Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सहमतिपछि विद्युत कार्यालयको ताला खुल्यो

Published on 8:06:00 PM //

ि.एम.मगर
गुल्मी, फागुन २३ । नियमित विद्युत आपुर्ति तथा समितिको साधारण सभा गर्नुपर्ने लगायतका माग राख्दै उपभोक्ताहरुले सामुदायिक विद्युतीकरण उपभोक्ता समिति बलिथुम गुल्मीको कार्यालयमा लगाएको तालावन्दी सहमतिपछि खुलेको छ ।

सामुदायिक विद्युतीकरण समितिले यही वैशाख महिनाको दोस्रो सातामा साधारण सभा गर्ने, रोटेशन प्रकृयामा विद्युत लाईन सञ्चालन गर्ने, विग्रिएका विद्युत सामाग्रीहरुलाई तत्काल मर्मत गर्ने लगायतका विषयमा समिति र उपभोक्ताहरु विच सहमति भएपछि वुधवार दिउँसो १ वजेदेखि तालावन्दी खुलेको हो । बलिथुम गाविस वार्ड नं. ६ र ७ का उपभोक्ताहरुले विद्युत आपुर्ति नियमित हुनुपर्ने, समितिको साधारण सभा तत्काल गर्नुपर्ने, मासिक आय व्यय सार्वजनिकको व्यवस्था हुनुपर्ने, विद्युतका प्राविधिक समस्या तत्काल समाधान हुनुपर्ने लगायतका माग राख्दै हिजो विहान कार्यालयमा तालावन्दी गरेका थिए । एकातिर वत्ती वलिरहँदा आफुहरु अध्याँरोमा वस्न वाध्य भएको साथै विग्रिएका विद्युतका मिटर वक्सहरु मर्मतका लागि संस्थाले कुनै चासो नदिएको बताउँदै आफुहरु वाध्य भएर तालावन्दी गरेको उनीहरुले वताएका थिए । मिटर वक्स विग्रदा संस्थालाई नै घाटा हुने भन्दै यसतर्फ ध्यान दिन समेत उनीहरुले समितिलाई आग्रह गरेका छन् । केही समय अघि पनि रेडियो रेसुङ्गा साथी समुह, बलिथुम गुल्मीले पनि यिनै विषयलाई लिएर समितिका पदाधिकारी र उपभोक्ताहरुको सहभागितामा अन्तरकृया कार्यक्रम गरेको थियो ।

गुल्मी विरवासमा रहेको सव स्टेशनवाटै विद्युत आपुर्तिमा नियमित नभएपछि गुल्मी बलिथुम गाविसका मात्र नभई पराल्मी, वडागाउँ, हस्तिचौर लगायतका क्षेत्रका उपभोक्ताहरु प्रत्यक्ष समस्यामा परेका छन् । यसैविच विद्युत नियमितताको माग राख्दै सदरमुकाम तमघास तथा आसपासका उपभोक्ताहरुले सदरमुकाममा आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीविच झडप समेत भएको थियो भने प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा तोडफोड गरेका थिए । आन्दोलनमा केही प्रहरी तथा स्थानीय घाईते भएका थिए । नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालयवाट आएको एक टोलीसँग गुल्मी जिल्लालाई लोडसेडिङ्गमुक्त जिल्ला घोषणा गरिसकिएको र त्यसको पुर्ण कार्यान्वयन गर्ने सहमति भएपछि आन्दोलन रोकिएको थियो । यस्तै केही दिन अघि विरवास गाविसका उपभोक्तहरुले पनि विरवासको सव स्टेशनमा तालावन्दी गरेका थिए । विरवासमा विद्युत नियमित गर्ने विद्युत प्राधिकरण र आन्दोलित उपभोक्तहरुविच सहमतिपछि तालाबन्दी खुलेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग