Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटनामा जो यसरी बाँचे (अडियो कुराकानी)

Published on 3:15:00 PM //


प्रेम सुनार
चैत्र १, गुल्मी । जिपको पछाडीको पाँग्रा खसी सकेको देखें, नखस्दै बेहोस् जस्तो भएँ, तर पनि कोखमा बसेको मान्छेलाई र सिटलाई समाती रहेँ । तल पुगेपछि बेहोस थिएँ एक्कासी महिलाहरु रोएको चिच्चाहट सुन्दा जागें। बुधवार राती गुल्मीको नेटा गाविसमा भएको जिप दुर्घटनामा सवै भन्दा गम्भीर भनिएका चन्द्रमणीको भनाई थियो बाँचुला भन्ने थिएन तर बाँचियो । सुरुमा स्थानिय समचारदाताले टाउकोमा गम्भीर चोट लागेका र बेहोस अवस्थामै देखेकोले सबै भन्दा चिन्ताजनक अवस्थामा रहेको बताएका थिए चन्द्रमणीलाई । उनिसंगै कोखमा रहेकी नेटा ५ की ७० वर्षिया बृद्दा दिलमायाँ श्रीस र पछाडीको सिटमा रहेका नेटा ९ लिलिङ्गका ५५वर्षिय नरबहादुर भण्डारी मगरको घटनास्थल मै ज्यान गयो तर कोखैमा बसेका चन्द्रमणि बाँच्नुलाई उनले अहो भाग्यका रुपमा लिएका छन् ।
चालकको लाहपर्वाहीले दुर्घटना भएको बताउँने चन्द्रमणी यतिबेला तम्घास अस्पतालमा उपचार गराई रहेका छन् । उनि चिन्तामुक्त रहेको अस्पतालले बताएका छन् । सदरमुकाम तम्घासबाट नेटा दर्लिङ्ग जाँदै गरेको लु.१.ज २०२४ नम्वरको जिप नेटा ५ को म्यालचौरमा दुर्घटना हुँदा ति दुईको  घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटनामा २ जना गम्भीर घाईते भएका छन् भने ३ जना सामन्य घाईते भएका छन् ।
प्रस्तुत छ बल्ल बल्ल बाँचेका उनै चन्द्रमणि भण्डारीसंग गुल्मीन्युज सहकर्मी प्रेम सुनारले गरेको कुराकानी:

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग