Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एस.एल.सी दिएर फर्केका विद्यार्थी चढेको जीप दुर्घटना, १५ विद्यार्थी सहित १९ घाईते

Published on 8:22:00 PM //


पि.एम.मगर
गुल्मी, चैत्र ९ – एसएलसी परीक्षा सकिए लगत्तै विद्यार्थी वोकेर फर्किदै गरेको एउटा जिप गुल्मीको दौँघा गाविसमा दुर्घटना हुँदा १५ जना विद्यार्थी सहित १९ जना घाईते भएका छन् ।
गुल्मीको आत्मवोध उच्च माध्यमिक विद्यालय, खज्र्याङ्ग मानकोट केन्द्रवाट एसएलसी परीक्षा दिएका नेपाल राष्ट्रिय माध्यमिक विद्यालय दौँघाका विद्यार्थी वोकेर जाँदै गरेको लु १ ज १७९३ नं. को जिप दौघा गाविस ६ को गैरी खुट्टामा दुर्घटना भएको हो । घाईतेहरु मध्ये ५ विद्यार्थीलाई अलि वढी चोट लाग्नुका साथै केही परीक्षार्थीको हात तथा खुट्टा भाँचिएको सहकर्मी कालिदास आत्रेयले जानकारी दिनुभएको छ । दुर्घटनामा परि घाइते हुनेहरुमा बिद्यार्थी कमल घर्ति, बिष्णु घर्ति, शुरेस ज्ञावली, धन बहादुर राना, दुर्गाबहादुर सोमरे, मैया ज्ञवली, राजकुमार राना, रबिन ज्ञावली, जिवन घर्ति, प्रकाश सोमरे, सुनिता राना, सम्झना थापा, राजकुमार थापा, रामबहादुर ज्ञावली, राजेश ज्ञावली, अनु रेश्मी, धनबहादुर सोमरे, अमित थापा लगायत रहेका छन् । घाईते सवैलाई उपचारको लागि पाल्पा पठाईएको छ । सोही जिपमा सवार २ जना सवार विद्यार्थी भने घर फर्किएका छन् । जीप सडकवाट करिव २० मिटर तल खसी रुखमा अड्किएको अवस्थामा रहेको छ । क्षमता भन्दा वढी यात्रु राखेका कारण जीप दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ । जीप चालक प्रेम सोमै भने फरार भएका छन् । अस्थायी प्रहरी चौकी खज्र्याङ्गवाट प्रहरीको एक टोली घटना स्थल पुगेको वताईएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग