Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगोले घर जल्दा १ लाख वरावरको क्षति, स्याङ्गजामा पनि घर गोठ जल्यो

Published on 9:57:00 PM //


पि.एम.मगर
गुल्मी, चैत्र १३ – गुल्मीको सिर्सेनीमा एक व्याक्तिको घरमा आगलागी हुँदा १ लाख भन्दा वढीको क्षति भएको छ । सिर्सेनी गाविस वार्ड नं. ५ वाँझाविसाउना निवासी वुद्धिवहादुर परियारको घरमा आगलागी हुँदा सो मुल्य वरावरको क्षति भएको हो । आज दिउँसो लागेको आगलागीवाट घर पुर्ण रुपमा क्षतिग्रस्त वन्नुका साथै घर भित्र रहेको अन्न, लत्ताकपडा, कागज पत्र लगायतका सम्पुर्ण सामाग्री जलेर नष्ट भएको स्थानीय गोकर्ण परियारले जानकारी दिनुभएको छ । आगलागीको कारण भने खुल्न नसकेको उहाँले वताउनुभयो । अग्नी पडित परियारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले सहयोगका लागि उनीहरुले अपिल समेत गरेका छन् । पीडित परियार अहिले छिमेकीको आश्रयमा वसेका छन् ।
त्यस्तै स्याङ्गजाको चण्डीभञ्ज्याङ्ग गाविसमा एक व्याक्तिको घर गोठ जल्दा ६ लाख वरावरक क्षति भएको छ । चण्डीभञ्ज्याङ्ग गाविस वार्ड नं. ७ निवासी कुन्तीदेवी सुवेदीको घरगोठमा आगलागी हुँदा सो क्षति भएको हो । आगलागीवाट मानवीय क्षति नभएपनि घर गोठ जलेर पुर्णरुपमा नष्ट भएका छन् । स्थानीयवासी र विर्घा प्रहरी चौकीको सक्रियतामा आगो नियन्त्रणमा लिईएको स्थानीयले वताएका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग