Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आधुनिकताले पुराना पेशा लोप हुँदै, जीवन धान्न गाह्रो

Published on 7:21:00 AM //


विष्णु पौडेल
गुल्मी, चैत १० । आधुनिकतासँगै पुराना मौलिक पेसा संकटमा पर्न थालेका छन् जसका कारण पुर्खाको नासोका रूपमा रहेको पेसा नचाहँदा नचाहँदै पनि छोड्नुपर्ने बाध्यता बनेको छ । आधुनिकतासँगै भित्रिएका नयाँ प्रविधिले गर्दा मौलिक पेसाहरू लोप हुने क्रममा रहेका छन् । केही वर्ष पहिलेसम्म गाउँगाउँ सूचना प्रवाहको एक माध्यम बनेको ‘गाइने’ पेसा अहिले लोप हुन थालेको छ । तत्कालीन समयमा सारंगी बजाएर गाइनेहरूले दूरदराजका गाउँमा सूचना पु¥याउँथे भने यसैबाट आफ्नो गुजारा पनि चलाउँथे ।

तर, आधुनिकताले भित्र्याएको सूचना प्रविधिका माध्यमले यो पेसा लोप भएको बताउँछन्, गुल्मी बडागाउँका ६८ वर्षीय धनबहादुर गन्धर्व । ‘पहिला–पहिला राजाका कुरा, पल्टनमा गएका छोराको खबर, भगवान चरित्र सुनाइन्थ्यो,’ उनी सम्झन्छन्, ‘अहिले रेडियो, टिभी, फोन हातहातै भए, हामीले भन्दा तिनीहरूले छिटो खबर पु¥याउँछन् ।’ उनी केही समय अघिसम्म सारंगी नै बजाएर ११ जनाको परिवार पाल्थे ।

यस्तै ‘कटुवाल’ पेसा अँगाल्दै आएका बडागाउँकै चेरे विक पनि सो पेसा संकटमा परेको गुनासो गर्छन् । रेडियो, टेलिभिजन, फोनको बढ्दो प्रयोगले पाँच–सात वर्षपहिले ग्रामीण क्षेत्रमा सूचना पु¥याउने राम्रो माध्यम बनेको कटवाल पेसा अहिले संकटमा परेको छ । आपूmले भन्ने सूचना रेडियोले नै प्रसारण गर्न थालेपछि रोजीरोटी नै खोसिएको बताउँछन्, ६९ वर्षीया विक । ‘पहिले त दिनदिनै बैठक हुन्थे, झारा हुन्थे तिनको जानकारी मैले नै पूरै गाविसभरि खबर पु¥याउथें,’ विकले भने ‘हामीलाई त बोलाउनै छाडे ।’

बुढेसकालमा अरू काम पनि गर्न नसक्ने हुँदा जीवन धान्ने चिन्ताले सताएको उनले बताए । सारंगी र कटुवाल मात्रै होइन, भाँडाकुँडा बनाउने आरन, माटाका भाँडा बनाउने कुमाल, काठका ठेका बनाउने चुँदारा, काठमा पूmलबुट्टा भर्ने, कपडा सिलाउने परियारलगायतका मौलिक पेसाहरू पनि लोप हुने अवस्थामा पुगेका छन् । बजारमा सर्वत्र प्लास्टिकका भाँडाहरू पाइन थालेपछि तामा, पित्तल, सिल्टीबाट विविध भाँडाकँुडा बनाउँदै आएका आरनेहरूको पेसा पनि संकटमा परेको छ । हँसिया, कोदालो, बन्चरो, खुकुरीलगायतका औजारहरू पनि बनाउँदै आएका आरनेहरू अहिले ती औजार बिक्न छोडेपछि चिन्तामा छन् । सहर–बजारमा पाइने ती औजारहरूले उनीहरूको पेसालाई विस्थापित गरेका छन् ।

बालीघरे पेसाको रूपमा रहेका आरन तथा कपडा सिलाउने पेसाकै भरमा जीवन गुजारा गर्दै आएका उनीहरू अहिले बाँच्नका लागि गाह्रो भएको गुनासो गर्छन् । आरन पेसाबाटै पाँच वर्ष पहिलेसम्म १४ जनाको परिवार निर्धक्क पालेका हस्तीचौर–८ का सन्तबहादुर विक अहिले परिवार पाल्न कठिन भएको गुनासो गर्छन् । ‘पहिला हामीले बनाएका भाँडा पनि बजारमा बिक्री हुन्थे, उहीँबाट किन्न आउँथें,’ उनले भने, ‘तर अहिले बजारमा छ्यापछ्याप्तै मेसिनले बनाएका भाँडा पाइन्छन्, हामीले बनाएका किन्नै छाडे ।’

वर्षभरि एकजना विष्ट ९ग्राहक० को भाँडा बनाएबापत उनीहरूले प्रत्येक बालीको पाक्ने समयमा एकमुरी भन्दा धेरै पाउने गर्छन् । मकै, कोदो, धान, गहुँलगायत खाद्यान्न उनीहरूले एक वर्षमा एकमुरीसम्म पाउँछन् । विभिन्न चाडपर्वमा उनीहरूलाई मीठोचोखो छुट्ट्याएर दिइने गरिन्छ । यी पेसाहरू मात्रै नभएर पुराना परम्पराहरू पनि लोप हुँदै गएका छन् । पानी घट्ट, ढिकी, जाँतो, तोरी पेल्ने कोललगायतका पुराना सामग्रीहरू पनि हराउँदै जान थालेका छन् । नयाँ–नयाँ प्रविधिका कारण यिनीहरू यस्तो अवस्थामा पुगेका हुन् । अहिले मेसिनले कुट्ने÷पिस्ने भएपछि ढिँकी–जाँतोको प्रयोग हुन छोडेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग