Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाख्रामा लाग्ने उपियाँ रोग निको पार्न जुटे पेगाँबासी

Published on 7:14:00 PM //


प्रेम सुनार
चैत्र ११, गुल्मी । बाख्रा पालन समुह बडागाउँ ५, पेगाँ, गुल्मीका कृषकहरु बाख्राहरुमा उपियाँ रोग लागेपछि सामुहिक रुपमा उक्त रोग गाउँमै निको पार्न जुटेका छन् । त्यस गाउँमा डिईपी नामक औषधी जन्य पानी ट्याङ्गकी निर्माण गरी बाख्रामा लागेको उपियाँ जन्य रोग निको पार्ने कार्य भएको समुहका सह सचिव सुवेदार शंकर रायमाझीले जानकारी दिए । वडा नागरिक मञ्चका संयोजक समेत रहेका रायमाझीले पेगाको ठाँटीकाचौरमा त्यस्तो ट्याँङ्गकी निर्माण गरी त्यस गाउँका १ सय २७ वटा बाख्राहरुमा लागेको त्यो रोग निको पारिएको बताए । ब्यबसायिक बाख्रा पालनका लागि श्यामबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय बाख्रा पालन समुह बडागाउँ ५ पेगां गठन समेत गरिएको छ । समितिको उपाध्यक्षमा तुल्सी रायमाझी, सह सचिव सुबेदार शंकर रायमाझी, कोषाध्यक्ष सुबेदार ओमबहादुर रायमाझी लगायत रहेका छन् । त्यस पेँगागाउँमा यतिबेला अवकास प्राप्त सैनिकहरुले पशु पालन, माछा पालन , मौरी पालन र आधुनिक कृषि उत्पादनमा जोड दिनुका साथै त्यहाँको शैक्षिक र अन्य विकास निर्माणमा अगुवाई गर्दै आएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग