Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक युवा दुई हप्तादेखि वेपत्ता

Published on 12:09:00 PM //


पि.एम.मगर
गुल्मी, चैत्र ५ ।  गुल्मीको सिर्सेनी एक युवा विगत दुई हप्तादेखि वेपत्ता भएका छन् । सिर्सेनी गाविस वार्ड नं. ७ भुजुङ्गे निवासी मैतवहादुर विश्वकर्माका २२ वर्षीय छोरा वसन्तवहादुर गत फागुन १९ गतेदेखि हराएका छन् । सिमलटारी वजारवाट घर जान्छु भनी हिँडेका वसन्त अहिलेसम्म घरमा नफर्किएको र आफन्त तथा छरछिमेकमा खोज्दा समेत नभेटिएपछि उनको खोजी गरिदिन परिवारजनले आग्रह गरेका छन् । साथै उनीहरुले वसन्तको खोजीका लागि प्रहरीमा पनि निवेदन समेत दिएका छन । परिवारजन तथा आफन्तजनले जताततै खोज्दा पनि उनी नभेटिएपछि निक्कै चिन्तित वनेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग