Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागीवाट सावधानी अपनाउन प्रजिअको आग्रह

Published on 9:55:00 PM //


पि.एम.मगर
गुल्मी, चैत्र १३ – गर्मीयाम शुरु भए लगत्तै आगलागीका घटनाहरुमा वृद्धि हुने भएकाले जिल्ला प्रशासन कार्यालय गुल्मीले सवै पक्षलाई सावधानी अपनाउन आग्रह गरेको छ । विशेषत: जङ्गल नजिक खेतवारी हुने जग्गाधनीहरुले आ–आफ्नो खेत मलिलो वनाउनका लागि भन्दै पात पतिङ्गर तथा झाडीहरु जलाउने जस्ता कार्यवाट सल्केको आगोले सिङ्गो वन, गाउँ समुदाय तथा अन्य भौतिक सामाग्री समेत जलेर क्षति भोग्नुपर्ने अवस्थालाई दृष्टिगत गरी प्रशासनले यस्तो आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले प्रत्येक नागरिकले आगलागी हुनवाट वच्न तथा वचाउँनप्रति सावधानी अपनाउन आग्रह गर्नुभएको छ । खेतवारीमा कसैले मल प्रयोजनका लागि आगो सल्काउँदा वन जङ्गल वा कसैको घर गोठमा आगलागी हुन गए त्यस्ता जग्गाधनीलाई प्रशासनले कडा कारवाही गर्ने समेत प्रमुख जिल्ला अधिकारी नेपालले चेतावनी दिनुभएको छ । आगो सल्काउने कार्यमा संलग्न व्याक्तिका वारेमा सुचना प्रशासनलाई उपलव्ध गराउन समेत प्रमुख जिल्ला अधिकारी नेपालले आग्रह गर्नुभएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग