Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बन्द अवज्ञा गरेको भन्दै गुल्मीबाट ३ सवारी-साधन नियन्त्रणमा

Published on 8:02:00 PM //

जनार्दन घिमिरे
गुल्मी, २३ फागुन । नेकपा–माओवादी नेतृत्वको नेपाल संघिय जनगणतान्त्रिक मोर्चाले गरेको बन्दका कारण आज गुल्मी जिल्लाको जनजीवन दिनभर प्रभावित वन्यो । वन्दका कारण जिल्लाका सम्पूर्ण शैक्षिक संघ संस्थाहरु, यातायात, वजार, उद्योग तथा कलकारखानाहरु पूर्ण रुपमा ठप्प रहे । वन्दको अवज्ञा गरको भन्दै वन्दकर्ताहरुले वुधवार विहान गुल्मीको बलेटक्सारवाट दुई वटा ट्रक र एउटा मोटरसाईकललाई आफ्नो नियन्त्ररणमा लिएका थिए । वन्दकर्ताहरुले जिल्लाका शिक्षा, सिंचाई, घरेलु, विद्युत, दुरसंचार लगायतका सरकारी कार्यालयहरु समेत वन्द गराउँदै हिँडे पनि सुरक्षाकर्मिहरुले तत्कालै खुलाएका थिए । वन्दका कारण आज सरकारी कार्यालयमा आउने सेवा ग्राहीहरुको उपस्थित अत्यन्तै न्यून थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग