Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सासू र आमाजूको कुटाइले बेहोस

Published on 9:28:00 AM //

काठमाडौ, चैत्र ९ - चितवन  ऋणको विषयमा पारिवारिक विवाद हुँदा एक एकल महिला निर्घात कुटिएकी छन् । गर्दी २ की २५ वर्षीया चानमती लामा (महतो) सासू र आमाजूको कुटाइबाट बेहोस भएकी हुन् । उनलाई सासू सीता र आमाजू भागिरथी महतोले कुटेका हुन् । कुटाइबाट उनको टाउको फुटेको छ भने विभिन्न अंगमा चोट छ । मंगलबार साँझ उनलाई सासू र आमाजूले मिलेर चिर्पटले जथाभावी कुटपिट गरी बेहोस बनाएका थिए । भरतपुर अस्पतालमा उपचारार्थ लामाको टाउकोमा १२ टाँका लगाइएको छ । उनको २ दिनपछि होस खुलेको हो । बिहीबारबाट सामान्य बोल्न थालेको आमा सुकमाया महतोले बताइन् । उनको २०६० सालमा पढ्दापढ्दै राजकुमार लामासँग प्रेमविवाह भएको थियो । २०६४ वैशाखमा टाइफाइडबाट श्रीमान्को मृत्यु भएपछि चानमतीलाई परिवारले मानसिक तथा शारीरिक यातना दिँदै आएका थिए । 'ज्वाइँ बितेपछि बारम्बार छोरीलाई परिवारका सदस्य मिलेर यातना दिँदै आएका थिए,' आमा सुकमायाले भनिन्, 'छोरीले हामीलाई नभनेर यातना सहँदै आएकी थिई, अहिले त ज्यानै लिने प्रयास गरे । अझै कति यस्तो अन्याय सहनु ।' उनले सामान्य ऋणको विषयलाई लिएर छोरीलाई कुटपिट गरेर मार्न खोजेको आरोप लगाइन् । उनकी ८ वर्षकी एउटी छोरी छन् । राम्ररी बोल्न नसक्ने उनले कुटाइका बारेमा कुनै प्रतिक्रिया दिन सकिनन् । परिवारले सबैलाई भाग लगाएर गाउँमा बाँकी रहेको ऋण तिराउने निर्णय गरेका थिए । उनको भागमा ३८ हजार ऋण तिर्ने जिम्मा आएको थियो । आफ्नो भागमा आएको ऋण तिर्न उनी तयार थिइन् । 'छोरीले ऋण तिरिसकेपछि तमसुक आफ्नै अगाडि च्यात्नुपर्छ भनेकी थिई,' बुबा सीएन महतोले भने, 'परिवारले मानेनन् । अरू पनि ऋण तिर्नुपर्छ भन्दै छोरीसँग भनाभन गरे ।' उनले आफू घर फर्किएको केही समयपछि छोरीमाथि कुटपिट भएको बताए । -कान्तिपुर दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग