Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बलिथुममा मोटरसाईकल दुर्घटना, एकको ज्यान गयो

Published on 12:33:00 PM //

गुल्मी,फागुन २१ । गुल्मीको वलीथुम गाविसमा आइतवार राती भएको मोटरसाईकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा गुल्मी तम्घास गाविस ४ निवासी २३ वर्षिय मोहन भलामी रहेको प्रहरीले जनाएको छ । गुल्मीको वलीथुम गाविसवाट सदरमुकाम तम्घास आउने क्रममा उहाँ चढेको लु ६ प ३१४८ नम्वरको मोटरसाईकल वलीथुम गाविस ९ स्थित बाच्छाखाने भीरमा दुर्घटना भएको थियो । मोटरसाइकल चालक मुकेश रानालाई भने सामान्य चोट लागेको छ । रानाले रक्सी खाएर चलाएका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको अनुमान छ । चालक रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग