Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

होली खेल्ने क्रममा बालक माथि तेजाब खनाईयो

Published on 9:29:00 PM //


पि.एम.मगर
गुल्मी, चैत्र १४ गते । हिजो दिउँसो होली खेल्ने क्रममा आफ्नै साथीले शरिरमा तेजाब खनाईदिएपछि गम्भिर घाईते भएका बुर्तिबाङका ७ बर्षिया बालक सुन्दर परियारलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा रिफर गरिएको छ ।
शरिरमा तेजाब खनाईदिने बुर्तिबाङकै १४ बर्षिय सन्त विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सन्तले आफुले पेट्रोल कुकुरलाई छर्कने क्रममा परियारको शरिरमा परेको बताएका छन् । तर घाईते बालकको घाउ हेर्दा पेट्रोल नभई तेजाव नै छर्केको हुनसक्ने आफन्तले जनाएका छन् । सन्तलाई पेट्रोल दिएको आरोपमा ग्यारेजमा काम गर्ने १९ बर्षिया मनोज विकलाई पनि नियन्त्रणमा लिईएको र उनीहरुमाथि अनुसन्धान चलिरहेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग