Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँमा चितुवाको विगविगी

Published on 12:10:00 PM //


पि.एम.मगर
गुल्मी, चैत्र ५ ।  गुल्मीको दर्लामचौरमा चितुवाको विगविगी वढेपछि स्थानीयवासी त्रसित वनेका छन् । दर्लामचौर गाविस वार्ड नं. ६ कुस्पोखरी लगायतका विभिन्न क्षेत्रमा विगत केही समय अघिदेखि चितुवा दैनिक जसो गाउँमा प्रवेश गर्ने र पशु चौपायाँमाथि आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित वनेका हुन् । चितुवाले स्थानीय चिरञ्जीवि खत्रीको गोठमा वाँधिएका गाईहरु माथि लगातार तीन दिनसम्म आक्रमण गरी मारेको र रातभरी गाउँमा प्रवेश गरी कराउने र अन्य व्याक्तिका पशु चौँपायाँमाथि पनि आक्रमण गर्न थालेपछि उनीहरु त्रसित वनेका हुन् । अहिले गाउँमा प्रवेश गर्ने उक्त चितुवा धपाउन स्थानीयले समुहमा रात्री गस्ती समेत गर्न थालेका छन् । गाउँलेले स्थानीय सुदीप नेपालीको अध्यक्षतामा युवाहरुको एक समुह वनाई गस्ती शुरु गरिएको श्रीप्रसाद घिमिरेले वताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग