर्वाचन क्षेत्रमा तीन पार्टीका  प्रत्यक्ष र समानुपातिक गरी १८ जना उम्मेदवार हुनुपर्ने हो तर तीन ठूला दलले गुल्मीमा ९३ व्यक्ति संविधानसभाको उम्मेदवारमा सिफारिस गरेका छन्। केन्द्रीय नेतादेखि स्थानीय कार्यकर्तामा सभासद् बन्ने रहर बढेपछि यस्तो भएको हो।

संविधानसभाको दोस्रो निर्वाचनको सरगर्मी बढिरहेका बेला राजनीतिक दलहरू प्रत्यक्ष तथा समानुपातिकतर्फ उमेदवार चयनको प्रक्रियामा व्यस्त रहेका छन्। यही व्यस्ततासँगै ती दलका नेताकार्यकर्ताहरू पनि आफू वा आफ्नो नजिकको व्यक्तिलाई उम्मेदवार बनाउने काममा दौडधुप गरिरहेका छन्। जिल्लामा रहेको एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले र नेकपा एकीकृत पार्टी क्रियाशील रहेका छन्। नेकपा–माओवादीले अहिलेसम्म चुनाव बहिष्कार गर्ने भनिरहेको छ।

तीमध्ये तीन ठूला पार्टीले संविधानसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिसकेका छन्। ती पार्टीले ९३ जना व्यक्तिलाई संविधानसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेर पठाएका छन्। त्यसमध्ये ५ जना केन्द्रीय स्तरका नेता छन्। बाँकी राज्य, क्षेत्र तथा बाँकी जिल्ला स्तरका नेताकार्यकर्ता छन्।

चुनावका लागि सबैभन्दा बढी उम्मेदवारको सिफारिस गर्ने पार्टी नेपाली कांग्रेस रहेको छ। उसले जिल्लामा आवश्यक पर्ने ६ जना उम्मेदवारका लागि प्रत्यक्ष २४ र समानुपातिक २१ गरी ४५ जनाको नाम सिफारिस गरी पठाएको छ। कांग्रेसका उम्मेदवारको सूचीमा एउटै गाउँका तीन जना छन्।
त्यसपछिको पार्टी रहेको छ एकीकृत नेकपा माओवादी। जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा गरी एनेकपा माओवादीले समानुपातिक र प्रत्यक्ष नछुट्याई २६ जनालाई उम्मेदवारको सिफारिस गरी माथिल्लो निकायमा पठाएको छ।

जिल्लाका तीन ठूलामध्येको अर्को पार्टी नेकपा एमालेले भने २२ जना मात्रै उम्मेदवार सिफारिस गरेर पठाएको छ। यो ठूला तीन दलमध्येको थोरै भए पनि आवश्यक पर्नेभन्दा १६ जनाले बढी हो।
पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गर्ने तहका बैठकहरूमा आफू र आफ्ना मान्छेको प्रस्ताव पेस गर्ने होडबाजी नै चलेको छ। कार्यकर्ताले आफ्ना नजिककालाई उम्मेदवार प्रस्ताव गर्ने लहरले दलहरूलाई उम्मेदवार छनोट गरी सिफारिस गर्न हम्मेहम्मे परेको छ। ‘राजनीति गर्नेहरूको सभासद् बन्ने रहर जागेपछि धेर ैजना सिफारिसमा परे’, एक पार्टीका प्रमुख भन्छन्– ‘अन्तिम नामावली त माथिल्लो निकायले नै छिनोफानो गर्छ।’

तीन दलका केन्द्रीय स्तरका नेतादेखि जिल्लाका प्रमुखहरू आफैं उम्मेदवारका लागि सिफारिसमा परेका छन्। नेकपा एमालेले तीनवटै निर्वाचन क्षेत्रबाट केन्द्रीय स्तरका नेताहरूलाई उम्मेदवार बनाएको छ। एमालेका पोलिटब्युरो सदस्य प्रदीप ज्ञवाली, केन्द्रीय सदस्य रामनाथ ढकाल र केन्द्रीय सदस्य गोकर्ण विष्ण प्रत्यक्षका लागि सिफारिसमा परेका छन्। ढकाल क्षेत्र नं १ बाट, ज्ञवाली २ बाट र विष्ट क्षेत्र नं. ३ बाट सिफारिस भएका छन्।

त्यसपछि २ जना केन्द्रीय सदस्यहरूलाई एकीकृत नेकपा माओवादीले सिफारिस गरेको छ। केन्द्रीय सदस्य वामदेव क्षत्री र दिनेश पन्थी निर्वाचन क्षेत्र नं ३ बाट सिफारिसमा परेको सो पार्टीका जिल्ला प्रमुख सुदर्शन बरालले बताए।

त्यसै गरी नेपाली कांग्रेसले १ जना केन्द्रीय सदस्य चन्द्र भण्डारीलाई क्षेत्र नं २ बाट सिफारिस गरेको छ। भण्डारी गत संविधानसभा निर्वाचनमा एमाले नेता प्रदीप ज्ञवालीसँग झीनो मतअन्तरले पराजित भए पनि फेरि दुई जनाबीच नै प्रतिस्पर्धा हुने देखिएको छ।

तीनवटै पार्टीका जिल्ला प्रमुखहरूलाई पनि सभासद् बन्ने रहर जागेको छ। एकीकृत नेकपा माओवादीका जिल्ला संयोजक सुदर्शन बराल आफूले गत संविधानसभा निर्वाचनमा जितेको क्षेत्र नं १ बाट उम्मेदवारका लागि सिफारिसमा परेका छन्। त्यसै गरी नेकपा एमालेले अध्यक्ष टोमलाल पाण्डेलाई क्षेत्र नं ३ बाट प्रत्यक्षका लागि सिफारिस गरेको छ। त्यो क्षेत्र गत संविधानसभामा एमाले नेता गोकर्ण विष्टलाई पराजित गरी एनेकपा माओवादीका चन्द्रबहादुर थापा सागरले जितेको क्षेत्र हो। यता नेपाली कांग्रेसका जिल्ला सभापति चन्द्र केसी पनि क्षेत्र नं २ बाट प्रत्यक्षका लागि उम्मेदवारको सिफारिसमा परेका छन्।

यसबाहेक नेपाली कांग्रेसले क्षेत्र नं १ बाट जिल्ला सदस्य वेदबहादुर थापामगर, क्षेत्रीय सभापति पारिस्वर ढकाल र गत संविधानसभाको चुनावमा विगतमा पराजित उम्मेदवार सुवर्ण ज्वारचनसहित ७ जना प्रत्यक्ष उम्मेदवारका लागि सिफारिसमा परेका छन्। सो क्षेत्रबाट समानुपातिकमा ५ जना सिफारिस गरेको छ। क्षेत्र नं. २ बाट केन्द्रीय सदस्य भण्डारी, जिल्ला सभापति केसीसहित उपसभापति भुवन श्रेष्ठलगायतका ८ जना उम्मेदवारको सिफारिसमा परेको र समानुपातिमा ९ जनालाई सिफारिस गरिएको कांग्रेसले जनाएको छ। क्षेत्र नं. ३ मा कांग्रेसका पूर्व सांसद रुद्रमणि शर्मा, क्षेत्रीय सभापति दामोदर भुसाल, महाधिवेशन प्रतिनिधि त्रैलोक्यप्रताप सेन, प्रेमनाथ अर्याललगायतका ९ जना नेताकार्यकर्ता र समानुपातिकमा ७ जना सभासद्को सिफारिमा परेका छन्।

एकीकृत नेकपा माओवादी गुल्मीको जिल्ला कमिटी बैठकले क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ पूर्वसभासद एवं जिल्ला संयोजक सुदर्शन बराल, २ बाट क्षेत्रीय संयोजक अशोक थापा मुक्ति र क्षेत्र नम्बर ३ बाट केन्दी्रय सदस्य वामदेव क्षत्रीलाई पहिलो उम्मेदवारका रूपमा सिफारिस गरेको छ। त्यसै गरी प्रत्यक्ष र समानुपातिक जुनसुकैमा पनि हुने भन्दै क्षेत्र नं १ मै राज्य समिति सदस्यहरू युवराज केसी, बाबुराम खरेल, सिर्जना तरामु, क्षेत्र नं २ बाट गणेश विक, मनिराम ज्ञवाली, खुमबहादुर थापा र तीनबाट केन्द्रीय सदस्य दिनेश पन्थी, पूर्वसभासद् चन्द्रबहादुर थापा सागर, बुद्धि जीसी, नीमबहादुर पाण्डेलगायतका २५ जनाको नाम सिफारिस गरेको हो।

नेकपा एमाले गुल्मीले क्षेत्र नं १ बाटा केन्द्रीय सदस्य ढकाललाई मात्रै प्रत्यक्षका लागि सिफारिस गरेको छ भने समानुपातिकमा ५ जना सिफारिस गरेको छ। २ बाट ज्ञवाली, पूर्वसांसद कमलराज श्रेष्ठ र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य नर्मदा भण्डारी प्रत्यक्षमा र समानुपातिकमा ५ जनाको नाम सिफारिस गरेको छ। एवं क्षेत्र नं.३ मा केन्दी्रय सदस्य विष्ट र पार्टी जिल्ला कमिटी अध्यक्ष पाण्डेयसहित  अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष ललिता गौतमको नाम प्रत्यक्षका लागि तथा अन्य ५ जना समानुपातिकका लागि सिफारिस गरेको एमाले अध्यक्ष टोमलाल पाण्डेले बताए।

गुल्मी जिल्लाको धुर्कोटवस्तुमा एकै गाविसबाट तीन जना सगोत्रीय दाजुभाइसहित ४ जना उम्मेदवारमा सिफारिस भएका छन्। नेपाली कांग्रेसबाट रुद्रमणि भण्डारी, प्रेमनारायण भण्डारी र महेन्द्र भण्डारी तथा एमालेका टोमलाल पाण्डे धुर्कोटवस्तु निवासी हुन्। भण्डारी परिवार एउटै कुलका दाजुभाइ हुनुहुन्छ। प्रेमनारायण भण्डारी सदरमुकामस्थित रेसुंगा माविको प्रधानाध्यापक हुन्। उनले अघिल्लो स्थानीय निकायको निर्वाचनमा शिक्षकको जागिर छाडेर गाविस अध्यक्ष भएपछि फेरि स्थायी शिक्षकका रूपमा कार्यरत छन्।

नेपाली कांग्रेसले एक जना पत्रकारलाई पनि समानुपातिकमा उम्मेदवार बनाएको छ। गुल्मीको हर्मिचौर घर भई पाल्पामा पत्रकारिता गरिरहनुभएका जगदीश भट्टराई गुल्मी क्षेत्र नं १ बाट समानुपातिकमा उम्मेदवार बनेका हुन्।

एकीकृत नेकपा माओवादीले केही महिनाअघि एमाले छाडेर आफ््नो पार्टीमा प्रवेश गरेका तीनै जना नेताहरूलाई समानुपातिकको सभासद् बनाएको छ। क्षेत्र नं १ मा राज्य समिति सदस्य बाबुराम खरेल, २ मा गणेश विक र ३ मा केन्द्रीय सल्लाहकार टंक पोखरेललाई सो पार्टीले समानुपातिकको उम्मेदवार बनाएको हो।

तीन ठूला दलबाहेक राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले र नेकपा एकीकृतले भने अझैसम्म उम्मेदवार सिफारिस गरिसकेका छैनन्।

रेडियो कार्यक्रम "हाम्रो बिकास, हाम्रो सरोकार" - छैठौँ अङ्क

Published on: // ,
जनताको जीवनस्तरमा सकारात्मक परीवर्तनको आधार विकास र यसको वर्तमान अवस्थाको वारेमा खोजमूलक सामाग्रीसहति विष्लेषण गर्ने कार्यक्रम "हाम्रो विकास, हाम्रो सरकोकर"को छैठोँ अंकमा तपाइँलाई स्वागत छ ।
जिल्ला विकास समिति गुल्मीको सहयोगमा रेडियो गुल्मीबाट उत्पादन भएको यो कार्यक्रम रेडियो रेसुंगा, रेडियो स्काई र रेडियो गुल्मीबाट हरेक हप्ताको आइतबार एकैसाथ साँझ सवा ६ बजे र रुरु एफ एमबाट सोमबार साँझ सवा ६ बजे प्रसारण हुन्छ भने गुल्मीन्युज डट कमबाट जुनसुकै बेला सुन्न सकिन्छ ।
यो अंकमा:
१) मोटरबाट पानी तानेर गरीएको सिँचाईबाट अर्खलेमा घर घरमा तरकारी .....................
२) व्यावसायीक गाईपालनपछि दुध बेचेर जैसिथोकका किसानको मनग्गे आम्दानी ................
३) गुल्मीमा १० वर्षे कृषि योजनाका लागि केन्द्रिय बजेट आउन शुरु .................................

चुनावका लागि एमाले र कांग्रेस गाउँगाउँमा

Published on: // ,

भरत पाण्डेय
गुल्मी, अन्तरिम चुनावी सरकार गठनसँगै देश चुनावी माहोलमा प्रवेश गरेको भन्दै गुल्मीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता भेटघाटमा गाउँ छिरेका छन्।

त्यसक्रममा कांग्रेस र एमालेले गाउँका कार्यकर्ता भेटघाट र प्रशिक्षण कार्यक्रम सञ्चालनसमेत शुरू गरेका छन्। चुनावका लागि खिलराज रेग्मी नेतृत्वमा सरकार गठन भएपछि चुनाव भएरै छाड्ने विश्वासमा आफूहरू कार्यकर्ता प्रशिक्षणमा लागेको पूर्व सांसद तथा कांग्रेस नेता रुद्रमणि शर्मा भण्डारीले बताए। कांग्रेसले गुल्मी क्षेत्र नं ३ को धुर्कोट रजस्थलबाट कार्यकर्ता प्रशिक्षण शुरू गरको हो। जिल्ला सचिव छन्दबहादुर पहराईलगायतले चुनावका लागि तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए।

चुनावका लागि गाउँ छिरेका कांग्रेस नेतासँग कार्यकर्ताहरूले नेताहरू गाउँमा कम मात्रै आउने भएकाले संगठन बिग्रिएको भन्दै गुनासो पोखे। त्यसै गरी अब तीव्र रूपमा संगठन निर्माण अभियानमा लाग्न नेताहरूलाई सुझाव समेत दिएको कांगे्रस धुर्कोट रजस्थलका गाउँ कार्य समितिका सभापति मुक्तबहादुर कार्कीले बताए।

यस्तै एमाले गुल्मीले जिल्लाको मुसिकोट गाउँबाट कार्यकर्ता भेटघाट शुरू गरेको छ। भेलामा चुनावका तयारीका लागि गाउँ कमिटीलाई थप क्रियाशील बनाउने र युवा संघ नेपालका वडा कमिटीहरू गठन गर्ने निर्णय गरेको मुसिकोट गाउँ कमिटी अध्यक्ष हरिबहादुर कुँवरले बताए।

गाउँमै खुल्यो साबुन उद्योग, मासिक एक लाख आम्दानी

Published on: // ,

धुर्कोट, ९ माघ । उद्योग र कलकारखानाहरू सहरमात्रै केन्द्रित छन्, गाउँमा विकासका सम्भावनाहरू कम छन् भनेर धेरै सहर पस्छन् तर गुल्मी र बाग्लुङको सिमानामा पर्ने दगातुम्डाँडाका किसानले गाउँमै साबुन उद्योग खोलेर उत्साहजनक आम्दानी लिएका छन् ।
गुल्मी जिल्लासँग सिमाना जोडिएको बाग्लुङ सदरमुकामबाट ७० किमी दक्षिण पश्चिम दगातुम्डाँडा गाविसमा जङ्गलभरि खेर गइरहेको चिउरीको सदुपयोग गर्दै किसानले गाउँमै साबुन उद्योग खोलेका हुन् । जङ्गलमा खेर गइरहेको चिउरीबाट स्थानीय कामदारको उपयोग गरी उत्पादन गरिएको साबुन बिक्रीबाट राम्रो प्रतिफल पाएपछि त्यहाँका बासिन्दा अहिले मक्ख छन् ।
तीन वर्षअघि संयुक्त राष्ट्रसङ्घीय विकास परियोजनाअन्तर्गत लघुउद्यम विकास कार्यक्रम नामक गैरसरकारी संस्थाले खर्बाङमा चिउरीको सम्भाव्यता र त्यसको उपयोगबारे अध्ययन गरी गाउँमै साबुन उत्पादन हुने देखेपछि उक्त संस्थाले स्थानीयलाई तालिम दिएर यसतर्फ प्रेरित गरेको हो ।
लघुउद्यम विकास कार्यक्रमको पहलमा स्थानीय जनता, स्थानीय सहकारीहरू, सामुदायिक वनलगायतको २० लाख लगानीमा खर्वाङ साबुन उद्योग सञ्चालन भएको बताउनुहुन्छ उद्योगका अध्यक्ष यमबहादुर भुजेल मगर ।
गाउँका जनताले जङ्गलमा खेर गएको चिउरी जम्मा पारेर उद्योगमा ल्याउँछन् । उद्योगले सामुदायिक वनबाट उपभोक्ताले सङ्कलन गर्ने चिउरी प्रतिकेजी २० रुपैयाँमा किन्ने गरेको छ । तीन केजी चिउरीबाट एक केजी घिउ र एक केजी घिउबाट २० वटा साबुन बन्छन् ।
चिउरी सङ्कलन गर्नेले पनि रोजगारी पाएका छन् भने उद्योगमा काम गर्नेले पनि । सङ्कलन गरिएको चिउरी पेलेर निकालिएको घिउमा स्थानीय कच्चापदार्थ मिश्रण गरी साबुन बनाउने गरेको बताउनुहुन्छ अध्यक्ष भुजेल । साबुन बनेपछि बाँकी रहेको चिउरीको पिनासमेत विभिन्न कामका लागि प्रयोग हुने गरेको छ ।
उक्त साबुनले भर्खरै नेपाल गुणस्तर विभागबाट गुणस्तर प्रमाणको चिह्नसमेत पाएको छ । गुणस्तर चिह्न पाएपछि उक्त साबुनलाई सजिलै बजारमा लैजाने बाटो खुलेको छ । उक्त साबुनमा चिउरीको घिउबाहेक नरिवलको तेल, केस्टर, फम बुस्टर, गिल्सिरिन, स्प्रिट, सेन्ट आदि पदार्थ प्रयोग हुन्छ । यस्तै अदुवा, कागती, तितेपाती, अमला र बकाइनोको रस पनि साबुनमा प्रयोग हुने भुजेलले जानकारी दिनुभयो ।
स्थानीय बजारमा धमाधम बिक्री हुन थालेको यो साबुनलाई पोखरा, बुटवल, चितवन, काठमाडौँलगायत ठूला सहरमा पु¥याउन सरकारी तथा अन्य सरोकारवाला निकायले ध्यान दिने हो भने स्थानीय उत्पादनको सदुपयोग हुने बताइन्छ । रासस

पढाई बाध्यता भयो, अनिवार्य बनाउँ

Published on: //

भरत पाण्डेय
७  माघ , गुल्मी । पढाईलाई अनिवार्य नभई बाध्यताको रुपमा लिने वानी विद्यालय शिक्षादेखि नै रहेकोले अध्ययनबाट सफल हुन असहज भएको गुल्मीका शैक्षिक अगुवाहरुले धारणा राखेका छन् । विद्यालय बाध्यताले जानुपर्ने, परीक्षामा उत्तीर्ण हुनका लागी मात्रै अध्ययन गर्ने र अध्ययन गर्नु नपरेमा आनन्द महसुस गर्ने बानी हटाउन नसकेकोले शैक्षिक क्षेत्रमा सफलता मिलन नसकेको उनीहरको तर्क छ । वहुमुखी शैक्षिक विकास केन्द्र गुल्मीले शिक्षक सेवा आयोग तैयारी गर्ने विद्यार्थीका लागी कसरी सफल हुने भन्ने विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो सुझाव दिएका हुन् ।

जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत हरीलाल अर्यालले पढ्न र विद्यालय जान नपरेमा खुसी हुने वातावरण अहिलेपनि कायम भएकोले यसलाई हटाउनुपर्ने बतउनुभयो । उहाँले ससाना विद्यार्थी अहिलेपनि विद्यालयमा छुट्दी हुँदा वा नेपाल बन्द हुँदा खुसी हुने तर विद्यालय जानुपर्दा बोझ लाग्ने वातावरण भएकोले अध्ययन बोझको विषय बनाईएको बताउनुभयो । शिक्षक कर्मचारी, अविभावक र विद्यार्थी सबै मिलेर पढाईलाई खेल खेलेजस्तै मनोरन्जनको रुपमा लिन सक्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले पढ्दा अल्छी लाग्ने बानी त्याग्नुपर्ने बताउनुभयो । उहाँले मन लागेको बेला अध्ययन गर्ने तर बाध्यतामा पढ्न नहुने बताउनुभयो । सफलताका लागी पढाईलाई  बाध्यताका रुपमा नलिएर अध्ययन गर्दा खुसीहुनसक्ने वातावरण बताउनुपर्ने उनीहरुको सुझाव छ । रेसुङ्गा क्याम्पसका पुर्व क्याम्पस प्रमुख प्राध्यापक दीन पन्थीले बोझ र बाध्यताको रुपमा अध्ययनलाई लिएर सफल हुन नसकिने बताउनुभयो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी गोविन्द्रप्रसाद अर्यालले शैक्षिक तैयारी कोर्ष सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालयमा अनुमति लिनुपर्ने वताउनुभयो ।

गीत गाएर चन्दा माग्दै दृष्टिविहीन

Published on: // ,

भरत पाण्डेय, धुर्कोट (गुल्मी)
अपाङ्गले बोल्दैछु साँचो हो, मायासँगै अवसरको खाँचो हो
दुःखसुखमा साथ दिनुहोस्,साकार पार्न अपाङ्गको सपना, लौ न केही सहयोग गर्नुहोस् ।।
दस जना दृष्टिविहीन– कोही हार्मोनियम बजाउँछन्, कोही बाँसुरी, मादल अनि कोही गीत घन्काउँछन् । उनीहरुको गीत सकिनासाथ पाँचदेखि हजार रुपैयाँसम्म सहयोग गर्ने दाताहरुको लाम लाग्छ । यसरी दिन बित्न थालेको तीन महिना भयो उनीहरुको । दिनमा पाँच÷दस हजार रुपैयाँ उठ्छ, उनीहरु सामान्य कोठामा सुत्छन्, सादा दालभात र तरकारी खान्छन्, त्यसमा पनि सस्तोमा खाना खुवाउन होटल मालिकलाई अनुरोध गर्छन् ।

अपाङ्गताका कारण दुःख पाइरहेका बालबालिका एवम् दृष्टिविहीन महिलाका लागि सहयोग जुटाउन तल्लीन दृष्टिविहीनहरुको एक समूहको दैनिकी हो यो । कास्कीको नयाँगाउँ–१५ पोखरामा रहेको असहाय तथा दृष्टिविहीन संरक्षण केन्द्रका सदस्यहरु यसरी नै गीत गाउँदै चन्दा सङ्कलन गर्दै गाउँ घुमिरहेका हुन्छन् ।
‘हामीले पोखरा, नयाँगाउँमा १२ वर्ष मुनिका १० जना अपाङ्ग बालबालिकालाई पालनपोषण र शिक्षादीक्षा दिइरहेका छाँै, पाँचजना दृष्टिविहीन महिलालाई सीप सिकाइरहेका छाँै, आफू अपाङ्ग भए पनि हामीजस्तै अरूका लागि केही गर्ने योजना छ, सहयोग गर्नुस् भन्दै गाउँदै हिँडेका छाँैँ’–सो केन्द्रका अध्यक्ष वकिल मियाँ अन्सारीले भन्नुभयो ।
सहयोग गर्नुस, दिदीबहिनी–दाजुभाइ,
प्रकृतिले ठगेका हामीलाई,
मनको आँखा खोली हेरौँला,
यो जुनीलाई अपाङ्ग पालेर, अर्कोजुनी संसार हेराँैला ।।
यसरी गीत गाएर सहयोग माग्दै गुल्मी आइपुगेका अल्पदृष्टि अपाङ्ग विराटनगरका भीमबहादुर बरालको घरमा खान–लाउनका लागि कुनै दुःख छैन, सम्पत्ति छ, छोरा भारतको कोलकातामा चार्टर्ड एकाउण्टेन्ट पढ्दैछ, छोरी स्टाफ नर्स पढ्दैछिन् । ‘तर आफू भने अपाङ्ग भएर पनि अरुका लागि केही गर्न सकिन्छ कि भन्ने उद्देश्यले घर छाडेर सहयोग माग्दै हिँडेको छु’–सो केन्द्रका कार्यक्रम संयोजकसमेत रहनुभएका बरालले भन्नुभयो ।
सो समूहको काम गीत गाउँदै हिँड्ने र रकम जम्मा गर्ने मात्र होइन, उनीहरुले आफूहरु पुगेको ठाउँमा छदेखि १२ वर्ष उमेरका कोही दृष्टिविहीन भेटेमा सँगै केन्द्रमा लिएर जान्छन् । अपाङ्गलाई सीप र क्षमता विकासको अवसर दिई आत्मनिर्भर बनाउन सरकारले पर्याप्त ध्यान नदिएकाले जनताबाटै सहयोग जुटाएर केही गर्ने योजनाका साथ आपूmहरु हिँडेको कार्यक्रम संयोजक बराल बताउनुहुन्छ ।
संस्था समाजकल्याण परिषद्मा दर्ता भएको तीन महिनामात्र भयो, तर पनि यो छोटो अवधिमा धेरै काम गरेको दाबी गर्नुहुन्छ उहाँ । अपाङ्ग एवम् दृष्टिविहीन बालबालिकालाई एसएलसीसम्म पढाउने र महिलालाई सीप सिकाएर आयआर्जन गर्नसक्ने बनाएपछि उनीहरुलाई आफन्तको जिम्मा लगाउने योजना संस्थाको रहेको बताइएको छ ।
तीन महिनाको अवधिमा १० बालबालिकालाई पढाइएको, पाँच महिलालाई सीप सिकाइएको, साढे चार लाख रुपैयाँबराबरको वाद्यवादन सामग्री किनेको बताउँदै उहाँले भन्नुभयो– बस्नका लागि मासिक रु.६० हजार, गाडी भाडाका लागि रु ५० हजार र रु १५ हजारको पेट्रोल, कलाकार र सदस्यका लागि खाना खर्च आदि गरेर पनि अहिलेसम्म डेढ लाख रुपैयाँ बैंकमा जम्मा गरेका छाँै ।
बालबालिका एवम् महिलाको अध्ययन, पालनपोषण र सीप सिकाउनका लागि पोखरामा घरभाडामा लिएर होस्टेल सञ्चालन गरिएको र तीनजना अपाङ्गलाई जागिरसमेत दिइएको छ । गीत गाउँदै सहयोग जुटाउँदै कास्की, स्याङ्जा, पर्वत र पाल्पा हुँदै गुल्मी आइपुगेका उनीहरुले आपूmहरु सकेसम्म कम खर्च गरेर हिँड्ने गरेको बताएका छन् । सबै आँखा नदेख्ने भएकाले कहाँ जाने, के गर्ने भन्ने समस्या हुने भएकाले गाडी भाडामा लिएका छौं, त्यो बाहेकको खर्च जतिसक्दो कम गर्ने प्रयास गरेका छाँै–बरालले भन्नुभयो ।
आपूmहरुलाई अहिलेसम्म सरकारी निकाय एवम् कुनै गैरसरकारी संस्थाबाट सहयोग प्राप्त नभएको र गैरसरकारी संस्थाहरुसँग सहयोगका लागि कुरा गरे पनि पहिल्यै ५० प्रतिशत कमिसन माग्छन्–कार्यक्रम संयोजक बरालले गुनासो गर्नुभयो ।
सरकारी निकायबाट अन्य सहयोगको सट्टा स्याङ्जामा खाली रहेको सरकारी भवन उपलब्ध भएमा अपाङ्ग विद्यालय सञ्चालन गर्ने सोच रहेकाले यसका लागि सहयोग गरिदिन उनीहरुले सम्बन्धित निकायसित माग गरेका छन् ।

सहयोग सङ्कलनका लागि मेचीदेखि महाकालीसम्म पुग्ने योजना बनाएका उनीहरुले आफूहरुले सङ्कलन गरेको सहयोग रकमबाट दाताहरुको नामावलीसहितको एक पुस्तिका प्रकाशन गरी एकप्रति सरकारलाई समेत बुझाउने लक्ष्य रहेको संस्थाका अध्यक्ष अन्सारीले बताउनुभयो ।

चिसो हटाउन बालिएको आगो निभाउन बिर्सिदा आगलागी, ३ परिवार बिस्थापित, ६ लाख बढीको क्षती


धुर्कोट, गुल्मी
पुस २७ । चिसो हटाउन बालिएको आगो निभाउन बिर्संदा जिल्लाका विभिन्न ठाउँमा भएको आगोलागीबाट तीन परिवार विस्थापित भएका छन् । दाँैघा र नेटा गाविसमा आगलागीका कारण रु छ लाखभन्दा बढीको क्षति भएको छ । दाँैघा-७ का तुलसीबहादुर घर्तीको घरगोठ आगलागीले नष्ट भएपछि उनको परिवार छिमेकीको शरणमा परेको छ ।

आगलागीबाट एक भैँसी, तीन बाख्रा, १२ वटा कुखुरा मरेका छन् भने घरभित्र रहेका लत्ताकपडा र खाद्यान्न सबै जलेर नष्ट भएको पीडित घर्तीले बताउ । आगलागीबाट रु एक लाख ६८ हजार बराबरको धनमाल क्षति भएको अस्थायी प्रहरीचौकी खज्र्याङ्गले जनाएको छ ।

यस्तै जिल्लाकै पश्चिमी गाविस नेटामा आगलागी हुँदा दुई घरपरिवार विस्थापित भएका छन् । नेटा-१ का भीमबहादुर नेपाली र भूपीबहादुर नेपालीको घरवास आगोले जलेर नष्ट भएपछि उनका परिवार छिमेकीको शरणमा बस्न बाध्य भएका छन् ।

भूपीबहादुरको गोठबाट सुरु भएको आगलागीले उनको घरसँगै जोडिएको भीमबहादुरको घरमा क्षति पुगेको हो । आगलागीबाछ एक भैँसी तथा बाख्रा मर्नुका साथै दुवै घरमा रहेको पैसा, अन्नपात, गरगहना, लत्ताकपडा तथा महत्वपूर्ण कागजात जलेर नष्ट हुँदा करिब रु पाँच लाख बराबरको क्षति भएको अनुमान गरिएको स्थानीय प्रकाश घिमिरेले बताए ।
भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग