Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

असिनापानीले फलफुल र तरकारी कृषकहरु प्रभावित

Published on 11:22:00 PM //


पि.एम.मगर
गुल्मी, चैत्र ९ – आज दिउँसो परेको असिना पानीले गुल्मीको पश्चिम क्षेत्रका विभिन्न स्थानमा प्रभाव पारेको छ । करिव आधा घण्टासम्म परेको असिना पानीले गुल्मीको मरभुङ्ग, सिमलटारी लगायतका क्षेत्रमा क्षति पु¥याएको छ ।
असिना पानीले खेतमा उम्रिन लागेका मकैको विरुवालाई क्षति पु¥याउनुका साथै भर्खर भर्खर फुल खेल्न थालेका अमिलो जातका फलफुलहरु सुन्तला, अमिलो, कागती, आँप लगायतका फलफुलमा समेत क्षति पु¥याएको कृषकहरुले वताएका छन् । त्यस्तै खेतमा लगाएको आलु, टमाटर, हरियो खुर्सानी, तरकारीमा पनि असिनाले क्षति पु¥याएपछि कृषकहरु चिन्तित वनेका छन् । मकै छर्न वाँकी रहेका खाली वारीहरुमा पानी परेपछि ती किसानहरु भने हर्षित वनेका छन् । वारी सुकिसकेको अवस्थामा पानी परेपछि मकै तथा तरकारी लगाउन उपयुक्त हुने भन्दै उनीहरु हर्षित वनेका हुन । यस्तै पाल्पाको कालीगण्डकी बेशी वरिपरीका क्षेत्रमा असिना पानीको प्रभाब परेको छ । दिउँसो १ बजेतिर आधी घण्टासम्म परेको असिना पानीले पाल्पा र नवलपरासी क्षेत्रका बिभिन्न गाबिसका किसानले लगाएको बाली नष्ट गरेको छ । पुर्वी पाल्पाको सहलकोट, बाकामलाङ्ग, झिरुवाँस र नवलपरासीको उत्तरी पहाडी क्षेत्रका गाबिसमा परेको असिनाले भर्खर उम्रिएको मकै सहित मौसमी तथा बेमौसमी तरकारी खेती नष्ट गरेको स्थानिय कृषकहरुले बताएका छन् । त्यस क्षेत्रमा ६ इन्चसम्म असिना परेको सुर्य किरण प्राथमिक बिद्यालय सहलकोट जुरेका शिक्षक ज्ञान बहादुर बि.क.ले बताउनुभयो । दिनमा गोठाला गएका गाई गोरु र गोठालेलाई एक्कासी परेको असिना पानीले तितर बितर पारेको छ।
उता सिन्धुपाल्चोकको छेलाङ्ग गाविसमा परेको चट्याङ्ग लागेर २ जनाको ज्यान गएको छ । अन्य ५ जना घाईते भएका छन् । आज दिउँसो परेको चट्याङ्ग लागेर छेलाङ्ग गाविस २ खस्रेका स्थानीय ३५ वर्षीया फुलकुमारी थापा र ७ वर्षिया रविना थापाको ज्यान गएको प्रहरीले जनाएको छ । घाईतेहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भईरहेको छ । त्यस्तै चट्याङ्ग लागेर काँस्कीको लाहाचोक गाविस ९ का ६५ वर्षीय धनवहादुर तामाङ्गको आज मृत्यु भएको छ । गोठमा वसिरहेका वेला आज विहान ११ वजेको समयमा परेको चट्याङ्गले तामाङ्गको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनीसँगै रहेको एक वाख्रा पनि मरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग