Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाँच वर्षपछि बागलुङ-गुल्मीमा पुल निर्माण कार्य अन्तिम चरणमा

Published on 8:37:00 AM //


फडिन्द्र अकिञ्चन
बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा गुल्मीदेखि यातायात सेवा सञ्चालन हुँदै आए पनि निर्माण कार्य थालनी भएको पाँच वर्षपछि मोटर गुड्ने पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

बागलुङ जिल्लाको पश्चिम १६ गाविससँग प्रत्यक्षसम्बन्ध राख्ने गुल्मी हुँदै पाल्पा, बुटवल, काठमाडौंसम्म जान प्रयोग हुने दरमखोलामाथि रामेछाप खापपाते जेभि निर्माण सेवाले कामको जिम्मा लिएको स्थानीयवासीले जनाएका छन्।

३६ मिटर लम्बाई छ मिटर चौर्डाई पुल निर्माण गर्न निर्माण कम्पनीलाई दुई करोड ५० लाखमा ठेक्का दिए पनि विभिन्न कारण देखाउँदै काम पाँच वर्षदेखि सुस्त गतिमा गरेको कारण सरकारसँग सम्झौता भएको समयमा निर्माण कार्य सम्पन्न नभएको रामप्रसाद गिरीले बताए ।

दैनिक रुपमा दर्जनौँ जीप, ट्याक्टर, बस सञ्चालन हुने सो सडकमा पुल निर्माण नहु“दा खोलाबाट गाडी तार्नुपर्ने अवस्था छ । गुल्मीको वामीटक्सारसम्म पुग्न बागलुङबासीले जीण भएको झोलुङ्गे पुलबाट जोखिमपूण यात्रा गर्न बाध्य छन् ।

वर्षको समयमा खोलामा पानी बढ्ने कारणले गर्दा सानो–सानो गाडीहरु बगाउने जोखिम पनि उत्तिकै रहेको छ । अहिले पनि हल्का मोटरसाइकलसमेत जीण परेको झोलुङगे पुलबाट ओहोरदोहोर गर्दा दुर्घटनाको सम्भावनासमेत बढेको छ। सरोकारवालाले पुल मर्मत गर्न खासै ध्यान नदिएको कारण पनि महिला, वृद्ध र बालबच्चा लिएर पुलबाट ओहोरदोहोर गर्न सास्ती भोग्नु परेको स्थानियले गुनासो गरेका छन् ।

ढिलै भए पनि ठेकेदार कम्पनीले पुलको काम अन्तिम चरणमा पुर्याएको हुदा अब दुई महिनाभित्र पुलबाटै यातायात सञ्चालन हुने कुरामा यातायात व्यवसायी विश्वस्त छन् ।

बागलुङ सदरमुकामदेखि देशको प्रमुख सहरमा सिधै यातायात सेवा सञ्चालन भए पनि बागलुङ जिल्लाका पश्चिम क्षेत्रका जनतालाई बुटबल, पाल्पासम्म पुग्ने छोटो वैकल्पिक राजमार्ग हुनुका साथै यो क्षेत्रमा खाद्यन्न लगायतका सामग्री ढुवानी समेत सहुलियत दरमा हुँदा पनि यो सडकको महत्त्व छुट्टै छ ।

सरकारले मध्य पहाडी लोकमार्ग बागलुङ हुँदै रुकुम, सुर्खेतसम्म जोड्ने अभियानलाई समेत तीब्र पारेपछि यस क्षेका जनतामा आशाको किरण पलाएको हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग