Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बैंकहरु सानो पुँजीले नाङ्लो पसले जस्तो भए ः गर्भनर

Published on 6:56:00 PM //


जनार्दन घिमिरे

गुल्मी, ४ चैत । नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर युवाराज खतिवडाले अरु को आम्दानी खाने र खोस्ने प्रणालीको अन्त्यका लागि नेपाल राष्ट्र वैंकले घर जग्गा व्यवसायमा शुरुको अवस्थामा अली कठोर निती अवलम्वन गर्न वाध्य वनेको वताउनु भएको छ । आईतवार साइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको एकिकृत कारोवारको समुद्घाटन गर्दै उहाँले उक्त कुरा वताउनु भएको हो ।
उहाँले मुलुकको कृषि योग्य जमीन, वातावरण र मुलुकको वित्तीय प्रणाली लगायत आर्थिक सामाजिक संरचनालाई जोगाउनु पर्छ भन्ने मान्यता अनुरुप आफुहरु अली कठोर भएको उल्लेख गर्नु भयो । त्यस्ता दलालै दलालहरुले मुलुकको अर्थनितीलाई समेत प्रत्युत्पादक वनाउन सक्ने र सामाजिक संरचना समेत ध्वस्त पार्न सक्ने खतरालाई देखेर आफुले ठूलो जोखिम मोलेर त्यसलाई रोकेको दावी गर्नु भयो । उहाँले कृषि क्षेत्रमा लगानि वढाएपछिमात्र कृषि योग्य जमिनलाई सुरक्षीत गर्न सकिने भन्दै त्यसको लागि सरकारले भूउपयोग निती ल्याउन लागेको समेत स्पष्ट पार्नु भएको थियो । बैंकहरुको स्थापना हुँदा संख्यात्मक रुपमा त वृद्धि भयो तर गुणात्मक विस्तार हुन नसक्दा सानो पुँजीले नाङ्लो पसले जस्तो धेरै भएको टिप्पणी समेत गर्नु भयो । पुँजी ठूलो नभई ठूलो व्यवसाय गर्न नसकिने भएको कारण यो मर्जर नितीले वैंकहरु एकआपसमा गाभिएपछि वैंकहरुमा पनि उर्जा प्राप्त हुने उहाँले विश्वास व्यक्त गर्नु भयो ।
शाईन डेभलपमेण्ट बैंक लिमिटेड र रेसुङ्ग विकास बैंक लिमिटेडले आजवाट विधिवत रुपमा एकिकृत कारोवार गर्नेगरि एक आपसमा गाभिएर शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड वनेको हो । साइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको हाल अधिकृत पूँजी रु ६४ करोड र जारी पूँजी रु ३१ करोड ९८ लाख ६३ हजार ६ सय रहेको छ । त्यसैगरि उक्त बैंकको चुक्ता पुँजी पनि रु ३१ करोड ९८ लाख ६३ हजार ६ सय रहेको छ । उक्त बैंकका संस्थापक शेयरधनी ६२.६८ प्रतिशत र सर्वसाधारण शेयर धनी ३७.३२ प्रतिशत रहेका छन् ।
लुम्विनि अञ्चलमै पहिलो पटक यी दुवै बैंकहरु यसरी एकआपसमा गाभिएका हुन् । रेसुङ्गा विकास वैंकले २०६४ असोज महिनामा गुल्मीको सदरमुकाम तम्घासमा मुख्य कार्यालय स्थापनागरि वित्तिय कारोवार संचालन गरेको थियो भने शाईन डेभलपमेण्ट बैंकले पनि २०६५ फागुनमा रुपन्देहीको बुटलमा केन्द्रिय कार्यालय स्थापनागरि वित्तिय कारोवार संचालन गरेको थियो ।




भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग