Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडी घाटमा किरियापुत्री भवन बन्ने

Published on 11:25:00 AM //


रुरु नेटवर्क
रिडी, चैत्र ४ । रिडीको लामो चौपारीमा १५ लाख रुपैयाको लागतमा किरीयापुत्री भवन बन्ने भएको छ । नेपाल सरकार सँस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा निर्माण गर्न लागिएको भवन सँस्कृत तथा साधारण माबीको लामो चौपारीमा रहेको खाली जमिनमा निर्माण गरिन लागेको हो । उक्त भवनको निर्माण सम्पन पश्चात बिद्यालयको रेखादेखमा रहने तथा त्यसबाट प्राप्त हुने सम्पूर्ण आम्दानी पनि विद्यालयले लिने गरी हस्तान्तरण गरिने भएको छ । त्यसैगरी भवन निर्माणका लागि गुरु प्रसाद ज्ञवलीको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता समिती पनि गठन गरीएको छ । समितीको उपाध्यक्षमा जीवन कुमार कसजू रहनु भएको छ भने सचिबमा तारा चन्द्र भट्टराई रहनु भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग