Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भान्जाद्वारा मामाको हत्या

Published on 7:09:00 PM //


तानसेन, चैत्र ११ - पाल्पामा भान्जाले आफ्नै मामाको हत्या गरेका छन् । यम्घा गाविस–४, निबुवाछापमा भान्जाले ५६ वर्षीय मामा ताराप्रसाद न्यौपानेको हत्या गरेका हुन् ।

खानीगाउँ गाविस–६, दौलातुङ निवासी २० वर्षीय भान्जा खगु बस्यालले मामाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा खगुले घरेलु हतियार प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बस्याललाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

मदिरा सेवनपछि मामा भान्जाबीच हिजो बिहान सामान्य भनाभन भएको र कुटपिटका क्रममा खगुले घरेलु हतियार प्रहार गर्दा मामा ताराप्रसाद गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्यबहादुर चन्दका अनुसार भान्जाको कुटाइबाट मामाको हिजो नै मृत्यु भएको हो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेके उनले बताए ।

बस्यालको कुटाइबाट न्यौपानेको मृत्यु भएको गाउँलले राति ११ बजे प्रहरीमा खबर गरेपछि बस्याललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मामा ताराप्रसाद घरमा एक्लै बस्दै आएका थिए । गत वर्षको एसएलसीमा फेल भएपछि खगुले यसपालि पनि मामा घर बसेर परीक्षा दिएका थिए । -रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग