Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पानी खाने बहानामा छिरेका लुटेराले किशोरी बलात्कार गरे

Published on 9:44:00 PM //


काभ्रे, चैत्र १४ - एसएलसी दिएर बसेकी एक किशोरी सामूहिक बलात्कारको शिकार भएको छन् ।

पानी खाने बाहानामा मंगलवार राति घर भित्र छिरेका हतियारधारी अज्ञात समूहले मेथिनकोट-८ काफ्लेथोककी १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेका हुन् । ती समूहले उनीमाथि बलात्कार गरेपछि उनको घरमा लुटपाट समेत गरेका थिए । 'लुटपाट गरी किशोरीमाथि सामूहिक बलात्कार गर्नेको खोजी गरिरहेका छौ,' ईलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख सुवास खड्काले भने 'बालिका माथि ४ जनाले पालैपालो बलात्कार गरेका रहेछन ।'

अनुहार लुकाउँदै पानी माग्ने बहानामा बालिकाको घर भित्र ८/१० जनाको अज्ञात समूह छिरेको थियो । त्यो समूहले बालिकाको बाबुको घाटीमा खुकुरी राखेर घरमा भएको नगद, सुन लगायतका सामान लुटपाट गरी बालिकामाथि बलात्कार गरेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग