Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिहीवारको परीक्षामा २ विद्यार्थी निष्काशित

Published on 11:18:00 PM //


पि.एम.मगर
गुल्मी, चैत्र ८ । एसएलसी परीक्षाको छैठौँ दिन आज ऐच्छिक विषय प्रथम अन्तर्गत अर्थशास्त्र र गणित विषयको परीक्षामा गुल्मी जिल्लावाट २ जना परीक्षार्थी निष्काशित भएका छन ।
परीक्षाको मर्यादा विपरीत कार्य गरेको पाएपछि जनता उच्च माध्यमिक विद्यालयको केन्द्रवाट १ जना र सुर्योदय उच्च माध्यमिक विद्यालय जुभुङ्ग केन्द्रवाट १ जना गरी दुई परीक्षार्थी निष्काशित गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जारी एसएलसी परीक्षामा गुल्मी जिल्लामा अहिलेसम्म ५ जना परीक्षार्थी निष्काशित भएका छन् । यस अघि अनिवार्य विज्ञान विषयको परीक्षामा श्रृंगा जनता उच्च मावि केन्द्रबाट १ जना र जिवनोद्धार उच्च माध्यमिक विद्यालय, पुर्तिघाट केन्द्रबाट १ जना गरी २ जना परीक्षार्थी निष्कासीत भएका थिए। गुल्मी जिल्लामा यस वर्ष ६ हजार ८ सय ८५ जना परीक्षार्थीहरु एसएलसी परिक्षामा सहभागी छन।
यता ज्ञानोदय उच्च माध्यमिक विद्यालय तुराङ्ग केन्द्रमा एक जना किरियापुत्रीले पनि परीक्षा दिईरहेका छन् । सोही विद्यालयमा अध्ययन गर्ने खिमानन्द भण्डारीले परीक्षा निरन्तर दिँदै आउनुभएको केन्द्रले जनाएको छ । त्यस्तै तीन दिन अघि सुत्केरी हुनुभएकी अर्जेकी वसन्ता अर्यालले पनि परीक्षा दिईरहनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग