Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पारस शाह पुनर्स्थापना केन्द्रमा भर्ना

Published on 10:16:00 PM //

पूर्व युवरास पारस शाहलाई लागु औषध तथा रक्सीको लतबाट छुटकाराका लागि पुनर्स्थापना केन्द्रमा भर्ना गरिएको छ ।
थाइल्याण्डको बैंककस्थित समितीभेज अस्पतालमा उपचारपछि १५ चैतमा डिस्चार्ज भएका पारसलाई थाइल्याण्डकै चाङमाईस्थित पुनर्स्थापना केन्द्र ‘चान्स रिहाबलिटेसन सेन्टर’ मा सोही दिन राति भर्ना गरिएको छ ।
पारसले कम्तिमा पनि तीन महिना उक्त पुनर्स्थापना केन्द्रमा रहेर उपचार गराउनुपर्ने उनका स्वकीय सचिव फणिराज पाठकले बताएका छन् । पाठकका अनुसार पारसको मुटु रोग सम्बन्धी उपचारको ब्यवस्था पनि सोही केन्द्रमा मिलाइएको छ ।
पारसका बुवा पूर्व राजा ज्ञानेन्द्र शाह र पत्नी हिमानी उपचारको सम्पूर्ण ब्यवस्था मिलाएपछि मात्रै नेपाल फर्कने कार्यक्रम रहेको पनि पाठकले जानकारी दिएका छन् ।
पारसलाई चिकित्सकहरुले धेरै सावधानी अपनाउन र उपचारको क्रम जारी राख्न सल्लाह दिएका छन् ।
उत्तरी थाइल्याण्डको चाङमाइस्थित ‘चान्स रिहाबलिटेसन सेन्टर’ प्रसिद्ध पुनर्स्थापना केन्द्र हो ।
यो पुनर्स्थापना केन्द्रमा विश्वका धेरै शहरहरुबाट लागु औषध र रक्सीको लत लागेकाहरु आउने गर्छन् । केही समयअघि बेलायती रक स्टार पिट डोहर्टी (Pete Doherty) पनि लागु औषधको लत छुटाउन त्यहाँ भर्ना भएका थिए । तर लागु औषधको लत छुटाउनका उनी आफैंले कुनै प्रयास नगरेको भन्दै केन्द्रले डोहर्टीलाई फिर्ता पठाएको थियो ।
बैंकक पोष्टका अनुसार ‘चान्स रिहाबलिटेसन सेन्टर’ मा एउटा क्याबिनको मात्रै मासिक १२ हजार अमेरिकी डलर तिर्नुपर्छ । -हिमाल खबर पत्रीकाबाट

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग