Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाले गुल्मीको अध्यक्षमा पाण्डे निर्वाचित

Published on 6:02:00 PM //


जनार्दन घिमिरे
गुल्मी, २१ फागुन । नेकपा एमाले गुल्मीको दशौं जिल्ला अधिवेशनवाट टोमलाल पाण्डे अध्यक्षतामा आगामि तीन वर्षका लागि ५५ सदस्यिय नयाँ नेतृत्व चयन भएको छ । नेकपा एमाले गुल्मीको शनिवारदेखि सदरमुकाम तम्घासमा शुरु भएको दशौं जिल्ला अधिवेशनले अध्यक्ष पद लगायत अन्य सम्पूर्ण पदहरुमा सर्वसम्वत रुपमा नेतृत्व चयन भएको निर्वाचन अधिकृत गोपाल प्रसाद खनालले जानकारी दिनु भएको छ।
कमिटीको उपाध्यक्षमा मधुकृष्ण पन्त, सचिवमा सोमनाथ सापकोटा र सहसचिवमा वालसिंङ काउछा मगर निवििचत हुनु भएको छ । पार्टिका शिर्ष नेताहरुको दुई दिनसम्मको लामो प्रयासपछि मुख्य पदहरुमा सोमवार अपरान्हतिर सर्वसम्मत वनेपनि अन्य सदश्यहरुमा भने सोमवार वेलुकापख मात्र सर्वसम्मति वनेको थियो । अधिवेशनमा जिल्लाका ७९ गाउँ विकास समितिवाट चार सय ३५ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग